Advertisement
Advertisement

जानकारी

आजको राशिफलः २०८१ माघ ३ गते बिहीबार

आजको राशिफलः २०८१ माघ ३ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा पनि विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम ...
जनवरी १९ मा कोरियाको दोंगदेमुनमा शेयर बजारबारे एक दिने प्रशिक्षण गोष्ठी हुदै

जनवरी १९ मा कोरियाको दोंगदेमुनमा शेयर बजारबारे एक दिने प्रशिक्षण गोष्ठी हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिणकोरियाको राजधानी सउलस्थित दोंगदेमुनमा शेयर सम्बन्धि कार्यक्रम हुने भएको छ । Fonemoney रेमिटयान्स र Sunrise Bank अनि L S Capital को सहकार्यमा जनवरी १९ तारिख आईतबार सो शेयर सम्बन्धि जानकारीमुलक कार्यक्रम हुन थालेको हो । सो अवसरमा विदेशमा बस्ने नेपालीका लागि आरक्षित तथा प्राथमिक शेयर , SIP, Mutual Fund तथा Secondary Market बारेमा जानकारी दिने बताइएको छ । दिउसो ३ बजेदेखी ४:३० बजे सम्म हुने कार्यक्रममा सहभागि हुन ईच्छुकहरुले फोनमनीको कार्यलयको नम्बर 02-525-1900 मा सम्पर्क गरि आफ्नो सिट निश्चित गर्न आयोजकले जानकारी गराईएको छ ।...
दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, समाचार
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको हो।  स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जाँदा उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्। यससँगै उनी पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका छन्। यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।  गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।  पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो ।  समर्थकहरूले उनको नाम ल...
आजको राशिफलः २०८१ माघ २ गते बुधबार

आजको राशिफलः २०८१ माघ २ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ। पुरानो रोगबाट मुक्ति ...
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्

चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
  काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । पुस २६ मा चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान  गरिरहेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । युवती र आरोपी पूर्व परिचित हुन् ।  चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको चन्द्रबहादुरले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले ‘च...
आजको राशिफलः २०८१ माघ १ गते मंगलबार

आजको राशिफलः २०८१ माघ १ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन...
कोरियामा २०२५ को सिजनमा हुने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्दै नेपाल भलिबल संघ कोरिया

कोरियामा २०२५ को सिजनमा हुने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्दै नेपाल भलिबल संघ कोरिया

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै
विशाल आवाज: नेपाल भलिबल सङ्घ दक्षिण कोरियाले जनवरी २६ मा सन् २०२५ मा सङ्घको मातहतमा रहेर दक्षिण कोरियामा आयोजना गरिने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्ने भएको छ। “स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ स्थापित नेपाल भलिबल संघ दक्षिण कोरियाले यही आउँदो जनवरी २६ तारिख आइतबारका दिन‌ १२ बजे दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा भलिबल प्रतियोगिता बाँडफाँड कार्यक्रम आयोजना गर्ने भएको हो। नेपालको राष्ट्रिय खेल भलिबल खेलको विकास र दक्षिण कोरियामा रहेका खेलाडीहरूको खेलस्तर अभिवृद्धि गर्नका निम्ति नेपाल भलिबल संघ दक्षिण कोरियाको मातहतमा रहेर यसअघि २०२४ को सिजनमा ६ वटा प्रतियोगिता बाँडफाँड भएको थियो। यसपालि पनि संघ मातहत रहेर दक्षिण कोरियामा स्थापित विभिन्न संघसंस्थाहरूले सन् २०२५ सिजनको लागि दक्षिण कोरियाको विभिन्न भूभागमा आयोजना गर्न इच्छुक भए सो दिन...
“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा जनवरी २६ मा

“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा जनवरी २६ मा

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स’ ले आफ्नो आठौं अधिवेशन तथा साधारण सभा जनवरी २६ तारिखका दिन गर्ने भएको छ। पूर्वीय कला संस्कार, संस्कृति ,भेषभुषा ,चाडपर्व आदिले नेपाल राष्ट्रलाई विश्वभरि नै परिचय दिने कुरालाई आत्मसात गरी सन् २०१७ मा स्थापित संस्थाले जनवरी २६ तारिख आइतबारका दिन दिउँसो १२ बजे आनसान स्थित आफ्नै नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हलमा उक्त कार्यक्रम गर्न लागेको हो। आठौँ महाधिवेशन कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउनका आयोजकले कमल भण्डारीको संयोजकत्वमा अधिवेशन कार्यतालिका प्रस्तुत गर्दै उम्मेदवारी आह्वान समेत गरिसकेको छ। "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित संस्थाले परदेशमा रहेर पनि पूर्वीय कला,संस्कार साथै संस...
आजको राशिफलः २०८१ पुस २९ गते सोमबार

आजको राशिफलः २०८१ पुस २९ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम दोहोर्याउनुपर्ला। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनग्गे अर्थ लाभ पनि हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहाेला। पढाइलेखाइमा पनि समय दिन नसकिएला। अरूको भरपर्दा काम राेकिन सक्छ, सजग रहनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा ...
बुसानमा पनि राष्ट्रिय कलाकारहरूको साथमा  “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” हुने

बुसानमा पनि राष्ट्रिय कलाकारहरूको साथमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” हुने

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ  दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिखका दिन बुसानमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने भएको छ।  “भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित  नेपाल तामाङ घेदुङ  दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९  तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा  सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको हो।  नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु विश्व दोङ, सुरेश लामा, आस्मान लोप्चनको साथमा कोरियामा रहेका स्थानीय कलाकारहरूको  बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम १२  बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।  आफ्नो धर्म,संस्कृति,कला,...