Advertisement
Advertisement

सोनसिकले “सोनसिक देउसी भैलो कार्यक्रम -२०८०” कार्यक्रम गर्दै 

Advertisement
Advertisement

सोनसिकले “सोनसिक देउसी भैलो कार्यक्रम -२०८०” कार्यक्रम गर्दै 

विशाल आवाज:दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले शुभ दिपावली २०८० को पावन अवसरमा नोभेम्बर ११/१२ मा “सोनसिक देउसी भैलो कार्यक्रम -२०८०” गर्ने भएको छ।

 जाजरकोट केन्द्र गरि आएको भुकम्प द्वारा प्रभावित बिधार्थि हरुको सहयोगार्थ आयोजित नोभेम्बर ११ तारिख दिउसो ३ देखि १० बजे सम्म र १२ तारिख बिहान १० बजे देखि दिउसो ४ बजे सम्म हुने देउसी भैलो कार्यक्रम दोङ्देमुन आसपासका क्षेत्रहरूमा र नेपाली राजदुतावास सउलमा संचालन हुने सोनसिकले जानकारी गराएको छ । हरेक बर्ष तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रमहरु गर्दै आइरहेको सोनसिकले यसपाली पनि कार्यक्रम गर्न लागेको हो । 

कोरियाका बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिचमा सहयोग आदान-प्रदान गर्दै बिभिन्न कार्यक्रम मार्फत आपसी भाईचारा कायम गर्न भूमिका खेलेको सोनसिकले यसपालीको तिहारको देउसी भैलो कार्यक्रमलाई थप सफल पार्न कार्यक्रम तयारी गरिरहेको सोनसिकका सभापति मेघनाथ पौडेलले बताए । 

सन २००४ मा स्थापना भएको सोनसिक कोरियामा दर्ता भएको नेपाली बिद्यार्थीहरुको एक मात्र साझा संस्था हो । हरेक बर्ष नयाँ कार्यसमिति चयन हुने संस्थाको नियम अनुसार हाल सम्म १९ वटा कार्यसमिति मार्फत संस्थाले कोरियामा रहेका नेपाली बिद्यार्थी माझ बिभिन्न किसिममा सामाजिक, शैक्षिक, साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ । नेपाली बिद्यार्थीहरुको सहजता, सहि सूचनाको आदान प्रदान मार्फत सेवा पुर्याइ रहेको सोनसिकले कोरियामा मात्रै नभई नेपालमा पनि छात्रबृतिको बितरण मार्फत आफ्नो गतिबिधीलाई बिस्तार गरेको छ । ईपीएस प्रणाली मार्फत दक्षिण कोरिया आउने नेपालीहरुको बाहुल्यता भएता पनि छोटो समयमा नै बिज्ञान प्रबिधिको बिकास मार्फत आर्थिक फड्को मार्न सफल कोरियामा यहाँको शैक्षिक गुणस्तरका कारण बिदेशी बिद्यार्थीहरुको संख्या पनि दिनानुदिन बढ्दै गरेको र नेपाली बिद्यार्थीहरुका लागि पनि कोरिया एक उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गईरहेको सन्दर्भमा सोनसिकले आफ्ना गतिबिधीहरु मार्फत खेलेको अग्रणी भूमिकालाई बिशेष महत्वका रुपमा हेर्न सकिन्छ ।

परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन नेपाली कला संस्कार संस्कृतिको जगेर्ना गर्ने तथा सोनसिकलाई क्रियाशील बनाउने र जाजरकोट केन्द्र गरि आएको भुकम्प द्वारा प्रभावित बिधार्थि हरुको सहयोग गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा कोरियामा रहनुहुने सम्पुर्ण नेपालि हरुमा उपस्थिति हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×