Advertisement
Advertisement

नेपाली जनसम्पर्क समिति थेगुमा सस्थापन पक्ष र उपसभापति जितेन्द्र महता समुहको छुट्टा छुट्टै कार्यसमिति र प्रतिनिधि चयन, नेपाली काँग्रेस प्रवास संगठनभित्र गम्भीर विवाद

Advertisement
Advertisement

नेपाली काँग्रेस प्रवास संगठनअन्तर्गत दक्षिण कोरियास्थित नेपाली जनसम्पर्क समिति थेगु क्षेत्रमा कार्यसमिति गठन र केन्द्रीय प्रतिनिधि चयनलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। उपसभापति जितेन्द्र महता गुटले छुट्टै कार्यसमिति र प्रतिनिधि चयन गर्दै केन्द्रीय समितिमा अलग्गै प्रतिवेदन बुझाएपछि संगठनभित्र गुटगत राजनीति खुलेर सतहमा आएको छ।

थेगुस्थित नेपाली जनसम्पर्क समितिको हालै सम्पन्न क्षेत्रीय अधिवेशनपछि समितिभित्र दुई धार देखिएका छन्। दुबै पक्षले आफ्ना–आफ्ना दाबी सहित छुट्टाछुट्टै प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेका छन्।

थेगुमा सम्पन्न क्षेत्रीय अधिवेशनपछि एउटै अधिवेशनबाट दुई फरक–फरक नामावली र कागजात सार्वजनिक हुनु ले विवादलाई अझ पेचिलो बनाएको छ। उपलब्ध कागजातअनुसार, सुरुमा निर्वाचन संयोजकका रूपमा राजु क्षेत्री र केन्द्रीय प्रतिनिधिका रूपमा सागर माङमूको हस्ताक्षर रहेको नामावली केन्द्रीय समितिमा पठाइएको थियो।तर त्यसपछि, केही समयमै निर्वाचन संयोजक विकास मल्ल र केन्द्रीय प्रतिनिधि गोविन्द अधिकारीको हस्ताक्षर रहेको अर्को नामावली सार्वजनिक गरिएको देखिन्छ।

उपसभापति जितेन्द्र महता पक्षले विधानअनुसार प्रक्रिया नअपनाइएको, अधिवेशन पारदर्शी तथा सहमतिपूर्ण नभएको, गणपूरक संख्या र निर्वाचन विधि पूरा नभएको आरोप लगाउँदै वैकल्पिक रूपमा आफ्नो गुटबाट चयन गरिएको कार्यसमिति र केन्द्रीय प्रतिनिधिको विवरण केन्द्रीय समितिमा बुझाएको हो।

रोचक कुरा के छ भने, हिजो सम्पन्न अधिवेशनकै क्रममा एक निर्वाचन मण्डलले सुरुमा एउटा नामावली सार्वजनिक गरेको थियो, तर केही समयपछि फेरि अर्को निर्वाचन मण्डलले अर्कै नाम सूची सार्वजनिक हुनु ले विवादलाई झनै जटिल बनाएको छ। यसले नेपाली काँग्रेस प्रवास संगठनभित्र गुटको राजनीति सक्रिय रूपमा हाबी भएको संकेत गरेको छ।

यसअघि, डिसेम्बर ७ मा बसेको समिति बैठकबाट केन्द्रीय सदस्य नविन्द्र दाहाल र गोविन्द अधिकारीलाई केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको थियो। तर, अधिवेशनको अन्तिम समयमा पुगेर सभापति पक्षले गोविन्द अधिकारी र सागर माङमुलाई केन्द्रीय प्रतिनिधि तोकेको भन्दै महता गुटले आपत्ति जनाएको छ।

तर सभापति भजिन्द्र क्षत्रि सग विशाल आवाजले कुरा गर्दा डिसेम्बर ७ मा तोकिएका दुई केन्द्रिय प्रतिनिधि नविन्द्र दाहाल र गोविन्द अधिकारी अधिवेसनमै उपस्थिती हुन नसक्ने जानकारी पश्चात केन्द्रकै निर्णय बमोजिम सागर माङमुलाई आधिकारिक केन्द्रीय प्रतिनिधि तोकिएको बताउछन।

दुबै पक्षबाट फरक–फरक रिपोर्ट पेश भएपछि केन्द्रीय समितिमा थेगु क्षेत्रको अधिवेशनको वैधता र प्रक्रिया माथि प्रश्न उठेको छ। घटनाक्रमले प्रवासी संगठनभित्र विधानको पालना, पारदर्शिता, सहमति, सहकार्य र एकताको आवश्यकता अझ स्पष्ट देखाएको सम्बन्धित नेताहरूको भनाइ छ।

अब केन्द्रीय समितिले कुन प्रतिवेदनलाई मान्यता दिने भन्ने विषयले नेपाली काँग्रेस प्रवास संगठनभित्रको आन्तरिक राजनीति थप तरंगित हुने संकेत देखिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×