राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकमा साङ्केतिक रूपमा विरोध प्रकट गरेका छन् ।
बुधबार बिहान सुरु भएको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध प्रकट गरेका हुन् ।
महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए । तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाएका हुन् ।
महामन्त्री ढकालले केही अघि पार्टी नेतृत्वलाई ३२ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि रास्वपामा आन्तरिक सङ्घर्ष बढ्दै गएको सन्देश प्रवाह भएको थियो । उनको प्रतिवेदनमा पार्टी सङ्कटमा पर्दै गएको उल्लेख छ । सोही प्रतिवेदनमाथि छलफल गर्नुका साथै मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमबारे धारणा बनाउन रास्वपाले केन्द्रीय समिति बैठक आयोजना गरेको हो ।...
२० असार २०८१, बुधबार ०४:३४२० असार २०८१, बुधबार ०४:३४२० असार २०८१, बुधबार ०४:३४ by विशाल श्रेष्ठNo Comments
भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु भएको छ । जसमा अधिकांश महिलाहरु रहेका छन।
हाथरस जिल्लाको रतिभानपुर गाउँमा धार्मिक कार्यक्रम समाप्त भएर बाहिरिने क्रममा मंगलबार भागदौड मच्चिएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा परेर १ सय ५० भन्दा बढी घाइते भएका छन् । गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । उनी कार्यक्रमस्थलबाट फर्किने क्रममा उनलाई छुन चाहनेहरु दौडिन थाले सोहि क्रममा भागदौड मच्चियो र मानिसहरु किचिए ।
कार्यक्रममा कम्तीमा १५ हजार जनाको उपस्थिति रहेको बताइएको छ । बाबा र उनकी श्रीमतीले सम्बोधन गरेर कार्यक्रमस्थलबाट बाहिरिँदा भागदौड मच्चिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन । घटनास्थल...
१८ असार २०८१, सोमबार ०७:१७१८ असार २०८१, सोमबार ०७:१७१८ असार २०८१, सोमबार ०७:१७ by विशाल श्रेष्ठNo Comments
कोरियन भाषा अध्ययन गर्न चाहने सम्पुर्ण पाठकवर्गहरूलाई लक्षित गरेर डा. बिवेक तामाङद्वारा लेखिएको 'वृहत् कोरियन व्याकरण' पुस्तक कोरियामा सर्वत्र बजारमा उपलब्ध छ।
कोरियाको अनलाइन सपिङ्ग कुपाङ् (쿠팡) मार्फत पुस्तक खरिद गर्न सक्नुहुनेछ। EPS-TOPIK, KIIP Level Test, TOPIK I, TOPIK II जस्ता कोरियन भाषाको सम्पुर्ण परीक्षाहरूको तयारीको लागि उपयोगी यस पुस्तकमा २५०+ व्याकरणहरूको सरल व्याख्या गरिएको छ। साथै EPS-TOPIK को पाठ्यपुस्तकमा भएका सम्पुर्ण ६० पाठको शब्दार्थ पनि यस पुस्तकमा समावेश गरिएको छ।
कोरियामा आफ्नो विद्यावारिधीको अध्ययनमा रहदाँ कोरियन भाषाको राम्रो अध्ययन गरि TOPIK Level 6 प्राप्त गरेका डा. तामाङले लगातार EPS-TOPIK, KIIP Level Test, TOPIK I, TOPIK II, KIIP Level 0 to 5 जस्ता कोरियन भाषाको विभिन्न तहका कक्षाहरू अनलाइन मार्फत संचालन गर्दै आएका छन्। कोरियन भाषाको अध्ययन अध्य...
१८ असार २०८१, सोमबार ०१:४०१८ असार २०८१, सोमबार ०१:४०१८ असार २०८१, सोमबार ०१:४० by विशाल श्रेष्ठNo Comments
नेकपा एमाले प्रबास संगठन प्रवासि नेपालि मन्च (onf) किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाले आफ्नो संगठनको अधिबेशन २०२४ जुलाइ २८मा गर्ने भएको छ ।
किम्हे बुसान समितिको बैठक ले सातौ महिना अर्थात् जुलाइ२८ तारिकका दिन किम्हे शहरको लुम्बिनि रेष्टुरेन्टको हलमा सभ्य र भब्य रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ ।
मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागियको बुसान कमिटिका अध्यक्ष तगेन राइले जानकारि दिनु भयो।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो ।
किम्हे बुसान आसपासमा रहनु हुने एमालेमा आस्था राख्ने सम्पूर्ण साथिभाइ तथा शुभचिन्तक र व्यवसायि ,जातिय क्षेत्रिय संघ ...
१३ असार २०८१, बुधबार ११:३७१३ असार २०८१, बुधबार ११:३७१३ असार २०८१, बुधबार ११:३७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन महान चाड छुसकको अवसर पारेर आकस्मिक कोष संचालनार्थ सेप्टेम्बर १५ तारिखका दिन सउलमा “छुसक डान्स पार्टी २०२४”आयोजना गर्नेभएको छ।
भोजपुर घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका व्यक्तिहरू मिली स्थापना गरेको भोजपुर परिवार दक्षिण कोरियाले पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया र सो अन्तर्गतका सबै सस्थाको सहयोगमा सधैं काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ छुसक को अवसर पारेर कोरियाको प्रमुख शहर को 서울시 중구 퇴계로 217 충무로4가 (진양상가 2층) मा आउँदो सेप्टेम्बर १५ तारिख साझ ७ बजेदेखी भोली बिहान ५ बजेसम्म ननस्टप डिजे डान्स पार्टी गर्ने भएको हो।
कार्यक्रममा नेपालका चर्चित कलाकार डिजे AMU लाई आमन्त्रित गरी लोकल डिजे TSHERING को साथमा यसपालीको छुसक धमाका भव्य बनाउने योजनाका साथ कार्यक्रमको तयारी भइरहेको समाजका अध्...
१२ असार २०८१, मंगलवार ११:२९१२ असार २०८१, मंगलवार ११:२९१२ असार २०८१, मंगलवार ११:२९ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा छुसक को अवसरमा सेप्टेम्बर १५ तारिख आइतबार का दिन कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा नेपकोर नाइट हुने भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र BIKRAM LAMA ,GM-ZOON,TJAY,DJ RX,DJPUNK,DJ KWON YEONSU को साथमा BANPO FOUNTAIN BRIDGE नजिकै नेपकोर नाइट गर्ने भएको हो।सउलमा हुने यो छुसक ग्राण्ड इभेन्ट को होस्ट भने अनितले गर्नेछन्।
युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । झण्डै ३० जना युवाहरु...
१२ असार २०८१, मंगलवार १०:२८१२ असार २०८१, मंगलवार १०:२८१२ असार २०८१, मंगलवार १०:२८ by विशाल श्रेष्ठNo Comments
अनलाईन मगर संसार फोटो फोटो ग्यालरी ग्रुप/पेजले आयोजना गरेको प्रथम मगर संसार भलिबल कप २०२४ को उपाधि बागलुङ समाज थेगु शाखा कोरियाले जितेको छ । कोरिया थेगु स्थित खुजी भलिबल खेल मैदानमा २०२४ जून २३ तारिक आइतबारको दिन सम्पन्न भएको फाइनल खेलमा बागलुङ समाज थेगु शाखाले थेसो परिवारलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै प्रतियोगितामा विश्वकर्मा समाज तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ३० लाख वन, १५ लाख वन र ७ लाख कोरियन वोन सहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको मगर संसार फोटो ग्यालरीका संस्थापक अनिल लामिछाने मगरले जानकारी दिए । संस्थापक मगरका अनुसार प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।
मगर संसार राहतकोष सहयोगार्थ सामाजिक क्षेत्रमा क्रियाशिल मगर संसार फोटो ग्यालरीले कोरियामा रहेका नेपालीहरुलाई एकता र भाइचाराको विकास गर्न पहिलो पटक प...
१२ असार २०८१, मंगलवार ०८:१५१२ असार २०८१, मंगलवार ०८:१५१२ असार २०८१, मंगलवार ०८:१५ by विशाल श्रेष्ठNo Comments
राप्ती समाज द्दारा प्रदर्शित नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ सुवन शोको आयब्यय सार्वजनिक गरिएको छ। आपतकालीन राहतकोष सहयोगार्थ जुन ९ तारिक प्रदर्शन गरिएको चलचित्रको आयब्यय सार्वजानिक भएको हो ।
चलचित्र प्रदर्शनवाट कुल १करोड ५ लाख ३६ हजार २ सय बत्तिस कोरियन वन आम्दानी भएको छ । आम्दानी मध्ये २८ लाख ६० हजार वन खर्च भएको छ भने ७६ लाख ७६ हजार २ सय बत्तिस कोरियन वन बचत भएको राप्ती समाजका अध्यक्ष अमृत के सीले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शनीका लागि टिकट स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा अोली एजुकेशनका संचालक ओमलाल ओलीले गर्नुभएको थियो भने पोष्टर स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका विशेष सल्लाहकार तथा JB BANK सुवन शाखाका कर्मचारी कमला साउदले गर्नुभएको थियो। साथै रेष्टुरेण्ट पार्टनरमा सुवनको भेटघाट रेष्टुरेण्ट रहेको थियो भने रेमिटमा QS रेमिट रहेको थियो।
संस्थ...
११ असार २०८१, सोमबार ११:२५११ असार २०८१, सोमबार ११:२५११ असार २०८१, सोमबार ११:२५ by विशाल श्रेष्ठNo Comments
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र रहेको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा भएको नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहमा बोल्दै थापाले कांग्रेसभित्र थोरै फोहोर रहे पनि सफा गर्नुपर्ने बताए।
‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ, फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन। कांग्रेसभित्र फोहोर थोरै छ, तर सफाको अंश धेरै छ। फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,’ थापाले भने।
उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित रहेको बताए। साथै उनले पार्टीलाई योगदान दिएका पात्रहरुलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए।...
१० असार २०८१, आईतवार ०६:४११० असार २०८१, आईतवार ०६:४११० असार २०८१, आईतवार ०६:४१ by विशाल श्रेष्ठNo Comments
विमल सिं लामा :दक्षिण कोरियामा रहेका काभ्रे जिल्लाबासीहरुका साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आफ्नो जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । यस बर्ष जिल्लाको ३ वटा स्थानीय निकायका ९ वटा सरकारी तथा सामुदायिक विद्यालयका "गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग" कार्यक्रम सपन्न गरेको संस्थाका अध्यक्ष सुमन चौलागाईले बताएका हुन्।
यस सहयोग मार्फत महाभारत, खानिखोला र रोशी गाउँपालिका १३५ जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । "संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा कम्जोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई संस्थाको लोगो अंकित स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको हो।" अध्यक्ष चौलागाईले बताए ।
संस्थाले शैक्षिक साम...