विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा सलनालको अवसरमा जनवरी २९ तारिख कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा हुने नेपकोर नाइट को सम्पूर्ण तयारी पूरा भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र Minky, DJ RX,DJ BIT साथमा नेपकोर नाइट गर्न लागेको हो। सउल स्थित 서울 서초구 반포동 650 번지 (FLOATING ISLAND) को भव्य भेन्युमा हुने यो सलनाल ग्राण्ड इभेन्टको ओपनिङ एक्ट कोरियामै रहेको र्यापर विक्रम लामा,TJAY,GM-JOON र अनलाइन र्याप कन्टेस्ट विनर र्यापर GEN-G ले गर्नेछन्।
जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म LAURE & BAD KOMPANY को साथमा हुने नेपकोर नाइटको प...
९ माघ २०८१, बुधबार ०६:२२९ माघ २०८१, बुधबार ०६:२२९ माघ २०८१, बुधबार ०६:२२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया । शुभराज भोम्जनको शब्द, संगीत गायक आस्मान लोप्चन र गायिका सुमिना लोको स्वरमा रहेको “मकवानपुरको डाँडैमा” बोलको सेलो गीत सोमबार सार्वजनिक भएको छ ।
आइतबार लाबा मिडिया युट्युब च्यानल मार्फत गीतको अफिसियल अडियो सार्वजनिक गरिएको हो । लाबा ग्रुपको प्रस्तुतीमा तयार भएको गीतको एरेञ्ज जोगलाल लामाले गर्नुका साथै रेकर्ड र मिक्सिङ भने अर्पन थिङले गरेका हुन् ।
प्रतिज्ञा लामा र निर योञ्जनको सयुक्त लगानिमा बनेको उक्त गीतको अफिसियल भिडियो भने आउदो अप्रिलमा खिच्ने योजना रहेको बताएका छन् । गीतको पोस्ट प्रोडक्सन भने लाबा मिडियाले गरेका हुन् ।
https://youtu.be/Y4nbRVXj_Gk?si=AvoFgKxLUZ_afNPa...
९ माघ २०८१, बुधबार ०१:४८९ माघ २०८१, बुधबार ०१:४८९ माघ २०८१, बुधबार ०१:४८ by एलिनाNo Comments
दक्षिण कोरियाको राजधानी सउलस्थित दोंगदेमुनमा शेयर सम्बन्धि गोष्ठि सम्पन्न भएको छ Fonemoney रेमिटयान्स र Laxmi sunrise Bank अनि LS Capital को सहकार्यमा जनवरी १९ तारिख आईतबार सो शेयर सम्बन्धि जानकारीमुलक कार्यक्रम भएको हो ।
कार्यक्रममा लक्ष्मी सनराईज बैंकको प्रतिनिधिले बैंकिग प्रकृया र शेयर सम्बन्धी आधारभुत जानकारी प्रष्ट पार्नुभएको छ ।
सो अवसरमा विदेशमा बस्ने नेपालीका लागि आरक्षित तथा प्राथमिक शेयर ,SIP, Mutual Fund तथा Secondary Market लगायतको विषयमा जानकारी गराईएको हो ।कार्यलयमा प्रत्यक्ष तथा अनलाईन मार्फत सहभागिता रहेको सो कार्यक्रममा सहभागिहरुले आफूहरुले शेयर सम्बन्धि जानकारी पाएकोमा खुसी व्यक्त गरेका छन ।...
८ माघ २०८१, मंगलवार १३:३९८ माघ २०८१, मंगलवार १३:३९८ माघ २०८१, मंगलवार १३:३९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो जनवरी २६ तारिखका दिन प्रदर्शन हुने भएको छ।
शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी २६ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो।
दिउसो १२:३० बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ भने १० ओटा टिकट लिदा १ ओटा सित्तैमा पाउने समेत आयोजकले जनाएको छ।।अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको बताउदै समयमै सिट बुकिङ गर्न आयोजकले अनुरोध समेत गरेको छ।
सउलको पहिलो सो सम्पन्न पश्चात् सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा आइतबार प्रदर्शन हुने चलचित्र हेर...
८ माघ २०८१, मंगलवार १२:४६८ माघ २०८१, मंगलवार १२:४६८ माघ २०८१, मंगलवार १२:४६ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ;कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था नेपाल गोरखा परिवारले यही जनवरी २९ तारिक गोरखाली भेटघाट तथा वार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ ।
संस्थाको बाह्रौं कार्यसमितिले आफ्नो बितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।
"प्रवासी भूमीमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता" भन्ने संस्थाको मूल नारा सहित सन् २००२ मा स्थापना भएको गोरखा परिवार दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको सन्दर्भ उल्लेख गर्दै परिवारका अध्यक्ष दिपक श्रेष्ठले बताए ।
कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका ग...
८ माघ २०८१, मंगलवार ०७:५९८ माघ २०८१, मंगलवार ०७:५९८ माघ २०८१, मंगलवार ०७:५९ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरियाको किम्हेमा जनवरी २८ तारिक कोरियन नयाँ वर्षको अवसरमा "सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५" हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू धीं सेल्टर व्यवस्थापन सहयोगार्थ तथा गुरुङ भाषा अक्षयकोष सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।
कोरियाको DJ को दुनियाँमा अत्यन्त चर्चित डिजे DJ SBD को साथमा नवोदित र्यापरहरु दिनेश गुरुङ, प्रकाश गिरी र सुनिल लगायतको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गिता सिंह जानकारी दिए ।
प्रवेश शुल्क २० हजार कोरियन वोन निर्धारण गरिएको सो "सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५" मा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रमाउन सकिनेछ भने किम्हेको लिटिल इण्डिया रेष्टुरेन्ट अगाडिको चोकबाट कार्यक्रम हलसम्म जान नि:शुल्क बसको...
७ माघ २०८१, सोमबार ११:३५७ माघ २०८१, सोमबार ११:३५७ माघ २०८१, सोमबार ११:३५ by एलिनाNo Comments
विशाल आवाज: नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको किम्हे बुसानकोCGVमा पनि जनवरी २६ तारिख प्रदर्शन हुने भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ उल्सान नेपाली समाजले आपतकालीन सहयोग कोष अभिवृद्धि गर्ने उदेश्यले किम्हे बुसान स्थित सुबिधा सम्पन्न CGV हलमा जनवरी २६ तारिख आइतबारका दिन दिउँसो १:३० बजे प्रदर्शन गर्ने भएको हो। यसअघि पनि धेरै कार्यक्रमहरु आयोजना गरि अनुभव बटुली सकेको यस उल्सान नेपाली समाजले पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र किम्हे बुसानमा प्रदर्शन गर्न लागेको हो। किम्हे बुसानको सुविधा सम्पन्न हल CGV मा प्रदर्शन हुने फिल्म हेर्न दर्शकले प्रवेश शुल्क २५००० कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ।
स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह...
७ माघ २०८१, सोमबार १०:४२७ माघ २०८१, सोमबार १०:४२७ माघ २०८१, सोमबार १०:४२ by एलिनाNo Comments
कोरियाको ख्यङ्गि दो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले अंग्रेजी नयाँवर्षको अवसर पारेर गत आइतबार १९ जनवरी २०२५ मा कोरियाव्यापी खुला नेपाली कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
परदेशी भूमिमा नेपाली भाषा तथा साहित्यको उत्थान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा कोरियामा रहनुहुने ३० नेपाली कविहरुले सहभागिता जनाउनु भएको थियो । कवि विजयता भण्डारीको कविता पर्खाईको समयले प्रथम स्थान हासिल गर्दा कवि सरोज भण्डारीको कविता माटो हुने हौँ सब द्वितीय भएको थियो भने कवि डिइबी सिकारुको खुलासा कविताले तृतीय स्थान हात पारेको उक्त प्रतियोगितामा कवि मुक्ति न्यौपानेको थकित योद्धा कविता र कवि राजेन्द्र संयोगीको खबरदार कविता सान्त्वना भएका थिए । विजेता कविहरुलाई क्रमश: ३ लाख वन, २ लाख व...
७ माघ २०८१, सोमबार ०५:५३७ माघ २०८१, सोमबार ०५:५३७ माघ २०८१, सोमबार ०५:५३ by एलिनाNo Comments
बोम्जन गुरुङ :कोरियामा स्थापित अन्याङ नेपाली समाज उल्सानले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर "विशेष पार्टी तथा बनभोज कार्यक्रम २०२५" आयोजना गर्ने भएको छ ।
समाजले 울산 울주군 상북면 배내로 1064-1 (배내골 에델바이스펜션) मा यही जनवरी २९ तारिक बेलुकी ६ बजेदेखि भोलिपल्ट दिनको १२ बजेसम्म सो कार्यक्रमको आयोजना गरिने समाजका अध्यक्ष भुवन राक्क्ष्यले बिशाल आवाजलाइ जानकारी दिएका छन ।
"प्रवासमा विविध समस्याहरु समाधानको निम्ति हाम्रो प्रतिबद्धता, आपसी मेलमिलाप, सद्भाव नेपालीहरुको एकता आजको आवश्यकता" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सामजले दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेका नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको बताउँदै गत वर्षमा जस्तै यस वर्षमा पनि नियमित कार्यक्रमलाई निरन्तरता दिदै आएको सन्दर्भ उल्लेख गर्दै सो दिनमा सदस्यता वितरण समेत गरिने समाजका ...
७ माघ २०८१, सोमबार ०५:४८७ माघ २०८१, सोमबार ०५:४८७ माघ २०८१, सोमबार ०५:४८ by एलिनाNo Comments
बोम्जन गुरुङ:नेपालको लुम्बिनी प्रदेश अन्तर्गतको जिल्ला नवलपरासी जिल्ला घर भई विभिन्न पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुको क्षेत्रीय संस्था नवलपरासी समाजको स्थापना हुने भएको छ ।
"आजको आवश्यकता विदेशी भूमिमा नवलपरासी एकता" भन्ने मुल नारालाई आत्मसात् गर्दै यही सलनालको अवसर पारेर जनवरी २९ तारिक बिहान ११ बजेबाट शुरु हुने गरी सउल स्थित शुभेच्छा रेष्टुरेन्टको सभाहल दोड्देमुन [서울특별시 종로구 중로 315-2, 2층 (창신동)] मा प्रथम अधिवेशन हुने भएको हो ।
लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका नारायण न्यौपानेको संयोजकत्व, जीवन भण्डारीको सहसंयोजकत्व रहने गरी बनेको तदर्थ समितिले सो अधिवेशनलाई पूर्णता दिने सो अधिवेशनका निर्वाचन मण्डल सदस्य चुडामणी भण्डारीले बिशाल आवाजलाइ जानकारी दिएका छन।
विशेष गरी नवलपरासी जिल्ला अन्तर्गत बर्दघाट सुस्ता पश्चिमलाई समेट...