Advertisement
Advertisement

Breaking news 1

१३ वर्षे केटाद्वारा इ-स्कुटर ठक्कर — वृद्धको ज्यान गएपछि अभिभावकलाई १० करोड वोन जरिवाना

१३ वर्षे केटाद्वारा इ-स्कुटर ठक्कर — वृद्धको ज्यान गएपछि अभिभावकलाई १० करोड वोन जरिवाना

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा एक किशोरले चलाएको इलेक्ट्रिक स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अदालतले ती बालकका अभिभावकलाई १० करोड वोन (करिब ६९ हजार अमेरिकी डलर) तिर्न आदेश दिएको छ। दक्षिण कोरियाको समाचार संस्था JTBC का अनुसार, यो घटना २०२३ जुन महिनामा भएको थियो। दुई जना १३ वर्षका केटाहरूले भाडामा लिएको इ-स्कुटर चलाइरहेका बेला सडकमा पैदल हिँडिरहेका एक वृद्धलाई ठक्कर दिएका थिए। ठक्करका कारण वृद्धको टाउकोमा गम्भीर चोट लागी उनको मृत्यु भएको थियो। कोरियाली कानुनअनुसार, १६ वर्ष वा सोभन्दा माथिका र मोटरसाइकल लाइसेन्स प्राप्त व्यक्तिहरूले मात्र व्यक्तिगत मोबिलिटी उपकरण (जस्तै इलेक्ट्रिक स्कुटर) चलाउन पाउने व्यवस्था छ। तर ती किशोरहरूले कुनै लाइसेन्स प्रमाणीकरण बिना नै भाडामा स्कुटर लिएर चलाएका थिए। घटनापछि अदालतले ती बालकलाई किशोर संरक्षण अन्तर्गत (Protective Disposition) राख्ने आदेश दियो। अभिभा...
दूतावासको भूमिकाप्रति 𝐍𝐑𝐍 दक्षिण कोरियाको असन्तुष्टि, स्पष्ट र एकीकृत मार्गमा अघि बढ्ने आग्रह

दूतावासको भूमिकाप्रति 𝐍𝐑𝐍 दक्षिण कोरियाको असन्तुष्टि, स्पष्ट र एकीकृत मार्गमा अघि बढ्ने आग्रह

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  बिपिन गुरुङ अध्यक्ष रहेको 𝐍𝐑𝐍 दक्षिण कोरियाले हालै जारी गरेको एक विज्ञप्तिमार्फत दक्षिण कोरियास्थित नेपाली समुदायमा देखिएका विभाजनकारी गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संघले एनआरएनएको एकता महाधिवेशनलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आधिकारिक मान्यता प्रदान गरिसकेको स्पष्ट उल्लेख गर्दै, अबको प्राथमिकता संस्था एकीकृत, स्थिर र प्रवासी नेपाली हितमा उन्मुख बनाउनुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, “दूतावास र राजदूतज्यू प्रवासी नेपालीका अभिभावक, संयोजक र मार्गदर्शक हुन्। उनीहरूले संस्थागत एकतालाई कमजोर बनाउने र समुदायमा अशान्ति फैलाउने कार्य गर्न नहुने संवैधानिक तथा नैतिक दायित्व रहन्छ।” बिपिन गुरुङले अध्यक्ष रहेको एनआरएन दक्षिण कोरियाले केही समययता देखिएका व्यवहारले प्रवासी नेपाली समुदायमा गम्भीर निराशा र शंका पैदा गरेको उल्लेख गर्दै दूतावासको भूमिका...
स्वास्थ्यका लागि सुदूर पहल ‘SUDUR HEALTH TALK’ कार्यक्रम सुरु

स्वास्थ्यका लागि सुदूर पहल ‘SUDUR HEALTH TALK’ कार्यक्रम सुरु

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सुदूरपश्चिम समाज, दक्षिण कोरियाले स्वास्थ्य सचेतना अभिवृद्धिका लागि नयाँ अभियानका रूपमा ‘SUDUR HEALTH TALK’ नामक नियमित स्वास्थ्य परामर्श कार्यक्रम सुरु गर्न लागेको छ। निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., धनगढीको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमको पहिलो श्रृंखला (EP–1) आगामी नोभेम्बर ९ गते आइतबार, कोरियाली समय अनुसार साँझ ७:३० बजे तथा नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुने भएको छ। कार्यक्रम सुदूरपश्चिम समाज, दक्षिण कोरियाको अफिसियल फेसबुक पेज, निसर्ग हस्पिटलको अफिसियल फेसबुक पेज तथा रेडियो घोडाघोडी FM 88.3 MHz बाट प्रत्यक्ष प्रसारण गरिनेछ। पहिलो एपिसोडमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. ओमकार बिष्ट ले स्वास्थ्य परामर्श प्रदान गर्नेछन्। कार्यक्रममा महासचिव नवराज तिमिल्सिना प्रस्तुतकर्ता रहनेछन्। संगठनका अध्यक्ष महेश भट्ट का अनुसार यो कार्यक्रम नियमित रूपमा प्रत्येक...
कोरियामा दिवंगत ध्रुवराज लावतीकी छोरीको शिक्षाका लागि सहयोग रकम हस्तान्तरण

कोरियामा दिवंगत ध्रुवराज लावतीकी छोरीको शिक्षाका लागि सहयोग रकम हस्तान्तरण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
२०२५ सेप्टेम्बर २९ मा छ्नानस्थित माइतीघर शेल्टरमा नयाँ रोजगारी खोज्ने क्रममा असामयिक निधन भएका इलाम चुलाचुली–१ निवासी दिवंगत ध्रुवराज लावतीकी तीन वर्षीया छोरीको शिक्षाको लागि दक्षिण कोरियामा रहेका नेपाली समुदायबाट सहयोग रकम हस्तान्तरण गरिएको छ। २०२५ अक्टोबर २९ मा दक्षिण कोरियामा रहेका इलाम चुलाचुली–१ का स्थानीयवासीहरू सहित विभिन्न जिल्लाका नेपालीहरूले संयुक्त रूपमा संकलन गरेको रु. ७०१,८८१ रकम औपचारिक रूपमा लावती परिवारलाई हस्तान्तरण गरिएको हो। यसअघि पनि दक्षिण कोरिया इलामेली समाज र पूर्बी नेपाल समाजको संयुक्त पहलमा रु. ७२०,००० सहयोग रकम प्रदान गरिएको थियो। समुदायका सदस्यहरूले दिवंगत लावतीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनकी नाबालक छोरीको उज्ज्वल भविष्य र शिक्षामा निरन्तर सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका छन्। यस घटनाले पुनः एकपटक विदेशमा रहेका नेपालीबीचको आपसी एकता र मानवीय सं...
सुजन चापागाइ लाइभ इन कोरिया ‘पाँचथर साङ्गीतिक सौगात–भाग २’ को आईतवार आयव्यय सार्वजनिक गरिदै 

सुजन चापागाइ लाइभ इन कोरिया ‘पाँचथर साङ्गीतिक सौगात–भाग २’ को आईतवार आयव्यय सार्वजनिक गरिदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियाली महान पर्व छुसक तथा नेपाली महान चाड दशैं २०८२ को पावन अवसरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले सगौरव आयोजना गरेको सुजन चापागाइ लाइभ इन कोरिया “पाँचथर साङ्गीतिक सौगात – भाग २” कार्यक्रमको यही आउदो आईतवार नोभेम्बर २ तारिक सौलमा आयव्यय सार्वजनिक गरिने भएको छ।  गत २०२५ अक्टोबर ५ (आइतबार) का दिन सउलस्थित विश्व तेक्वान्दो मुख्यालय हल (KUKKIWON, 강남역) मा सम्पन्न सो कार्यक्रममा नेपाली राष्ट्रिय कलाकार सुजन चापागाईं & The Infinity, Voice of Nepal Season 5 का फाइनलिस्ट नोगेन हाङसुरूम्बा, Voice of Nepal 2018 की गायिका श्रेया राई लगायत अन्य कोरियामा रहेका स्थानिय कलाकारहरूको विशेष प्रस्तुति रहेको कार्यक्रमको यही आईतवार सउल दोङ्देमुनस्थित निक नेपाल ट्राभल्सको सभा हलमा आयव्यय सार्वजनिक गरिने भएको हो।  उक्त कार्यक्रममा कोरियामा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। मनोर...
इन्छनमा स्कुले बालिकालाई प्रलोभन देखाउँदै गलत उद्देश्यले लैजाने प्रयास — पाकिस्तानी पुरुष पक्राउ

इन्छनमा स्कुले बालिकालाई प्रलोभन देखाउँदै गलत उद्देश्यले लैजाने प्रयास — पाकिस्तानी पुरुष पक्राउ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
इन्छन सहरमा एक पाकिस्तानी नागरिकले स्कुले बालिकालाई जुस र बर्गर किनिदिएर गलत उद्देश्यले कोठामा लैजाने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। इन्छन पश्चिम प्रहरी कार्यालयका अनुसार, ३० वर्षीय पाकिस्तानी पुरुष ‘ए’ (A) लाई यौन दुर्व्यवहारको उद्देश्यले नाबालिकालाई प्रलोभन देखाउने अपराध अन्तर्गत यही अक्टोबर २७ तारिखमा पक्राउ गरिएको हो। प्रहरीले दिएको विवरणअनुसार, अक्टोबर २१ तारिख राति करिब ९:३० बजे सो-गु (서구) क्षेत्रको एक 편의점 अगाडि ‘ए’(A) ले एक माध्यमिक विद्यालयकी छात्रा ‘बी’ (B) लाई जुस र ह्याम्बर्गर किनिदिएर आफ्नो साथीको कोठामा लैजाने प्रयास गरेका थिए। ‘बी’ का अभिभावकले २७ तारिखमा घटनाको बारेमा थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले सीसीटीभी फुटेजमार्फत घटनाको पुष्टि गरेको जनाएको छ। विद्यार्थी ‘बी’ ले प्रहरीलाई दिएको बयानमा भनिन् — “ए ले मेरो शरीर देखाउन माग ग...
नोभेम्बर ९ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै ‘जारी २’

नोभेम्बर ९ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै ‘जारी २’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ‘जारी’ को सिक्वेल ‘जारी २’ यही नोभेम्बर ९ (आइतबार) मा दक्षिण कोरियाको सुवनस्थित अत्याधुनिक सुविधा सम्पन्न MEGABOX हलमा प्रदर्शन हुने भएको छ। Manggena Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो विशेष ‘Suwon Show’ का लागि अग्रिम अनलाइन बुकिङ २०% मात्रै बाँकी आयोजकले जनाएको छ। ‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। निर्देशक उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन छ। दुई वर्षअघि रिलिज भएको ‘जारी’ ले उ...
आपतकालीन राहतकोषका लागि चलचित्र ‘रिमै’ को थेगु-शो नोभेम्बर ९ मा हुने

आपतकालीन राहतकोषका लागि चलचित्र ‘रिमै’ को थेगु-शो नोभेम्बर ९ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ: करिब एक दशकअघि चर्चित नेपाली फिल्म कबड्डी बाट ‘दया–रिश्मा’को जोडीमा परिचित अभिनेता दयाहाङ राई र रिश्मा गुरुङ अभिनित नेपाली कथानक चलचित्र ‘रिमै’ नोभेम्बर ९ मा तमु धीं दक्षिण कोरिया थेगु शाखाको आयोजनामा थेगुमा प्रदर्शन हुने भएको छ। संस्थाका अध्यक्ष मदन गुरुङका अनुसार, उक्त चलचित्रको प्रदर्शन आपतकालीन राहतकोष स्थापना सहयोगार्थ तथा नेपाली चलचित्रलाई विदेशमा प्रोत्साहन दिने उद्देश्यले गर्न लागिएको हो। फिल्मको शो 대구광역시 달서구 벌대로 1095, 계명대학교 바우어관 1229호 मा दिउँसो १ बजेबाट सुरु हुनेछ। गत भदौ २० गतेदेखि नेपालमा प्रदर्शनमा आएको, खिल बहादुर गुरुङ निर्देशित यो फिल्म गुरुङ समुदायको सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित रहेको छ। फिल्मले परम्परा र व्यक्तिगत इच्छाबीचको द्वन्द्व, साँचो प्रेमको खोजी र छोरीचेलीको महत्वजस्ता गहिरा विषयहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। फिल्ममा दया...
एनआरएन कोरियाको महासचिवमा नरेश शर्मा मनोनित

एनआरएन कोरियाको महासचिवमा नरेश शर्मा मनोनित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
लगातारको विवाद र पद रिक्ततापछि नयाँ नेतृत्वको आगमन बिपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर–आवासीय नेपाली संघ (NRNA–NCC South Korea) को कार्यसमितिले नयाँ महासचिवको रूपमा नरेश शर्मालाई मनोनित गरेको छ। संघका तात्कालिन महासचिव अजय सोडारी (पूर्ण वहादुर बुढा) नेपाल फर्किएपछि रिक्त बनेको पदमा शर्मा नियुक्त गरिएको हो। आइतबार दोङ्देमुनस्थित संघको कार्यालयमा बसेको कार्यसमिति, सल्लाहकार र संरक्षक सहितको बैठकले उक्त निर्णय गरेको हो। गत केही हप्तादेखि संघभित्र आन्तरिक विवाद तीव्र बनेको थियो।उक्त घटनाले संस्था नै विवादको केन्द्रमा परेपछि, नेतृत्वले महासचिवको पद रिक्त घोषणा गर्दै नयाँ अनुशासन र स्थायित्वका लागि नरेश शर्मालाई जिम्मेवारी दिएको हो। बैठकले सो अवसरमा खाली रहेका सचिवमा अनन्त आचार्य,युवा संयोजकमा खगेन्द्र जोशी र सदस्यमा सन्जिब जङ कार्की लाई पनि नयाँ मनोनयन गरेको छ। अध्यक्ष गुरुङले नयाँ...
पूर्वी नेपाल समाज, दक्षिण कोरियाद्वारा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

पूर्वी नेपाल समाज, दक्षिण कोरियाद्वारा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
पूर्वी नेपाल समाज, दक्षिण कोरियाले २५ अक्टोबर २०२५, शनिबार साँझ निक नेपाल ट्राभल्सको सभाहल, दोङ्देमुनमा दशैं, तिहार, छठ र नेपाल सम्बत ११४६को अवसरमा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम २०२५ सम्पन्न गरेको छ। “हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता — प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारासहित हुने यो कार्यक्रम प्रवासमा नेपालीहरूबीच आपसी भेटघाट, सुसंस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सफल समापनपछि सहभागी, सहयोगी तथा शुभेच्छुक सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ। कार्यक्रममा सहभागीहरूले नेपाली परम्परागत परिकार (जस्तै सेल रोटी, अचार, दालभात), सांस्कृतिक प्रस्तुति, र विभिन्न समुदायबीच शुभकामना आदान–प्रदान गर्दै देउसी भैलो समेत् खेलेका थिए । पुर्वी नेपाल को आयोजना तथा पुर्बी नेपाल अन्तर्गतको विभिन्न जातिय र क्षेत्रीय संघ–संस्थाहरूको सहआयोजनामा भएक...