सोनसिकले “सोनसिक देउसी भैलो कार्यक्रम -२०८०” कार्यक्रम गर्दै
सोनसिकले "सोनसिक देउसी भैलो कार्यक्रम -२०८०" कार्यक्रम गर्दै
विशाल आवाज:दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले शुभ दिपावली २०८० को पावन अवसरमा नोभेम्बर ११/१२ मा "सोनसिक देउसी भैलो कार्यक्रम -२०८०" गर्ने भएको छ।
जाजरकोट केन्द्र गरि आएको भुकम्प द्वारा प्रभावित बिधार्थि हरुको सहयोगार्थ आयोजित नोभेम्बर ११ तारिख दिउसो ३ देखि १० बजे सम्म र १२ तारिख बिहान १० बजे देखि दिउसो ४ बजे सम्म हुने देउसी भैलो कार्यक्रम दोङ्देमुन आसपासका क्षेत्रहरूमा र नेपाली राजदुतावास सउलमा संचालन हुने सोनसिकले जानकारी गराएको छ । हरेक बर्ष तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रमहरु गर्दै आइरहेको सोनसिकले यसपाली पनि कार्यक्रम गर्न लागेको हो ।
कोरियाका बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिचमा सहयोग आदान-प्रदान ग...




