स्याङ्जा परिवारले अगष्ट ३ मा “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता आयोजना गर्दै
बोम्जन गुरुङ:कोरियामा अति सक्रिय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले "पाँचौं स्याङ्जा कप २०२५" भलिबल प्रतियोगिता गर्ने भएको छ । भलिबल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर यस उक्त संघकै अनुमति बमोजिम यही आउँदो अगष्ट ३ तारिक सुवनस्थित AJOU UNIVERSITY VOLLEYBALL STADIUM [경기 수원시 영통구 월드컵으로 206] मा उक्त प्रतियोगिता आयोजना गरिने संस्थाका अध्यक्ष सुशील गुरुङले जानकारी दिए ।
स्याङ्जा घर व्यवस्थापन सहयोगार्थ “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान ! खेल, संस्कृति र सुशासन हाम्रो पहिचान !!” भन्ने मूल उद्घोषसँगै सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना स्थान प्राप्त गर्ने दुई सेमिफाईनलिष्ट टिमलाई मेडल र प्रमाण पत्र सहित ४/४ लाख कोरियन वोन...








