Advertisement
Advertisement

एक लाख सदस्यको शक्ति: ‘Facebook Monetize सहकार्य’ ग्रुपले खोल्दै डिजिटल कमाइको बाटो

Advertisement
Advertisement

नेपालमा फेसबुकले कन्टेन्ट मोनिटाइजेसन सुविधा उपलब्ध गराएसँगै सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दै गएको छ। यससँगै, लाइक, फलोअर र इङ्गेजमेन्ट बढाउने उद्देश्यले प्रयोगकर्ताबिच सहकार्यको अभ्यास पनि विस्तार हुँदै गएको छ। विशेष गरी फेसबुकमा निर्माण गरिएका विभिन्न ग्रुपहरूले कन्टेन्ट सिर्जनाकर्तालाई एक–अर्कासँग जोड्दै सहयोगात्मक वातावरण सिर्जना गरिरहेका छन्।

यसै क्रममा, ‘Facebook Monetize सहकार्य’ नामक फेसबुक ग्रुप नेपालमा फेसबुक मोनिटाइजेसन क्षेत्रमा काम गर्ने सबैभन्दा ठूलो र अत्यन्त सक्रिय समूहका रूपमा स्थापित भएको छ। हाल यस ग्रुपमा एक लाख १० हजारभन्दा बढी सक्रिय सदस्य रहेका छन्। ग्रुपमार्फत धेरै सदस्यहरूले फेसबुक मोनिटाइजेसनसम्बन्धी जानकारी, अनुभव र सहयोग आदान–प्रदान गरिरहेका छन्। केही सदस्यहरूले यही ग्रुपको सहयोगबाट सफलतापूर्वक मोनिटाइजेसन हासिल गरेको दाबी गरेका छन्।

यस ग्रुपका परिकल्पनाकार दामोदर न्यौपाने हुन्। उनी स्वयं एडमिनका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। त्यस्तै, अर्का एडमिन प्रदीप गौतम पनि ग्रुप सञ्चालन र सदस्यलाई प्रोत्साहित गर्न निरन्तर सक्रिय छन्।

ग्रुपको उद्देश्यबारे न्यौपाने भन्छन्, “यो ग्रुप केवल समय बिताउन फेसबुक चलाउनेहरूका लागि मात्र नभई, डिजिटल प्लेटफर्ममार्फत आम्दानी गर्न सक्ने आधार तयार गर्ने लक्ष्यका साथ बनाइएको हो। सामग्री सिर्जना गर्ने सबै सदस्यलाई सहयोग पुर्‍याउनु नै हाम्रो मुख्य उद्देश्य हो।”

उहाँहरू सदस्यहरूलाई सकारात्मक सोच र निरन्तर प्रयासतर्फ प्रेरित गर्न जोड दिइरहेका छन्। न्यौपानेका अनुसार, “छोटो समयमा सफलता नआए पनि धैर्य र निरन्तर प्रयास आवश्यक हुन्छ। आजको सानो प्रयासले भविष्यमा ठूलो आम्दानीको बाटो खोल्न सक्छ।” सबै सदस्य मिलेर काम गरे डिजिटल प्लेटफर्ममा ठूलो सफलता हासिल गर्न सकिने विश्वास उनले व्यक्त गरे।

एडमिन प्रदीप गौतमका अनुसार, “एक–अर्कालाई सहयोग गर्दा मात्र हामी बलियो बन्छौँ। पोस्टमा प्रतिक्रिया दिने, इङ्गेजमेन्ट बढाउने र सकारात्मक ऊर्जा फैलाउने बानीले मोनिटाइजेसनको सम्भावना अझै बढ्छ।”

गौतमले थपे, “भनाइ छ— एक थुकी सुकी, सयौँ थुकी नदी। एक्लै लागेर फेसबुक मोनिटाइजेसनबाट आम्दानी गर्न गाह्रो हुन सक्छ, तर एक लाखभन्दा बढी सदस्य मिलेर सहकार्य गर्दा कुनै पनि लक्ष्य असम्भव हुँदैन। हाम्रो उद्देश्य सबै सदस्यलाई सफल, सक्षम र सकारात्मक बनाउनु हो।”

सहकार्य, धैर्य र सकारात्मक सोचका साथ अघि बढेमा फेसबुक मोनिटाइजेसन नेपाली कन्टेन्ट सिर्जनाकर्ताका लागि दीर्घकालीन आम्दानीको महत्वपूर्ण माध्यम बन्न सक्ने देखिन्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×