नेपाली जनसम्पर्क समिति थेगुमा सस्थापन पक्ष र उपसभापति जितेन्द्र महता समुहको छुट्टा छुट्टै कार्यसमिति र प्रतिनिधि चयन, नेपाली काँग्रेस प्रवास संगठनभित्र गम्भीर विवाद
नेपाली काँग्रेस प्रवास संगठनअन्तर्गत दक्षिण कोरियास्थित नेपाली जनसम्पर्क समिति थेगु क्षेत्रमा कार्यसमिति गठन र केन्द्रीय प्रतिनिधि चयनलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। उपसभापति जितेन्द्र महता गुटले छुट्टै कार्यसमिति र प्रतिनिधि चयन गर्दै केन्द्रीय समितिमा अलग्गै प्रतिवेदन बुझाएपछि संगठनभित्र गुटगत राजनीति खुलेर सतहमा आएको छ।
थेगुस्थित नेपाली जनसम्पर्क समितिको हालै सम्पन्न क्षेत्रीय अधिवेशनपछि समितिभित्र दुई धार देखिएका छन्। दुबै पक्षले आफ्ना–आफ्ना दाबी सहित छुट्टाछुट्टै प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेका छन्।
थेगुमा सम्पन्न क्षेत्रीय अधिवेशनपछि एउटै अधिवेशनबाट दुई फरक–फरक नामावली र कागजात सार्वजनिक हुनु ले विवादलाई अझ पेचिलो बनाएको छ। उपलब्ध कागजातअनुसार, सुरुमा निर्वाचन संयोजकका रूपमा राजु क्षेत्री र केन्द्रीय प्रतिनिधिका रूपमा सागर माङमूको हस्ताक्षर रहेको नामावली केन्द्रीय स...





