सिओल । दक्षिण कोरियामा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले आफ्नो चौथो अधिवेशन यही २०२५ डिसेम्बर ७ (आइतबार)का दिन गर्ने भएको छ। संस्थाले सार्वजनिक गरेको जानकारीअनुसार अधिवेशन सुबह ११:०० बजेबाट भेटघाट रेस्टुरेन्टको सभाहल, सुवनमा आयोजना हुने छ।
लोक, संस्कृति र मौलिकता संरक्षणको अभियान चलाउँदै आएको प्रतिष्ठानको यो अधिवेशनलाई भव्य तथा सभ्य ढंगले सम्पन्न गर्न तयारी तीव्र रूपमा अघि बढाइएको छ। अधिवेशनमा संस्थाको विगतको समीक्षा, आगामी कार्ययोजना, नेतृत्व चयन लगायतका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई लोक–सांगीतिक जगतलाई अझ सबल बनाउन योगदान दिन हार्दिक अनुरोध गरेको छ।










