Advertisement
Advertisement

Breaking news 1

अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने

अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म/ज्योतिश
अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने बोम्जन गुरुङ/विशाल आवाज:'साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास' भन्ने मुल नाराका साथ 'पाँच-स' दक्षिण कोरियाको प्रमुख आयोजना र दक्षिण कोरियामा रहेका २१ वटा क्रियाशील सस्थाहरुको सयुक्त आयोजनामा अक्टोबर २९ तारिख आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने भएको छ।  "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह र २१ वटा सस्था द्वारा पन्चे बाजा र स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति सहित आन्सान स्थित (पाँच स मन्दिर तथा पुस्तकालय नजिकको पार्क) मा सो कार्यक्रम आयोजना गरिने "पाँच स" का कार्यवाहक अध्यक्ष विष्णु थापाले जानकारी दिए ।  पूर्वीय सनातन धर्म, क...
कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा “झम्के साझैमा” रिलिज 

कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा “झम्के साझैमा” रिलिज 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन
कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा "झम्के साझैमा" रिलिज विशाल आवाज:बैदेशिक रोजगारीका लागि हाल दक्षिण कोरियामा रहदै आएका कलाकार गोपीकृष्ण राईको शब्द र अभिनयमा रहेको "झम्के साझैमा" नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ।  बजारमा आएको छोटो समयमै ३४ हजार भिउज पाइसकेको गोपीकृष्ण राइको शब्द र मनिष श्रेष्ठको संगीत र श्वरमा रेकर्डिङ भएको गीतलाई उर्गेन दोङले एरेन्ज गरेका हुन् । कोरियामै रहेका मोडल सुस्मिता गुरुङ संग स्क्रिन सेयर गरेका राइले नै निर्देशन गरेका उक्त भिडियो को भिडियो ग्राफर सोनाम प्रबिन पराजुली हुन् भने मोहन सुनुवार (नविन)ले सम्पादन गरेका हुन् ।गोपीकृष्ण राई नामक अफिसियल आफ्नै युट्युब च्यानलमार्फत रिलिज म्यूजिक भिडियोको छायाङ्कन दक्षिण कोरियाकै बिभिन्न सुन्दर पार्क तथा सहरहरुमा गरिएको छ । ADVERTISEMENT/DIMAG KHARAB/KOREA   गायक टम्पसेर राईको स्वरमा ‘सकिन बन्...
नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन 

नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन 

Breaking News, Breaking news 1
नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन  बोम्जन गुरुङ/विशाल आवाज:कोरियास्थित क्षेत्रीय संस्था नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा अक्टोबर १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट बुद्धि बहादुर स्याङतान तामाङ अध्यक्ष रहने गरी २० सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो ।  उक्त अधिवेशनबाट अध्यक्षमा बुद्धि बहादुर स्याङतान तामाङ, वरिष्ठ उपाध्यक्ष अभिनाश तामाङ, उपाध्यक्ष सुनिल रिजाल, उपाध्यक्ष सुरेश भट्ट , सचिव नविन भट्टराई, सहसचिव प्रमोद बुढाथोकी, कोषाध्यक्ष राम ढुङ्गाना, सहकोषाध्यक्ष अर्जुन तामाङ चयन भएका छन् भने सदस्यहरुमा उद्धब थापा मगर, विजय तामाङ, प्रदिप न्यौपाने, सुजन सिलवाल, सन्देश रिमाल, मनोज सुवेदी, श्याम सुर्खेती, सरोज सापकाेटा, सुप्रिम रत्न लामा, ...
कांग्रेसमा विद्रोह गरेका केदार एमालेको समर्थनमा बने कोशीको मुख्यमन्त्री

कांग्रेसमा विद्रोह गरेका केदार एमालेको समर्थनमा बने कोशीको मुख्यमन्त्री

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
विराटनगर । विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका केदार कार्की कोशी प्रदेशको आठौ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् । अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए । कोशी प्रदेशमा पछिल्लो प्रदेश सभाको एक वर्षको अवधिमा ५ औ मुख्यमन्त्री नियुक्त भएका छन् । यो अवधिमा २–२ पटक हिक्मत कार्की र उद्धव थापा मुख्यमन्त्री बनेका छन् । दुवै पटक मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका मुख्यमन्त्री बनेका उद्धव थापालाई भने अदालतले बरखास्त गरेको थियो । हिक्मत भने पहिलो पटक माओवादी र जसपाले साथ छाड्दा विश्वासको मत पाउन नसकी पद मुक्त भएका थिए भने दोस्रो पटक विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएका थिए । संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १...
आजको राशिफल : २०८० असोज २७ गते (शनिवार)

आजको राशिफल : २०८० असोज २७ गते (शनिवार)

Breaking News, Breaking news 1, जानकारी, धर्म/ज्योतिश
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्...
सुन तस्करीको आरोप लागेका‌ कृष्ण बहादुर महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा

सुन तस्करीको आरोप लागेका‌ कृष्ण बहादुर महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा

Breaking News, Breaking news 1
२६ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले बताए । न्यायाधीश डण्डपाणि शर्माको इजलासले घटनामा उनी संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश गरेको हो । महरा लगायत ४ जनामाथि आपराधिक विश्वासघात ,भन्सार चोरी तथा संगठीत अपराध सम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलेको थियो । विद्युतीय चुरोट(भेप)भित्र सुन लुकाएर ल्याउने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले राहुल लगायतमाथि अनुसन्धान गरेको थियो । राहुल पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन् ।...
कोरियालि प्रहरीको अनुसन्धानमा परेका माओवादी नेता दिपशिखा आइतबार नेपाल फर्कदै 

कोरियालि प्रहरीको अनुसन्धानमा परेका माओवादी नेता दिपशिखा आइतबार नेपाल फर्कदै 

Breaking News, Breaking news 1, Breaking news 3
कोरियालि प्रहरीको अनुसन्धानमा परेका माओवादी नेता दिपशिखा आइतबार नेपाल फर्कदै  विशाल श्रेष्ठ/दक्षिण कोरिया:कोरिया स्थित नेपाली राजदूतले मगाएको औषधी बोकेका कारण अध्यागमनमा रोकिएर बिगत २ महिनादेखि कोरियाली प्रहरीको अनुसन्धानमा परेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ को केस अनुसन्धान शुक्रबार सकिएर आइतबार नेपाल फर्कने भएका छन्।  गत अगस्ट १० मा कोरिया प्रस्थान गरेका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको थियो। स्रोतका अनुसार दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ। पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन। इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखा...
एनआएनएको सचिबमा कोरियाबाट केपि सिटौलाको दरबिलो उम्मेदवारी

एनआएनएको सचिबमा कोरियाबाट केपि सिटौलाको दरबिलो उम्मेदवारी

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
एनआएनएको सचिबमा कोरियाबाट केपि सिटौलाको दरबिलो उम्मेदवारी कमला केसी /दक्षिण कोरिया :गैरआवासीय नेपाली संघ (एनआएनए) को आगामी निर्वाचनमा सचिब पदका लागि केपी सिटौला (कृष्णप्रसाद सिटौलाले) उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए को यहि अक्टुवर १७ देखि २० गतेसम्म हुने ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनवाट नेतृत्वमा पुगि संस्थागत सुधारसँगै नेपाल र नेपालीको हितमा काम गर्नका लागि आफुले सचिब पदमा उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो । नेपालको झापा जिल्ला घर भई लामो समयदेखि कोरियालाई कर्मक्षेत्र बनाउनुभएका सिटौला सन १९९२ सालमा कोरिया प्रवेश गर्नु भएको हो । सन् २००६ देखि एनआरएनए प्रवेश गर्नुभएका सिटौला एनआएनएको संस्थापक र थप अर्को कार्यकाल अध्यक्ष, एनआरएनए आईसीसी सदस्य, एनआरएन एनसिसी कोरियाको संरक्षक र नेपाल पर्यटन वोर्ड, मानार्थ पर्यटन दुतको रुपमा समेत सक्रिय हुनुुहुन्छ । सिटौलाले कोरियामा भ...
प्रधानमन्त्री पुष्पकमल दाहाल तथा NRNA कोरिया प्रतिनिधिबीच भेटघाट सम्पन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा NRNA कोरिया प्रतिनिधिबीच भेटघाट सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2
प्रधानमन्त्री पुष्पकमल दाहाल तथा NRNA कोरिया प्रतिनिधिबीच भेटघाट सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल तथा NRNA कोरियाका प्रतिनिधि बीच आज काठमाडौं स्थित प्रधानमन्त्री निवासमा भेटघाट सम्पन्न भएको छ। सो भेटमा NRNA कोरियाका अधक्ष्य बुद्धि गुरुङ, NRNA ICC सह कोषाध्यक्ष यज्ञ राज सुबेदी , तथा NRNA ICC सदस्य डा. बिमल सुबेदी ले दक्षिण कोरियामा रहेका नेपाली नागरिकका समस्या: चर्को हवाई भाडा दर, दक्षिण कोरियामा रहेका भिषा बिहिन नेपाली नागरिकलाई नेपाली राजदुतवासबाट PASSPORT उपलब्ध नहुने, बिभिन्न दुर्घटनामा निधन भएको नेपाली नागरिक शव नेपाल पठाउने भएको समस्या, तथा दक्षिण कोरियाबाट दीक्षित नेपाली बिधार्थीहरुको शैक्षिक प्रमाणपत्र प्रमाणिकरणमा रहेका समस्या बारे सम्माननीय प्रधानमन्त्रीलाई अवगत गराउनु भयो | गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकाअनुसार हाल बिहीबारदेखि मनोनयन दर्ता ...
एनआरएनएमा पहिलो दिन ८ जनाको उम्मेदवारी

एनआरएनएमा पहिलो दिन ८ जनाको उम्मेदवारी

Breaking News, Breaking news 1, Breaking news 2
एनआरएनएमा पहिलो दिन ८ जनाको उम्मेदवारी काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ । विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट मनोनयन दर्ता सुरु भएको हो । जसअनुसार विद्युतीय माध्यमबाट मनोनयन दर्ताको लागि बिहान ६ देखि साँझ ६ बजे तथा भौतिक उपस्थितिमा संघको बालुवाटारस्थित कार्यालयमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय छुट्याइएकोमा सो समयमा पहिलो दिन जम्मा ८ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् । उनका अनुसार मनोनयन दर्ता शुक्रबार र शनिबार पनि जारी रहनेछ । पहिलो दिन मुख्य पद अध्यक्षमा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । यस्तै उपाध्यक्षमा एक जनाको तथा सचिवसहितका पदाधिकारीका केही पदमा उम्मेदवारी दर्ता भएको छ । शनिबार उम्मेदवारी दर्ता सम्पन्न भएपछि अस...