किरात राई यायोक्खा, दक्षिण कोरियाको १३औँ महाधिवेशन सेप्टेम्बर १४ मा
किरात राई यायोक्खा, दक्षिण कोरियाको केन्द्रीय समितिले आफ्नो १३औँ महाधिवेशन यही सेप्टेम्बर १४, २०२५ मा गर्ने भएको छ। राजधानी सउलस्थित MG सेमाउल गुम्गो सभा हल, चाङसिनडोङ (LINE 1, Exit 1) मा हुने उक्त महाधिवेशनमा कोरियामा कार्यरत सम्पूर्ण राई समुदायलाई उपस्थित रहन आग्रह गरिएको छ।
संस्थाले स्थापना कालदेखि नै आप्रवासी नेपाली समुदायको पहिचान, अधिकार र सांस्कृतिक संरक्षणमा क्रियाशील किरात राई यायोक्खाले यसपटकको महाधिवेशनलाई विशेष बनाउन विभिन्न तयारीहरू थालेको जनाएको छ। महाधिवेशनले विगत दुई वर्षको गतिविधिको समीक्षा गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ।
कार्यक्रममा संस्थागत प्रतिवेदन प्रस्तुत गर्ने, नेतृत्व चयन गर्ने, आगामी योजनामाथि छलफल गर्ने तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, कोरियामा रहेका राई समुदायबीच आपसी मेलमिलाप र एकता सुदृढ पार्ने उद्देश्यले यस महाधिवेशनलाई महत्वपूर्ण...









