Advertisement
Advertisement

Breaking news 1

गजेदोमा नोभेम्बर २ मा प्रदर्शन हुदै ‘१२ गाउँ’

गजेदोमा नोभेम्बर २ मा प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:  हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल  अभिनेता विराज भट्ट निर्देशित  ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको गजेदोमा पनि नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको गजेदोमा पनि शुभ दीपावली तथा तिहारको पावन अवसर पारि हान्वा ओसन नेपाली एकता समाज दक्षिण कोरियाले प्रदर्शन गर्ने भएको हो।  हान्वा ओसनमा कार्यरत नेपालीहरूले गजेदो स्थित गजे थेहाक्यो (거제시 마전1길 91-거제 대학교 정보관D104호) मा नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे देखि “अशक्त, अनाथ तथा विपन्न वर्ग लक्षित शैक्षिक सहयोगार्थ” चलचित्र  ‘१२ गाउँ’ गजेदोमा प्रदर्शन गर्न लागेको हो। लुम्बिनी रेस्टुरेन्ट एण्ड बार अगाडि बाट हल सम्म जान र फर्कनको लागि बसको समेत व्यवस्था गरेको ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २...
कोरिया जाने कामदारले खुला बजारबाट हवाइ टिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै रिट दायर

कोरिया जाने कामदारले खुला बजारबाट हवाइ टिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै रिट दायर

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरिया जाने कामदारले खुला बजारबाट हवाइटिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ । रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने कामदारले युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबाट टिकट लिनुपर्दछ । इपीएस शाखाले उक्त ट्राभल्ससँग सम्झौता गरेकाले कामदारले अन्यत्रबाट टिकट खरिद गर्न नपाउने वाध्यात्मक व्यवस्था छ । कामका लागि कोरिया जाँदा पहिलोपटक कोरियन एयरलाइन्सको टिकट अनिवार्य खरिद गर्नुपर्दछ । स्वेच्छिक तवरले हवाई टिकट खरिद गर्न पाउने अधिकारबाट युवाहरुलाई वञ्चित गरिएको रिट निवेदनमा उल्लेख गरिएको छ । खुला बजारबाट टिकट खरिद गरी कोरिया जान रोक लगाउने गरी कुनै निर्णय, आदेश, पत्राचार, सम्झौता आदि भएका छन् भने ती निर्णयहरु समेत उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरिएको छ । इपीएस र युनिभर्सल ट्राभल्सबीच भएको सम्झौताले हवाई टिकटमा एकाधिकार भएकाले उक्...
पहिलो एशिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन ६ जना नेपाली खेलाडी कोरिया प्रस्थान

पहिलो एशिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन ६ जना नेपाली खेलाडी कोरिया प्रस्थान

Breaking News, Breaking news 1, खेल, खेलकुद, जानकारी, भर्खरै
कमला केसी/ न्युज केन्द्रबिन्दुः  पहिलो पटक हुन लागेको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टोली दक्षिण कोरिया प्रस्थान गरेको छ ।  सन् २०१३ मा स्थापना भएको अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा नेपालका खेलाडी पनि सहभागि हुने भएका हुन् । दक्षिण कोरियामा यहि अक्टुवर २३ तारिकदेखि २७ तारिकसम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने खेलाडीहरुमा गोपाल तामाङ लामा, मनकुमार मगर, प्रिया राई, रसिला तामाङ, तिलक सुनुवार र तिर्थ तामाङ रहेका छन् ।    नेपालवाट १० जना खेलाडी सहभागि हुने भनिएकोमा ६ जनाको मात्र भिषा लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विश्वका २५ देशका ४ सय भन्दा बढि धावकहरुले भाग लिने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुका लागि आयोजक संस्थाले विभिन्न मापदण्डहरु तय गरेको छ । अन्तर्राष्ट्र...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखाले बृहत देउसी भैलो कार्यक्रम गर्दै

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखाले बृहत देउसी भैलो कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाजःदक्षिण कोरियामा सक्रिय रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखाले नोभेम्बर २ र ३ तारिख कोरियाको विभिन्न सहरहरूमा दुइ दिने “बृहत देउसी भैलो कार्यक्रम २०८१” आयोजना गर्ने भएको छ।  नेपालीहरूको महान पर्व शुभ दीपावलीको पावन अवसर पारी “कला केन्द्र स्थापनार्थ” प्रतिष्ठानले नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ५ बजेदेखि राती १२ बजेसम्म फेन्थेक र सुवनमा रहेका विभिन्न रेस्टुरेन्टहरूमा र यसैगरी नोभेम्बर ३ तारिख आइतबारका दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सउलमा बृहत देउसी भैलो कार्यक्रम गर्ने भएको हो।  “हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित  सस्थाले “कला केन्द्र स्थापनार्थ” आयोजित देउसी भैलो कार्यक्रममा शुभ दीपावलीको शुभकामना आदानप्रदान साथै प्रतिष्ठानको लाइभ ब्याण्डको साथमा कलाकारहरूको ब...
नोभेम्बर ३ मा “प्रथम ड्रीम-११ एफसी फुटसल कप ” हुँदै

नोभेम्बर ३ मा “प्रथम ड्रीम-११ एफसी फुटसल कप ” हुँदै

Breaking News, Breaking news 1, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
विशाल आवाज/दक्षिण कोरिया: तिहारको अवसर पारी यहि आउदो नोभेम्बर ३ तारिखका दिन ह्वासङ मा MN DREAM-11 FC ले “प्रथम ड्रीम-११ एफसी फुटसल कप ” आयोजना गर्ने भएको छ । नोभेम्बर ३ तारिख आइतबारका दिन ह्वासङ स्थित 경기화성시 향남읍 마곡동길 180-27 (향남읍 하길리 (616) मा हुने उक्त प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५लाख, २० लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट गोलकिपर ,हाइ गोल स्कोरर, उत्कृष्ट खेलाडी लाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार टीम दर्ता गर्न KEB HANA BANK मा रहेको DULAL MADAN को खाता नम्बर 21191068263107 मा OCTOBER 26 तारिख सम्ममा टीम दर्ता शुल्क :३,५०,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। ह्वासङमा रहेको नेपाली समाज र फुटबल क्ल...
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले देउसी भैलो तथा सांस्कृतिक साँझ २०२४ गर्ने ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले देउसी भैलो तथा सांस्कृतिक साँझ २०२४ गर्ने ।

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
केशब पोखरेल:दक्षिण कोरियामा सक्रिय रहेको संस्था अर्घाखाची सम्पर्क मन्च दक्षिण कोरियाले राजधानी सौलमा नोभेम्बर २ तारिक सुपा देउराली देउसी भैलो तथा सांस्कृतिक साझ २०२४ भाग २ आयोजना गर्ने भएको छ।  नेपालीहरूको दोस्रो ठूलो चाड शुभदिपावलिको अवसरमा यही नोभेम्बर २ तारिख शनिबार साँझ दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम हुने भएको हो। मञ्चले आयोजना गर्नलागेको सुपा देउराली देउसी भैलो तथा सांस्कृतिक साँझमा कोरियामा रहनुभएका नेपाली जोसुकैले उपस्थित जनाउन सकिने आयोजक टिमले जनाएको छ। कार्यक्रममा तिहारमा बनाईने विशेष परिकारहरु पनि बनाइने छ । कार्यक्रममा स्थानीय कलाकारहरूको उपस्थितिमा कला संस्कृति र मौलिकतालाई जगेर्ना गर्ने हेतुले मौलिक देउसी भैलो सङ्गै अन्य मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हरु पनि प्रस्तुत गरिने अर्घाखाँची सम्पर्क मञ्चका कार्यबाहक अध्यक्ष बाबुराम पोखरेलले जानकारि द...
दोश्रो नेपाली कम्युनिटी भलिबल कप चुम्दै गुल्मी सम्पर्क समिति ह्याट्रिक गर्न सफल

दोश्रो नेपाली कम्युनिटी भलिबल कप चुम्दै गुल्मी सम्पर्क समिति ह्याट्रिक गर्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा फ्यङथेकमा आयोजित  दोश्रो नेपाली कम्युनिटी भलिबल कप गुल्मी सम्पर्क समितिले चुम्न सफल भएको छ। यो सिजनको अन्तिम खेल मा पनि लगातार प्रथम स्थान हासिल गर्दै गुल्मी सम्पर्क समितिले ह्याट्रिक गर्न सफल भएको हो।  “शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा  खेलाइएको दोश्रो नेपाली कम्युनिटी भलिबल कपको फाइनलमा सुदूरपश्चिम समाजलाई पाखा लगाउँदै गुल्मीले प्रथम स्थान हासिल गर्न सफल भएको हो। प्रतियोगितामा विजेता र उपविजेता भएसँगै गुल्मी र सुदूरपश्चिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ लाख कोरियन वोन प्राप्त गरे। तृतीय स्थानको लागि भएको खेलमा भोजपुर लाइ पराजित गरि मोना कोरियाले तृतीय भइ  ८ लाख कोरियन वोन...
छल्लानाम्दोमा पहिलोपटक एक साता लामो “ग्लोबल कल्चर विक नेपाल” हुदै

छल्लानाम्दोमा पहिलोपटक एक साता लामो “ग्लोबल कल्चर विक नेपाल” हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षीण कोरिया छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा अक्टोबर २० तारिखदेखि २७ तारिखसम्म  The first Global culture Week Nepal आयोजना हुने भएको छ।   मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाद्वारा नेपाल र नेपाली जनजीवन खानपान  नेपाली कला संस्कृती रितिरिवाज तथा नेपाली भाषा भाषिको संरक्षण र प्रवर्द्धनका लागि  उक्त कार्यक्रम थालिएको आयोजकले जनाएको छ।अक्टोबर २० तारिख बाट सुरु भइ एक सातासम्म सञ्चालन हुने  प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका,बाजा तथा लुगा कपडा साथै रामायण श्रीमद्भागवत त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका ११  वटा पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका २ पुस्तकको समेत प्रदर्शनी गरिनेछ। साथै कार्यक्रममा  नेपाल मा सम्भावित व्यापार व्यवसाय गर्न सकिने गाइड बुकहरु  समेत प्रदर्शनीमा राखिनेछ। यसैगरी कार्यक्रम...
रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो।  उनलाई पक्राउ गर्न सिआइबीका एसपी होबिन्द्र बोगटी पुगेका थिए। उनी नेतृत्वको टोलीले स्थलमार्गबाट पोखरा लैजाने तयारी छ। रवि लामिछानेले प्रहरीलाई अनुरोध गरेपछि गाडीबाटै लैजान लागेको हो। जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो। जारी भएसँगै सिआइबीको टोली उनलाई पक्राउ गर्न पुगेको हो।  जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो। सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन ...
“१२ गाउँ” अक्टोबर २७ मा सुवनको मेगाबक्समा लाग्दै

“१२ गाउँ” अक्टोबर २७ मा सुवनको मेगाबक्समा लाग्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरिया अपडेट:नेपाली चलचित्र १२ गाउँ दक्षिण कोरियाको मेगाबक्समा प्रदर्शन हुने भएको छ । कोरियामा सक्रिय सल्यानी समाज दक्षिण कोरियाको आयोजना तथा राप्ती समाज र कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा यो चलचित्र प्रदर्शन हु्न लागेको हो ।  आगामी अक्टोबर २७ आइतबारका दिन कोरियाको सुवनस्थित मेगाबक्समा चलचित्र प्रदर्शन हुँदैछ । चिसो मौसम शुरु हुनै लाग्दा नेपालका बिभिन्न विद्यालयका प्राथमिक तहका बालबालिकाहरुलाइ न्यानो वितरण गर्ने उद्धेश्यले चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । आइतबार मध्यान्ह ठिक १२ बजेदेखी चलचित्र प्रदर्शन शुरु हुनेछ । बिराज भट्टको निर्देशन तथा उनका छोरा समिर भट्ट अभिनित चलचित्रले नेपालमा राम्रो व्यापार गरिरहेको छ । गत बिहिबार फूलपातिदेखी चलचित्र प्रदर्शनमा आएको थियो । 𝐎𝐍𝐋𝐈𝐍𝐄 𝐓𝐈𝐂𝐊𝐄𝐓 𝐎𝐏𝐄𝐍 12 𝐆𝐀𝐔𝐍,𝐒𝐔𝐖𝐎𝐍 𝐒𝐇𝐎𝐖,🅼🅴🅶🅰🅱🅾🆇 𝗧𝗶𝗰𝗸𝗲𝘁 𝗽𝗿𝗶𝗰𝗲:30000 𝘄𝗼𝗻 खातावालाको नाम: BUD...