किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५ औँ वार्षिकोत्सव “रजत जयन्ती”को अवसरमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
संस्थाले चुम्लुङ शाखा, लिम्बू थरगत संस्था/सयङ तथा याक्थुङ लेखक र साहित्यकारहरूसँग संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रम आगामी अक्टोबर ४ (शनिबार) का दिन हुनेछ।
कार्यक्रम राजधानी सोलको दोङ्देमुनस्थित नेपाली–थाई सभाहलमा बेलुकी ७:०० बजे सुरु हुने जनाइएको छ।
यस अवसरमा विभिन्न साहित्यिक, सांस्कृतिक तथा संवादात्मक प्रस्तुतिहरू रहने बताइएको छ। संस्थाले समुदायका अग्रज, साहित्यकार तथा लेखकहरूसँगको अन्तरक्रियालाई रजत जयन्तीको मुख्य आकर्षण बनाएको छ।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका सबैलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाइदिन हार्दिक आग्रह गरेको छ।
Post Views: 224









