नेपालमा फेसबुकले कन्टेन्ट मोनिटाइजेसन सुविधा उपलब्ध गराएसँगै सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दै गएको छ। यससँगै, लाइक, फलोअर र इङ्गेजमेन्ट बढाउने उद्देश्यले प्रयोगकर्ताबिच सहकार्यको अभ्यास पनि विस्तार हुँदै गएको छ। विशेष गरी फेसबुकमा निर्माण गरिएका विभिन्न ग्रुपहरूले कन्टेन्ट सिर्जनाकर्तालाई एक–अर्कासँग जोड्दै सहयोगात्मक वातावरण सिर्जना गरिरहेका छन्।
यसै क्रममा, ‘Facebook Monetize सहकार्य’ नामक फेसबुक ग्रुप नेपालमा फेसबुक मोनिटाइजेसन क्षेत्रमा काम गर्ने सबैभन्दा ठूलो र अत्यन्त सक्रिय समूहका रूपमा स्थापित भएको छ। हाल यस ग्रुपमा एक लाख १० हजारभन्दा बढी सक्रिय सदस्य रहेका छन्। ग्रुपमार्फत धेरै सदस्यहरूले फेसबुक मोनिटाइजेसनसम्बन्धी जानकारी, अनुभव र सहयोग आदान–प्रदान गरिरहेका छन्। केही सदस्यहरूले यही ग्रुपको सहयोगबाट सफलतापूर्वक मोनिटाइजेसन हासिल गरेको द...
२ पुष २०८२, बुधबार ०३:३५२ पुष २०८२, बुधबार ०३:३५२ पुष २०८२, बुधबार ०३:३५ by एलिनाNo Comments
ताप्लेजुङ सम्पर्क समिति, दक्षिण कोरियाले आगामी २०२६ जनवरी ११ (आइतबार) का दिन आफ्नो ५औँ अधिवेशन आयोजना गर्ने भएको छ। सउलस्थित दोङदेमुन (동대문) मा रहेको नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा हुने अधिवेशनमा वार्षिक समीक्षा, समाजले सञ्चालन गर्दै आएका सामाजिक गतिविधिहरूको मूल्याङ्कन तथा आगामी कार्ययोजनाबारे व्यापक छलफल गरिने समितिले जनाएको छ।
समितिका अनुसार अधिवेशन संस्थाको सुदृढीकरण, आपसी एकता मजबुत बनाउने तथा समुदायको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। समाजले दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण ताप्लेजुङबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आग्रह गरेको छ।
ताप्लेजुङ सम्पर्क समिति, दक्षिण कोरियाको स्थापना करिब २०१५ तिर ताप्लेजुङका ८–१० जना अग्रज दाजुभाइ तथा दिदीबहिनीहरूको पहलमा भएको थियो। सुरुमा प्रदेश तथा कोरियामा रहेक...