यस्तो छ “लुट-२” पछिको निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ को टिजर (भिडिओ) जापान,कोरियामा पनि प्रदर्शन हुने पक्का
यस्तो छ "लुट-२" पछिको निश्चल बस्नेतको फिल्म 'दिमाग खराब' को टिजर (भिडिओ) जापान कोरियामा पनि प्रदर्शन हुने पक्का
निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' को टिजर सार्वजनिक भएको छ।
बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा राजनीतिक परिवेशलाई देखाइएको छ।
'जनता भर्सेस शक्ति' को विषयवस्तुमा आधारित फिल्ममा रौनकविक्रम कँडेलको लगानी छ।
सोसल ड्रामा जनराको फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीको मुख्य भूमिका छ।
सुसन प्रजापतिले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म नेपाल कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ।
यसैगरी जापान कोरियाको प्रदर्शन अधिकार पाएको युना इन्टरटेन्मेन्टले जापान र कोरिया विशाल आवाजको सहकार्यमा पनि एकैसाथ प्रदर्शन गर्ने भएको...





