धराने इभेन्ट्सको सलनाल नाइट २०२४ को जोन एण्ड दि लोकल लाइभ इन सउलमा माल्भिका सुब्बाले होस्ट गर्ने पक्का
विशाल आवाज: कोरियनहरुको नया बर्ष सलनालको अवसरमा धराने इभेन्ट्स द्दारा आयोजित सलनाल नाइट २०२४ को जोन एण्ड दि लोकल लाइभ इन सउलमा सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने पक्का भएको छ।
पछिल्लो समय युवा पुस्ता माझ चिरपरिचित फर्कन्न होला अब म ,मनमा छौ तिमि मन मै बस्नु है(मुटु देखि) ,हावा जस्तै,समयले तिमि र मलाइ कहा पुर्यायो, रात कहिले कट्छ होला(निहित),साधना, जस्तो हिट गित सफल जोन चाम्लिङ को जोन एण्ड दि लोकलब्याण्डले कोरियामा पहिलो पटक धराने इभेन्ट्सको आयोजनामा फेब्रुअरी ९ तारिख बेलुकी ८ बजे क्लब G1,HONGDAE SEOUL मा प्रस्तुति दिनेछ। धरानमा जन्मेकि सन् २००२ कि मिस नेपाल, चर्चित मिडियाकर्मि तथा कलाकार माल्भिका सुब्बाले होस्ट गर्ने “सलनाल नाइट २०२४” मा फुल्याङ ब्याण्ड र नया द्रिश्य ब्याण्डले ओपनिङ पर्फर्मेन्स गर्नेछ भने जोन एण्ड दि लोकलको कन्सर्ट पश्चात पनि डिजे आरएक्स ले माहोल तताउने...








