बिशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको सुवनमा आठौं अधिवेशन सम्पन्न भइ अध्यक्षमा दिनेश पराजुली सर्वसम्मत चयन भएको छ।
“प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ स्थापित रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले कोरियाको सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको आठौं अधिवेशन – २०२५ बाट दिनेश पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा संजय गुरुङ उपाध्यक्षमा ज्ञान सागर भण्डारी,नबीन खरेल,केहर थापा,महिला उपाध्यक्षमा ईच्छा भण्डारी महासचिवमा संघर्ष लम्साल यसैगरी कोषाध्यक्षमा नवीन सह-कोषाध्यक्षमा पृथ्वी अधिकारी ,युवा तथा खेलकुद संयोजकमा कृष्ण प्रसाद न्यौपाने ,विद्यार्थी संयोजकमा सुदन ज्ञवाली र सदस्यहरूमा दीपक गैरे,नारायण गिरी,अम्मर दर्लामी,लाल प्रसाद अधिकारी, बिष्णु भट्टराइ,सिद्धार्थ सेन्चूरी, चन्दा पोख्रेल ,हुम बहादुर थापा क्षेत्रि रहेका छन। यसैगरी संरक्षकमा विज्ञान अर्याल ,मदन गौतम चयन गरिएको छ।
स्थापना कालदेखी नै प्रवासमा रहेका रुपन्देहीबासीहरूबीच सामाजिक, सांस्कृतिक, र आपसी सहयोगको भावना विस्तार गर्न क्रियाशील रहँदै आएको सस्थाले कोरिया लगायत नेपालमा बिभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै आइरहेको छ।









