Advertisement
Advertisement

जानकारी

आजको राशिफल: २०८२ श्रावण १८ गते आईतबार

आजको राशिफल: २०८२ श्रावण १८ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन अलिक रहस्यमय बन्न सक्छ। रिस चाँडै उठ्ने सम्भावना, तर संयमता अपनाउन सके दिन उपयोगी हुनेछ। गोप्य शत्रुहरू प्रति सतर्क रहनुहोस्। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साझेदारी र सम्बन्धहरूमा नयाँ मोड आउन सक्छ। वैवाहिक जीवनमा गहिरो कुरा गर्न सकिने समय हो। भावनामा बहिनु पहिले सोच्नुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थ्य र दैनन्दिन काममा ध्यान दिनु पर्नेछ। अनियमित खाना र थकाइले असर गर्न सक्छ। काममा सावधानी अपनाउनु राम्रो। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम, सन्तान वा सिर्जनात्मक क्षेत्रमा प्रगति हुने दिन हो। रमाइलो अवसर आउन सक्छ। तर, अपेक्षा धेरै राख्नाले निराशा नहोस्। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारसँग सम्बन्धमा केही परिवर्तन आउन सक्छ। मानसिक तनाव हुनसक्ने समय, तर धैर्यले समस्या...
बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्टबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर

बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्टबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्टबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर कोरियामा रहेको नेपाली समुदाय र बहुसांस्कृतिक परिवारहरूबीच सांस्कृतिक सद्भाव, आदानप्रदान र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ, बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र (센터장 박상수) र मङ्गेना इन्टरटेनमेन्ट बीच ऐतिहासिक कार्यसम्झौता (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौताअनुसार दुवै पक्षले संयुक्त रूपमा ‘नेपाली सामुदायिक सद्भाव सांस्कृतिक महोत्सव’ आयोजना गर्ने र महोत्सवलाई दीगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। यो सम्झौताले महोत्सवको योजना, तयारी र कार्यान्वयनको लागि एक सहयोगी प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ, पारस्परिक सहयोग र बलियो सञ्जालहरूमा निर्माण गर्दै दुई संस्थाहरूले महोत्सव सामग्री विकास, बजेट तयारी, सामुदायिक संलग्नता, र दिगो सञ्चालन प्रणाली स्थापनामा सहकार्य...
आजको राशिफल: २०८२ श्रावण १७ गते शनिबार

आजको राशिफल: २०८२ श्रावण १७ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवनसाथीसँगको सम्बन्धमा मिठास आउन सक्छ। साझेदारीमा फाइदा होला। तर आजको दिनमा अहंकारबाट टाढा रहनु उपयुक्त हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यक्षेत्रमा थोरै दबाब महसुस हुन सक्छ। अरूको सहयोग बिना काम अल्झिन सक्छ। स्वास्थ्यमा अलिक ध्यान दिनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मन रमाइलो तिर लाग्नेछ। सिर्जनात्मक वा प्रेमसम्बन्धी कार्यमा प्रगति हुनेछ। बच्चाहरूबाट खुशी मिल्ने सम्भावना। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारको विषयमा केही निर्णय गर्नुपर्ने हुन सक्छ। मातृ पक्षसँग सम्बन्ध सुधार गर्न सकिने अवसर। घरको व्यवस्था सुधार्ने समय हो। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुटुम्ब वा साथीहरूसँग कुराकानीमा मिठास आवश्यक पर्छ। छोटो यात्रा सफल हुनेछ। वाकपटुता र योजना दुवै काम लाग्ने दिन। कन...
‘ नेपाल फर्केका नवप्रवर्तकहरू’ कार्यक्रम सम्पन्न

‘ नेपाल फर्केका नवप्रवर्तकहरू’ कार्यक्रम सम्पन्न

जानकारी, भर्खरै, समाचार
कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको सीप, अनुभव र सोचलाई उद्यममा बदल्ने उद्देश्यले सउलमा आयोजित ‘नेपाल फर्केका नवप्रवर्तकहरू (Returnee Innovators for Nepal - RIN)’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। दक्षिण कोरियाको विकास सहयोग संस्था KOICA को आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रम K-HaMi (Korea–Happy Migration) परियोजनाको एक महत्वपूर्ण अङ्ग हो। यसलाई KOICA र नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा संयुक्त रूपमा कार्यान्वयन गरिएको हो। कार्यक्रमको मूल उद्देश्य भनेको दक्षिण कोरियाबाट नेपाल फर्किसकेका श्रमिकहरूलाई उद्यमशीलता, व्यवसायिक सीप र दीगो पुनःस्थापनातर्फ प्रेरित गर्नु हो। यसै सन्दर्भमा, RIN दोस्रो ब्याचमा सहभागी १० जना नेपाली श्रमिकहरूले आफ्ना व्यवसायिक योजना र सीपको जीवन्त प्रस्तुति दिएका थिए। कार्यक्रममा कोरियास्थित नेपाली राजदूतावासकी महामहिम ड...
आजको राशिफल : २०८२ श्रावण १६ गते शुक्रबार

आजको राशिफल : २०८२ श्रावण १६ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारीका काममा लाभ हुने दिन। वैवाहिक जीवनमा मिठास आउन सक्छ। सौन्दर्य र सन्तुलनमा रुचि बढ्नेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काममा समय र श्रम दिनुपर्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। बोलीमा मिठास राख्न सके झगडा टर्न सकिन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रेमसम्बन्धमा प्रगति। सन्तानसँग सम्बन्ध सुधारिनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्ने दिन हो। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँगको सम्बन्धमा सुधार आउनेछ। घरसम्बन्धी काममा व्यस्तता बढ्न सक्छ। साजसज्जा वा पुनःनिर्माणका काममा ध्यान जान सक्छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मौखिक कला, लेखन वा संचार क्षेत्रमा उन्नति मिल्ने सम्भावना छ। नयाँ योजना बनाउने अनुकूल समय। कन्या (पा, पि, पु, पे, पो, ष, ण, ठ, ञ) धनको आगमन र खर्च दुवै बढ्ने स...
खोऱ्यङमा श्रमिक सचेतना तथा राहदानी नवीकरण (E-Passport Renewal) सेवा — २०२५ अगष्ट १० मा हुँदै

खोऱ्यङमा श्रमिक सचेतना तथा राहदानी नवीकरण (E-Passport Renewal) सेवा — २०२५ अगष्ट १० मा हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
खोऱ्यङमा श्रमिक सचेतना तथा राहदानी नवीकरण (E-Passport Renewal) सेवा — २०२५ अगष्ट १० मा हुँदै कोरिया स्थित खोऱ्यङ क्षेत्रमा कार्यरत नेपालीहरूका लागि खुसीको खबर आएको छ। नेपाली राजदूतावासको आयोजनामा र खोऱ्यङ नेपाली समाजको व्यवस्थापनमा, आउँदो २०२५ अगष्ट १० तारिख आइतबार को दिन श्रमिक सचेतना तथा राहदानी नवीकरण (E-Passport Renewal) सम्बन्धी घुम्ती सेवा सञ्चालन हुने भएको छ। यो विशेष कार्यक्रम बिहान ७ बजे देखि 경산시 하양읍 하양로 50, 2층 (금락리 ११६-२७२) (BURGER KING र HAIR BY BOOM रहेको भवनको दोस्रो तला) मा हुने आयोजकले जनाएको छ। यस घुम्ती सेवाको लागि नाम टिपाइसकेका सेवाग्राहीहरूको अन्तिम सूची सार्वजनिक गरिएको छ। सूचीमा समावेश सबैलाई भोली शुक्रबारदेखि (अगष्ट १, ४, ५) भित्र ई-पासपोर्टको अनलाइन फारम अनिवार्य रूपमा भर्नु अनुरोध गरिएको छ। फारम नभरेमा राहदानी बनाउने प्रक्रिया अघि बढ्न सक्दैन। 📱 अनलाइ...
NRNA कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङद्वारा युगल थेगिमलाई सामाजिक सञ्जालमै खुलेआम धम्की,सार्वजनिक हुँदै सनसनीपूर्ण म्यासेज

NRNA कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङद्वारा युगल थेगिमलाई सामाजिक सञ्जालमै खुलेआम धम्की,सार्वजनिक हुँदै सनसनीपूर्ण म्यासेज

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
गैर-आवासीय नेपाली संघ (NRNA) कोरियाको विवाद झनै चुलिँदै गएको छ। हालै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत भएको एक संवाद सार्वजनिक भएपछि सनसनी फैलिएको छ। उक्त संवादमा केन्द्रमा महेश श्रेष्ठ अध्यक्ष रहेको NRNA कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङले युगल थेगिमलाई सिधै धम्की दिएको देखिन्छ। केही दिनअघि सामाजिक सन्जाल फेसबुकको कमेन्टमा युगलले बिपिन कुमार गुरुङको 𝗡𝗥𝗡𝗔 लाई बैधानिक NRNA भन्न नमिल्ने चुनाव हारेर नयाँ NRNA खोली अध्यक्ष भको भन्ने जस्ता आरोप लगाएका थिए ।   सोही कुरा बाट चिडिएर गुरुङले थेगिमलाई धम्किपूर्ण सन्देश दिएको पाइएको छ। के थियो धम्कीपूर्ण सन्देशमा? बिपिन गुरुङले थेगिमलाई पठाएको म्यासेजमा लेखिएको छ: “NRNA भन्ने के हो तिमीलाई थाहा छ? असल NRNA अभियानमा को हो कता के हो भन्ने कुरा बुझेरै लेख्नू गर। युगल भाइ जीत हारको कुरा मात्र थाहा छ। तिमीलाई एकता महाधिवेशनबाट अभियान्ता शेष...
आजको राशिफल : २०८२ श्रावण १५ गते बिहीबार

आजको राशिफल : २०८२ श्रावण १५ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास घट्न सक्छ। कार्यमा बाधा आउन सक्छ, तर धैर्य अपनाउनुहोस्। अनावश्यक बहस टार्न सके राम्रो हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमा आनन्द छाउनेछ। प्रेम र सन्तानसँग सम्बन्धित काममा प्रगति हुनेछ। अध्ययन वा सिर्जनामा रुचि बढ्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिवारजनसँग छलफलको आवश्यकता पर्न सक्छ। नजिकका मानिससँग मनमुटाव नहोस् भनेर शब्द प्रयोगमा ध्यान दिनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना बनाउने दिन हो। लेखन, संचार र भेटघाटका लागि अनुकूल समय। छोटो दूरीको यात्रा लाभदायक। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनसम्बन्धी निर्णयमा सोचेर मात्र अघि बढ्नुहोस्। काममा असजिलो लागे पनि निरन्तरताले सफलता दिनेछ। कन्या (पा, पि, पु, पे, पो, ष, ण, ठ, ञ) चन्द्रमा आफ्नो राशिमा भएकाले ऊ...
कोरियाली राजदूत र नेपाल राष्ट्र बैंकका गभर्नरबीच द्विपक्षीय वित्तीय सहकार्यबारे छलफल

कोरियाली राजदूत र नेपाल राष्ट्र बैंकका गभर्नरबीच द्विपक्षीय वित्तीय सहकार्यबारे छलफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियाको नेपालस्थित राजदूत पार्क ताए-यङ (박태영) ले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर बिश्व नाथ पौडेलसँग भेटवार्ता गर्दै दुई देशबीचको वित्तीय तथा मौद्रिक क्षेत्रको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल गरेका छन्। भेटका क्रममा दुबै पक्षले कोरियन सेन्ट्रल बैंक (Bank of Korea) र नेपाल राष्ट्र बैंक बीच हालसम्म कायम रहेको सहकार्यलाई सकारात्मक रुपमा मूल्यांकन गरे, र यो सम्बन्धलाई आगामी दिनहरूमा थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। कोरियाली केन्द्रीय बैंकले विकासोन्मुख राष्ट्रहरूका केन्द्रीय बैंकसँग “Knowledge Partnership Program (KPP)” मार्फत अनुभव तथा नीतिगत सल्लाह प्रदान गर्दै आएको छ। यस कार्यक्रम अन्तर्गत केन्द्रीय बैंक सम्बन्धी विशेष ज्ञान, वित्तीय प्रणालीको विकास अनुभव र प्रविधिमार्फत नेपाल जस्ता देशहरूसँग निरन्तर सहयोग हुँदै आएको छ। प्रत्येक वर्ष कोरियाली केन्द्...
“१४ करोड पाए, ५ करोड छोडे — १० करोड कहाँ गयो?”  “यो प्रक्रियागत भ्रष्टाचार हो” : महासचिव अजय सोडारिको कडा आरोप

“१४ करोड पाए, ५ करोड छोडे — १० करोड कहाँ गयो?” “यो प्रक्रियागत भ्रष्टाचार हो” : महासचिव अजय सोडारिको कडा आरोप

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बुद्दी गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको नवौं कार्यसमितिबाट भएको करिब ₩१० करोड कोरियन वन खर्चको विषयमा बिपिन गुरुङ् अध्यक्ष रहेको (NRNA) दक्षिण कोरियाको महासचिव अजय सोडारिले गम्भीर प्रश्न उठाउँदै तीव्र प्रतिक्रिया दिएका छन्। उनले यस्तो खर्चलाई “प्रक्रियागत भ्रष्टाचार” को संज्ञा दिँदै यसले संघको उद्देश्य, मर्यादा र पारदर्शितामाथि गम्भीर आघात पुर्याएको दाबी गर्दै सामाजिक सन्जालमा लेखेका छन। संघ समाजको लागि हो, कुनै व्यक्तिको प्रयोगशाला होइन। श्रमिकको पसिनाबाट बनेको कोषमा यस्तो लापरबाही र मनोमानी व्यवहार अपमानजनक छ सोडारिले भनेका छन। गैर-नाफामूलक, स्वतन्त्र र गैर-राजनीतिक संस्था भएको एनआरएनएको मूल भावना सम्झाउँदै सोडारिले प्रश्न उठाउदै भनेका छन "नवौं कार्यसमितिले समाजको समृद्धि, नीति सुधार वा संस्थागत विकासका क्षेत्रमा के गर्‍यो? त्यो जिम्मेवारीबाट तिनले प...