Advertisement
Advertisement

ओलीमाथि भीम रावलको प्रश्नै-प्रश्न, आरोपै-आरोप

Advertisement
Advertisement

 

नेकपा (एमाले)बाट निकालिएका भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन्।

एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले वाम गठबन्धन, माओवादीसँग पार्टी एकतादेखि प्रतिनिधि सभा विघटन, सर्वोच्च अदालतको फैसला तथा एमाले विभाजनको घटनाक्रमसम्म ओलीको भूमिकाप्रति प्रश्नैप्रश्न उठाएका हुन्। 

विभिन्न राजनीतिक घटनाक्रमहरूमा ओलीले विधि विधान र अनुशासनविपरीतका क्रियाकलाप गरेको उनको आरोप छ। 

‘उहाँको भनाइ र गराइमा कति फरक छ। विधि पद्दति अनुशासन र जिम्मेवारीका कुरा उहाँको फोस्रो गफबाहेक केही होइन,’ उनले भने। 

उनको क्रियाकलाप कति स्वेच्छाचारी छ भन्ने विषय ओलीका निर्णयहरू पटकपटक सर्वोच्च अदालतबाट उल्टिनुले पनि पुष्टी हुने बताए। 

‘प्रतिनिधि सभा विघटनलाई संविधान विपरीत ठहर गर्दै सर्वोच्चको परमादेशले गठन भएको सरकारलाई बारम्बार परमादेशी सरकार भनेर कटाक्ष गर्नुभएको थियो। तर कोशी प्रदेशमा अदालतमा मुद्दा दायर गर्दै परमादेशको आधारमा सरकार गठन गर्न किन लगाएको?,’ उनले भने। 

प्रतिनिधि सभा विघटन र त्यसपछि सर्वोच्चको अदालतबाट पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि दस बुँदे पक्षधरसँग सहमति गर्ने तर सहमति कार्यान्वयन नगरेको पनि उनले बताए। 

‘सुदूरपश्चिम कमिटीको संयोजक थिएँ। एकीकरण हुँदा इन्चार्ज थिएँ। मेरो हकमा भने पूर्ववत् जिम्मेवारी नै दिने सहमति लागु नहुने तर्क कुन निर्णय र नैतिक धरातलको आधारमा गर्नुभयो?,’ उनले भने। 

दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि ओली  आफूविरूद्ध खुलेरै लागेको बताए।  

‘सौराहामा नाराबाजी गर्न लगाइयो। खुल्ला समयमा मञ्चबाट आफ्नो पक्षमा नाराबाजी गर्न लगाउने, डकुमेन्ट्री देखाउने, बन्द सत्रमा पनि त्यस्तै डकुमेन्ट्री देखाउने, तर अध्यक्षको उम्मेदवार मलाई मन्तव्य राख्न नदिने प्रचार गर्न नदिने,’ उनले भने, ‘मेरो पक्षमा बोल्ने र पत्रकार सम्मेलन गर्नेलाई हप्किदप्की गर्ने  दबाबमा राख्ने। उम्मेदवार फिर्ता गर्न लगाइयो।’

रावलले नयाँ पार्टी खोल्नेबारे जानकारी दिने भनेपनि पत्रकार सम्मेलनमा पार्टी गठनबारे खुलेर बताएनन्। बरू ओलीले आफूमाथि गरेको ‘दमन’ को फेहरिस्त सुनाए, स्वेच्छाचारी ढंगले पार्टी चलाएको भनेर विभिन्न विषयमा आरोपै आरोप लगाए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Wincrown Caribbean Stud Poker Strategy

ContentsUnderstanding the Basic Rules of Caribbean Stud PokerAchieving the Perfect Caribbean Stud Poker StrategyWhen to Consider t...

Google Pay Deposits on Kingia: Supported Countries

Contents1. What is Google Pay and Why Use It at Kingia?2. Step-by-Step Guide to Making a Google Pay Deposit3. Supported Countries ...

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×