काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता÷दर्शकमाझ पस्किएका छौ सबैको माया पाउनेमा हामी आशावादी छौ’, मोडल समिर खानले भन्नुभयो ।
भिडियो लिंक
https://www.youtube.com/embed/td4y4An1oLU?si=CSCBb7JmA_yatAKv...
१३ आश्विन २०८१, आईतवार १२:३९१३ आश्विन २०८१, आईतवार १२:३९१३ आश्विन २०८१, आईतवार १२:३९ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित स्याङ्जा परिवार थेगु शाखाले सेप्टेम्बर २९ मा आयोजना गरेको दशैं धमाका "चौथो भलिबल कप २०२४" मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिता को उपाधी कोरियास्थित क्षेत्रीय संस्था गुल्मी सम्पर्क समितिले चुमेको छ । गुल्मी सम्पर्क समितिले फाइनलमा २-० सोझो सेटको स्थितिमा अग्रता निकाल्दै उक्त उपाधी चुमेको हो ।
"राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल" भन्ने नाराका साथ थेगु खुजी स्थितको खेलमैदान (대구광역시 달성군 구지면 예현리 764-3) मा आयोजना गरिएको सो मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा फाईनलमा सुदुरपश्चिम समाज कोरियालाई पाखा लगाउँदै शानदार विजयी निकालेको गुल्मी समाज प्रथम र द्धितीय स्थान हासिल गर्ने सुदुरपश्चिम समाजले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २५ लाख र १२ लाख प्राप्त गरे भने सान्तवना पुरस्कार स्वरुप दुई टीमहरु नेपाली परोपकार समाज खुजी र मोक्पो भलिबल क्लबले मेडल र ...
१३ आश्विन २०८१, आईतवार ११:५५१३ आश्विन २०८१, आईतवार ११:५५१३ आश्विन २०८१, आईतवार ११:५५ by एलिनाNo Comments
नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।
समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । मानवीय विपदको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उहाँले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।...
१३ आश्विन २०८१, आईतवार १०:१६१३ आश्विन २०८१, आईतवार १०:१६१३ आश्विन २०८१, आईतवार १०:१६ by विशाल श्रेष्ठNo Comments
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङलाई जग्गा दिएका छन् ।
तामाङले पूर्वमुख्यमन्त्री राईले ५ रोपनी ३ आना जग्गा दिएका हुन् । उनले एक हाल गोरु र एउटा ट्याक्टर पनि सहयोग गरेका छन् ।
परिवारको सम्पर्कमा आएका तामाङले आफ्नै पुख्यौली थलो भोजपुरमा कृषि पेसामा संलग्न हुने रहर भएपनि जग्गा नभएको बताएका थिए ।
राईले तामाङलाई आवश्यकता अनुरुप पूर्वमुख्यमन्त्री राईकी पत्नी ज्याङ्मु शेर्पाले मालपोत कार्यालय भोजपुरमा पुगेर जमिनको लिखत पास गरिएको छ । जमिन राईकी पत्नी शेर्पाको नाममा थियो ।
पूर्वमुख्यमन्त्री राई र उनकी पत्नी शेर्पाले तामाङलाई लालपूर्जासहित १ थान हाते ट्याक्टर र १ हल गोरु हस्तान्तरण गरे ।
जमिन, ट्याक्टर र गोरु पाएका तामाङले आफूले खेतीपाती गर्ने र वृद्ध अवस्थाका बुवाआमालाई हेरचाह गर्ने बताए ...
१३ आश्विन २०८१, आईतवार ०९:४०१३ आश्विन २०८१, आईतवार ०९:४०१३ आश्विन २०८१, आईतवार ०९:४० by विशाल श्रेष्ठNo Comments
धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् । शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए ।
लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो । त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिए ।
नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको उनले बताए । ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् ।
त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना...
१२ आश्विन २०८१, शनिबार ११:३२१२ आश्विन २०८१, शनिबार ११:३२१२ आश्विन २०८१, शनिबार ११:३२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसरमा अक्टोबर १३ तारिख दक्षिण कोरिया स्थित आन्सान शहरमा हालसम्मकै सबैभन्दा ठूलो “बृहत दशैं महोत्सव २०२४” आयोजना हुने भएको छ।
परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी नेपालीहरूको राष्ट्रियता झल्काउने उद्देश्यका साथ पाँच-सदक्षिण कोरिया, एनआरएनए दक्षिण कोरिया र आन्सान सिटिको प्रमुख आयोजना तथा नेपाली राजदूतावास सौलको समन्वय र नेपाली सम्पर्क समिति एनसीसीको सहजीकरणमा दक्षिण कोरियामा सक्रिय विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा अक्टोबर १३ तारिख आइतबारका दिन आन्सान शहरमा हालसम्मकै सबैभन्दा ठूलो “बृहत दशैं महोत्सव २०२४” आयोजना हुने भएको हो। बृहत दशै कार्यक्रममा टिका जमरा ग्रहण तथा शुभकामना आदान प्रदान, विभिन्न जातजाति, धर्म, संस्कृति एवं मौलिकता झल्काउने परम्परागत नृत्य तथा झाँकीहरुको प्रस्तुती, नेपाली पञ्चेबाजाका साथ लोकदोह...
११ आश्विन २०८१, शुक्रबार १५:२०११ आश्विन २०८१, शुक्रबार १५:२०११ आश्विन २०८१, शुक्रबार १५:२० by एलिनाNo Comments
विशाल आवाज:भरतपुर–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशन प्राईभेट लिमिटेड र दक्षिण कोरियाको साम्युक युनिभर्सिटी बीच सम्झौता भएको छ । दुई संस्थाबीच नेपालबाट बिद्यार्थी अध्ययन अध्यापन गर्न पठाउने बिषयमा सम्झौता भएको हो ।
नेपालबाट उच्च शिक्षाको लागि अध्ययन गर्न विद्यार्थी पठाउंदै आएको गोल्डेन इमिनेन्टले दक्षिण कोरियाको साम्युक युनीभर्सिटीमा नेपालका लागि एकमात्र भर्ना केन्द्रको रुपमा सम्झौता गरिएको इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले जानकारी दिनुभयो ।
गोल्डेन इमिनेन्टका दक्षिण कोरिया शाखाका प्रमुख कुलदिप रिजालले साम्युक युनिभर्सिटी नेपाली विद्यार्थीहरुका लागि राम्रो र उत्कृष्ट युनिभर्सिटी रहेको र उक्त युनिभर्सिटीमा बिजनेस एडमिनिस्ट्रेसन,मेनेजमेण्टमा मार्च इन्टेकको लागि आजबाटनै भर्ना आवेदन शुरु भएको जानकारी दिनुभयो...
११ आश्विन २०८१, शुक्रबार ०५:०४११ आश्विन २०८१, शुक्रबार ०५:०४११ आश्विन २०८१, शुक्रबार ०५:०४ by एलिनाNo Comments
विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा अक्टोबर २० तारिकका दिन फ्यङथेकमा दोश्रो नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने भएको छ।
"शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा दोश्रो नेपाली कम्युनिटी भलिबल कप खेलाइने भएको हो।
प्रतियोगितामा सहभागी हुनका लागि 13 OCTOBER दिउँसो १२ बजे सम्म SHRESTHA JEETENDRA KUMAR को NH BANK मा रहेको खाता नम्बर 3522132939873 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट 13 OCTOBER नै आन्सान (बृहत दशैं महोत्सव कार्यक्रम हुने स्थल समय दिउँसो २ बजे) सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ ल...
१० आश्विन २०८१, बिहीबार १२:३११० आश्विन २०८१, बिहीबार १२:३११० आश्विन २०८१, बिहीबार १२:३१ by एलिनाNo Comments
विशाल आवाज:छङ्ऊप नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा अक्टोबर ६ तारिकका दिन छङ्ऊपमा छङ्ऊप कप भलिबल २०२४ आयोजना हुने भएको छ।
"परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद”भन्ने मूल नाराका साथ छङ्ऊप नेपाली एकता समाज दक्षिण कोरियाले अक्टोबर ६ तारिखका आइतबारका दिन 정읍시 국민체육센터(전북 정읍시 용흥1길 78-6) मा प्रथम छङ्ऊप कप भलिबल २०२४ खेलाइने भएको हो।
प्रतियोगितामा सहभागी हुनका लागि सेप्टेम्बर २९ तारिख आइतबारका बेलुकी ७ बजेसम्म THAPA RAM BAHADUR को NH BANK मा रहेको खाता नम्बर 3020869127021 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट २९ तारिख नै बेलुकी ८ बजे सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २०लाख र १२ लाख कोरियन वोन र सेमिफाइनल पुग्ने दुई टिमलाई ४/४ लाख कोरियन वन...
७ आश्विन २०८१, सोमबार १४:१५७ आश्विन २०८१, सोमबार १४:१५७ आश्विन २०८१, सोमबार १४:१५ by विशाल श्रेष्ठNo Comments
नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको छैटौँ राष्ट्रिय अधिवेशनपश्चात केन्द्रीय कार्यसमितिको ऐतिहासिक प्रथम पूर्ण बैठक सम्पन्न भएको छ। दोङ्देमुन स्थित भएको पूर्ण बैठकबाट संगठनको संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकारहरू, कार्यसमितिमा रिक्त पदाधिकारीहरू, सदस्यहरू र विभिन्न विभागीय जिम्मेवारीहरूमा सर्वसम्मत रूपमा बाँडफाँड गरिएको छ।
संगठनको केन्द्रीय अध्यक्ष जीवन खतिवडाको अध्यक्षतामा दक्षिण कोरियाको राजधानी सिओलस्थित दोङ्देमुन शहरमा बसेको केन्द्रीय कार्यसमितिको ऐतिहासिक प्रथम पूर्ण बैठकको सञ्चालन महासचिव सुबिन्द्र मगरले गरेका थिए। बैठकमा कार्यसमितिका अधिकांश सदस्यहरू बाक्लो उपस्थित रहेको थियो। बैठकमा अध्यक्षले संगठनको भावी योजनाबारे प्रकाश पार्दै संगठनलाई अझै थप मजबुत रुपमा दक्षिण कोरियाको नेपाली समाजमा अघि बढाउने खाका समेत तयार पारेका थिए । संगठनलाई र...