Advertisement
Advertisement

Breaking News

डाइनामिक मोरङ कमिटी, दक्षिण कोरियाद्वारा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान तथा दशैं कार्यक्रम

डाइनामिक मोरङ कमिटी, दक्षिण कोरियाद्वारा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान तथा दशैं कार्यक्रम

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपालीहरुको महान चाड बडा दशैं–विजयादशमी २०८२ को पावन अवसरमा डाइनामिक मोरङ कमिटी, दक्षिण कोरियाले शुभकामना आदानप्रदान तथा दशैं विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। गत वर्षहरूझै यस वर्ष पनि संस्थाले आपसी सद्भाव, हर्षउल्लास र एकता कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई दशैंको उल्लास साटासाट गर्न हार्दिक निमन्त्रणा गरिएको आयोजकले जनाएको छ। कार्यक्रम विवरण : 📅 मिति : २०८२ असोज १७ गते, शुक्रबार (सेप्टेम्बर ३) 🕕 समय : साँझ ६:०० बजे 📍 स्थान : निरोशा रेस्टुरेन्ट, आन्सान, दक्षिण कोरिया (경기도 안산시 단원구 원곡동 797-3, 3층) कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण मोरङबासी तथा कोरियामा रहेका नेपालीहरुको सक्रिय सहभागिता आवश्यक हुनेमा आयोजक विश्वस्त रहेको छ।...
छुसकमा अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५ हुने

छुसकमा अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५ हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा नेपाली खेलाडीबीचको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता मानिएको “अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५” आगामी अक्टोबर ५ देखि ७ तारिखसम्म आयोजना हुने भएको छ। कोरिया क्रिकेट एसोसिएशनको आयोजनामा हुने यो प्रतियोगिता योनही क्रिकेट ग्राउन्ड (Yeonhui Cricket Ground) मा सम्पन्न हुनेछ। प्रतियोगितामा नेपाल र कोरियामा रहेका नेपाली क्रिकेट खेलाडीहरूबाट बनेका २४ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा विजयी टिमले ३८ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई १८ लाख वोन प्रदान गरिनेछ। त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई टिमले जनही ५ लाख वोन पुरस्कार पाउनेछन्। प्रतियोगिताको “म्यान अफ द सिरीज” घोषित हुने खेलाडीलाई २ लाख वोन, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १ लाख वोन पुरस्कार दिइनेछ। तीन दिनसम्म निरन्तर हुने यस प्रतियोगितामा रोचक र प्रतिस्पर्धा...
नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो शाखाको पाँचौँ अधिवेशन सम्पन्न, जय राई अध्यक्षमा चयन

नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो शाखाको पाँचौँ अधिवेशन सम्पन्न, जय राई अध्यक्षमा चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
  नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो, बुसान शाखाले आफ्नो ऐतिहासिक पाँचौँ अधिवेशन २०२५ सेप्टेम्बर २८ (आइतबार) का दिन किम्हे स्थित न्यू लिटल इण्डिया रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ। “मौलिक भाषा, धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान, सह–अस्तित्व र पहिचान प्राप्तिका लागि गोलबद्ध बनौं” भन्ने मूल नारासहित सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष बिसन राई रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्ष्य परि गुरुङ रहनुभएको थियो। यस अधिवेशनमा ख्यङ्साङनाम्दोमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहितको बाक्लो उपस्थिति रहेको थियो। नव–निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ : • अध्यक्ष : जय राई • वरिष्ठ उपाध्यक्ष : आकास घिसिङ • उपाध्यक्ष : बिकास राई • महासचिव : तुफान मगर • सचिव : राम माझी • कोषाध्यक्ष : नितेश नेम्बाङ ...
जेजु नेपाल कमिटीको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न

जेजु नेपाल कमिटीको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न

Breaking News, जानकारी, भर्खरै, समाचार
  जेजुमा रहेका नेपालीहरूको साझा संस्था जेजु नेपाल कमिटीले आफ्नो ऐतिहासिक प्रथम अधिवेशन २०२५ सेप्टेम्बर २८ गते भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सदस्य, उपस्थित अतिथि, सहयोगी संस्था, स्थानीय संघ–संगठन तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ। संस्थापक अध्यक्षले संस्थाको बलियो जग निर्माण गर्नुभएको उल्लेख गर्दै नयाँ नेतृत्वले त्यस जगमा टेकेर संस्थालाई अझ सबल, सुदृढ र गौरवशाली बनाउन प्रतिबद्धता व्यक्त गरेको छ। नव–निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः • अध्यक्ष : बिबेक तामाङ • उपाध्यक्ष : उन्जी तामाङ • महासचिव : अनिता महर्जन • सचिव : रोशन श्रेष्ठ • कोषाध्यक्ष : हस्त बहादुर शाही • सह–कोषाध्यक्ष : जमुना घले सदस्यहरू: उत्तम भुषाल, तिलोक विश्वकर्मा, सन्जय कार्की, मिलन केसी, कालु गुरुङ, अनिता रुम्बा, सविन विश्वकर्मा...
खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन सम्पन्न, टियस राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन सम्पन्न, टियस राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियामा रहेका नेपालीहरूको हकहित, एकता र सामाजिक सेवामा सक्रिय खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन आज (सेप्टेम्बर २८, आइतबार) सिओलमा सम्पन्न भएको छ। सिओलस्थित 종로구 창신길 ५१, ५औं तल्ला (MG 새마을금고 हल) मा भएको अधिवेशनमा कोरियामा सक्रिय विभिन्न संघ–संस्था, राजनैतिक दलका प्रतिनिधि, व्यवसायी, पत्रकार, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो। अधिवेशनले सर्वसम्मत रूपमा श्री टियस राई को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ : • अध्यक्ष – टियस राई • बरिष्ठ उपाध्यक्ष – हरि कुमार खड्का • उपाध्यक्षहरू – फुर्तेम्बा शेर्पा, दोर्जे शेर्पा, काशी निरौला • महासचिव – कला राई • सचिव – सुरज लिम्बु • कोषाध्यक्ष – अनिला राई सदस्यहरू : मुना मगर, आभाष राई, रत्न क्षेत्री, मनराज राई, निशा राई, शान्तिराम राई, रोशन राई। सन् १९९६ ...
दक्षिण कोरियामा ढोरपाटन समाजको स्थापना तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा ढोरपाटन समाजको स्थापना तथा भेटघाट कार्यक्रम हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
“समृद्ध परिवेश, पर्यटन गन्तव्य गतिशीलता र भातृत्व, समानता, पारस्परिक सद्भाव र सक्षम प्रवासी नेतृत्व” भन्ने नारासहित ढोरपाटन समाज दक्षिण कोरिया को स्थापना तथा भेटघाट कार्यक्रम आउँदो अक्टोबर ६, २०२५ मा हुने भएको छ। सुवोनस्थित भेटघाट रेस्टुरेन्टको सभा हलमा हुने उक्त कार्यक्रममा बिहान ९ बजेबाट सुरु हुने जानकारी आयोजक समितिले जनाएको छ। कार्यक्रममा प्रवासी नेपालीबीच आपसी सम्बन्ध विस्तार, एकताको भावना बलियो बनाउनका साथै ढोरपाटन क्षेत्रको पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। आयोजकहरूका अनुसार, समाजको स्थापनासँगै दक्षिण कोरियामा रहेका ढोरपाटनबासी नेपालीलाई एक साझा मञ्चमा जोड्ने काम हुनेछ। साथै, भविष्यमा आपत्कालीन सहयोग, सामाजिक एकता र नेपाली संस्कृतिको संरक्षण प्रवर्द्धन गर्ने गतिविधि सञ्चालन गर्ने तयारीसमेत गरिएको छ। आयोजक समितिले कोरियामा रहेका सम्पूर्ण नेपा...
शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम

शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम

Breaking News, जानकारी, भर्खरै, समाचार
शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम दक्षिण कोरियामा कार्यरत नेपाली युवाका लागि एउटा महत्वपूर्ण अवसर आएको छ। उद्यमशील युवा मञ्च, दक्षिण कोरियाले आउँदो छुसक पर्व को अवसरमा “युवा उद्यमशीलता र सेयर बजार तालिम २०२५” आयोजना गर्ने भएको छ। कार्यक्रम Soaltee Telecom को प्रमुख प्रायोजनमा हुनेछ। यस विशेष तालिमका गेस्ट लेक्चररका रूपमा शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउने भएका छन्। नेपालमा वित्तीय साक्षरता र पूँजी बजार विषयलाई युवामाझ लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका कोइराला हाल नेपालका विभिन्न विश्वविद्यालय, व्यवसायिक प्रतिष्ठान र प्रशिक्षण संस्थानमा निरन्तर सिकाइ र सल्लाह दिइरहेका छन्। उनी सेयर बजारका विश्लेषण, लगानी रणनीति र वित्तीय योजना निर्माणमा परिचित नाम मानिन्छ। तालिम हुने मिति र स्थानहरू • सिओल : ६ अक्टोबर २०...
कोरियामा पनि हर्क साम्पाङ अ रिभोलुसनको संगठन निर्माण हुँदै

कोरियामा पनि हर्क साम्पाङ अ रिभोलुसनको संगठन निर्माण हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन भइरहेको “Harka Sampang A Revolution” अभियान अब कोरियामा पनि विस्तार हुने भएको छ। यही अक्टोबर ६, २०२५ मा दक्षिण कोरियाको राजधानी सिओलमा विशेष संगठन निर्माण कार्यक्रम हुने जानकारी प्राप्त भएको छ। “चेतना र पसिना, औजार र विचारको क्रान्ति” भन्ने नारासहित अघि बढाइएको यस अभियानले प्रवासमा रहेका नेपालीहरूलाई समेत सहभागी गराउँदै आफ्नो संरचना बलियो बनाउने तयारी गरेको हो। आयोजक समितिका अनुसार कार्यक्रम दिउँसो १२ बजे, पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुन गेट नं. ३ मा आयोजना हुनेछ। कार्यक्रममा सहभागी भएर ‘हर्कवाद’ लाई समर्थन गर्ने सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ। हर्क साम्पाङले सुरु गरेको अभियानले “विकासको आधार : प्रकृति, संस्कृति र प्रविधि” भन्ने मूल मन्त्रलाई अघि सारेको छ। यसै अवधारणालाई प्रवासी नेपाली समुदायमा पनि परिचित गराउने ...
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा २५ औँ वार्षिकोत्सव विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा २५ औँ वार्षिकोत्सव विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५ औँ वार्षिकोत्सव “रजत जयन्ती”को अवसरमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। संस्थाले चुम्लुङ शाखा, लिम्बू थरगत संस्था/सयङ तथा याक्थुङ लेखक र साहित्यकारहरूसँग संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रम आगामी अक्टोबर ४ (शनिबार) का दिन हुनेछ। कार्यक्रम राजधानी सोलको दोङ्देमुनस्थित नेपाली–थाई सभाहलमा बेलुकी ७:०० बजे सुरु हुने जनाइएको छ। यस अवसरमा विभिन्न साहित्यिक, सांस्कृतिक तथा संवादात्मक प्रस्तुतिहरू रहने बताइएको छ। संस्थाले समुदायका अग्रज, साहित्यकार तथा लेखकहरूसँगको अन्तरक्रियालाई रजत जयन्तीको मुख्य आकर्षण बनाएको छ। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका सबैलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाइदिन हार्दिक आग्रह गरेको छ।...
HANPASS को बहार : दशैं–तिहार र छठमा उपहार नै उपहार

HANPASS को बहार : दशैं–तिहार र छठमा उपहार नै उपहार

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियाको बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी हानपास (Hanpass) ले यस वर्षको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। “HANPASS को बहार, चाडपर्वमा उपहार नै उपहार !” भन्ने नारासहित सुरु भएको यो अभियान अन्तर्गत कोरियाबाट नेपाल पैसा पठाउने सबै ग्राहकले भाग्यशाली उपहार जित्ने अवसर पाउनेछन्। कम्पनीले उपलब्ध गराउने उपहारहरूमा छन्: • पहिलो पुरस्कार: iPhone 17 Pro Max • दोस्रो पुरस्कार: वासिङ मेसिन • तेस्रो पुरस्कार: स्मार्ट टिभी • चौथो पुरस्कार: फ्रिज • पाँच जना भाग्यशाली विजेताका लागि: स्मार्ट वाच HANPASS ले यस अभियानको उद्देश्यबारे भन्दै भन्यो – “आफ्न्तलाई माया पनि, उपहार पनि। कोरियाको कमाई हानपासमार्फत नेपाल पठाएर दशैं–तिहार र छठ रमाइलो बनाऔं। किनकि हानपासबाट हात खालि नजाने उपहार योजना नै योजना छ।” यो विशेष योजना सेप्टेम्बर २९ (फुलपातिको दिन)...