दक्षिण कोरियाको थेगु खुजीमा नेपाली परोपकार समाज (NPS) द्वारा आयोजित चौथो एन.पी.एस. भलिबल कप २०२५ भव्य रूपमा सम्पन्न भएको छ।
भलिबल प्रतियोगितामा कोरियाभरका विभिन्न संघ–संस्था र क्लब गरी २६ टोलीको सहभागिता रहेको थियो। प्रारम्भिक चरणदेखि नै प्रतिस्पर्धात्मक देखिएको प्रतियोगिताको अन्तिममा गुल्मी सम्पर्क समितिले उत्कृष्ट प्रदर्शन गर्दै बागलुङ समाजलाई पराजित गर्दै उपाधि जित्न सफल भयो।
फाइनलमा रोमाञ्चक भिडन्तपछि गुल्मी सम्पर्क समितिले ३० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दै च्याम्पियन बनेको हो। उपविजेता बनेको बागलुङ समाजले २० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
सेमी फाइनलिस्ट आयोजक 𝐍𝐏𝐒 र विश्वाकर्मा दुई टोलीले ५/५ लाख वन नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, लिबरो, कोच र सर्भरलाई पनि नगद प...
२९ भाद्र २०८२, आईतवार ११:१३२९ भाद्र २०८२, आईतवार ११:१३२९ भाद्र २०८२, आईतवार ११:१३ by विशाल श्रेष्ठNo Comments
किरात राई यायोक्खा, दक्षिण कोरियाको केन्द्रीय समितिले आफ्नो १३ औं महाधिवेशन राजधानी सउलस्थित MG सेमाउल गुम्गो सभा हल, चाङसिनडोङ (LINE 1, Exit 1) मा आज भव्यताका साथ सम्पन्न गरेको छ। महाधिवेशनमा कोरियामा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि लागायतको उल्लेख्य उपस्थिति रहेको थियो।
संस्थाले स्थापना कालदेखि नै प्रवासी नेपाली समुदायको पहिचान, अधिकार र सांस्कृतिक संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रममा संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुका साथै विगत दुई वर्षको गतिविधिको समीक्षा, आगामी योजनामाथि छलफल, नयाँ नेतृत्व चयन र सांस्कृतिक प्रस्तुति गरिएको थियो।
महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सन्तोष राईलाई अध्यक्षमा निर्वाचित गरेको छ। नव–निर्वाचित कार्यसमितिको पदाधिकारी सूची यसप्रकार छः
• अध्यक्ष – सन्तोष राई
• वरिष्ठ उपाध्यक्ष – छत्र राई
• उपाध्यक्षहरू – लरेन्स राई, प्रदीप रा...
२९ भाद्र २०८२, आईतवार ०९:५३२९ भाद्र २०८२, आईतवार ०९:५३२९ भाद्र २०८२, आईतवार ०९:५३ by विशाल श्रेष्ठNo Comments
मङगेन्ना इन्टरटेन्मेन्टको सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित, वीरगति प्राप्त युवाप्रति श्रद्धाञ्जली
नेपालमा जेन–जी पुस्ताको नेतृत्वमा भएको भ्रष्टाचारविरुद्धको ऐतिहासिक आन्दोलनका क्रममा वीरगति प्राप्त युवाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै दक्षिण कोरियास्थित Mangenna Entertainment ले आफ्ना सम्पूर्ण आगामी कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेको छ।
संस्थाले एक विज्ञप्ति जारी गर्दै भनेको छ —
“नेपालको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै हामी प्रवासमा भए पनि मातृभूमिमा घटेको यस दुःखद घटनामा सहानुभूति व्यक्त गर्दै वीरगति प्राप्त युवाहरुको आत्माको चिरशान्तिको कामना गर्दछौं। त्यसकारण, आगामी एक महिनाभित्र कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम वा उत्सव आयोजना नगर्ने निर्णय गरिएको छ।”
यस निर्णयअनुसार, सेप्टेम्बर २१ मा तय भएको नेपाली चलचित्र “जारी२” को सुवन र फाजु सो प्रदर्श...
२९ भाद्र २०८२, आईतवार ०९:३७२९ भाद्र २०८२, आईतवार ०९:३७२९ भाद्र २०८२, आईतवार ०९:३७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज–सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर २१ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा आयोजना हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को सम्पुर्ण तयारि पुरा भइ टाइसिट पनि सार्वजानिक गरिएको छ।
आइतबारका दिन सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रम गर्दै आयोजक संस्थाले टाईसिट सार्वजनिक गरेको हो। दक्षिण कोरियामा रहेको विभिन्न २४ वटा टिम दर्ता रहेको प्रतियोगितापोल ए र पोल बि गरी दुईवटा पोलमा खेलाइने आयोजकले जनाएको छ भने प्रतियोगिता २१ तारिख आइतबार बिहान ८ बजेदेखि सुरु हुनेछ।
सन् २०१४ मा “आपसी सहयोग, सद्भाव र सदाचारसिन्धुपाल्चोक बासीको मिलनको आधार” भन्ने मूल नारासहित स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही २०२५ सेप्टेम्बर २१तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ खेलाइदै ...
२४ भाद्र २०८२, मंगलवार ०३:४९२४ भाद्र २०८२, मंगलवार ०३:४९२४ भाद्र २०८२, मंगलवार ०३:४९ by विशाल श्रेष्ठNo Comments
नेपालमा हिजो भएको Gen Z आन्दोलन अत्यन्तै हिंसात्मक बनेपछि ठूलो जनहानि भएको छ। नेपाल सरकार प्रहरीसँगको भिडन्तमा करिब १९–२० जनाले ज्यान गुमाएका छन् भने ३ सय भन्दा बढी घाइते भई काठमाडौं उपत्यकासहितका अस्पतालहरूमा उपचाररत छन्। आन्दोलन नियन्त्रण बाहिर गएपछि सरकारले उपत्यकामा कर्फ्यु लगाएको थियो, तर आक्रोशित युवाहरू सडकमा निरन्तर विरोधमा उत्रिएका थिए।
नेपालमा बढ्दो भ्रष्टाचार ,सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र सरकारले गरेको राजनीतिक कदमविरुद्ध युवाहरूले सुरु गरेको आन्दोलन छोटो समयमा नै व्यापक भएको हो। आन्दोलनकै क्रममा भएको मृत्यु र घाइतेहरूको पीडाले देशै स्तब्ध बनेको छ।
यस्तै अवस्थामा विदेशमा रहेका नेपालीहरू पनि मौन बसेका छैनन्। दक्षिण कोरियामा रहेका नेपालीहरूले आकस्मिक उपचारमा कमी नहोस् भन्ने उद्देश्यले ठूलो सहयोग अभियान सुरु गरेका छन्। MRR Korea समूहको नेतृत्वमा सुरु भएको यो अ...
२३ भाद्र २०८२, सोमबार १०:०५२३ भाद्र २०८२, सोमबार १०:०५२३ भाद्र २०८२, सोमबार १०:०५ by एलिनाNo Comments
जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।...
२२ भाद्र २०८२, आईतवार ११:३८२२ भाद्र २०८२, आईतवार ११:३८२२ भाद्र २०८२, आईतवार ११:३८ by विशाल श्रेष्ठNo Comments
राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न, किशन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
दक्षिण कोरियामा रहेका राप्तीवासीहरूको अग्रणी संस्था राप्ती समाज दक्षिण कोरियाले आफ्नो सातौं अधिवेशन सउलको दोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ।
“हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नारासहित सन् २००६ मा स्थापना भएको यस संस्थाले विगत १९ वर्षदेखि कोरियामा कार्यरत राप्तीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी सहयोग, सद्भाव, समझदारी र भाइचाराको सम्बन्ध अभिवृद्धि गर्दै आएको छ।
२०२३-२०२५ कार्यकाल सफलतापूर्वक पूरा गरेका तत्कालीन अध्यक्ष अमृत के.सी. तथा सम्पूर्ण कार्यसमितिलाई कार्यक्रममा धन्यवादसहित बधाई दिइएको थियो। यसै अवसरमा सम्पन्न निर्वाचनबाट २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्...
२२ भाद्र २०८२, आईतवार ०९:३३२२ भाद्र २०८२, आईतवार ०९:३३२२ भाद्र २०८२, आईतवार ०९:३३ by विशाल श्रेष्ठNo Comments
जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्।
माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ।
विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन भनिएको छ।
यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ।
प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागे पनि कानुनी कारबाही नभएकोलगायत विषयमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्।
ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।
उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन...
२० भाद्र २०८२, शुक्रबार १३:१५२० भाद्र २०८२, शुक्रबार १३:१५२० भाद्र २०८२, शुक्रबार १३:१५ by विशाल श्रेष्ठNo Comments
कोरियाबाट गणेश तामाङ योञ्जनको दोस्रो प्रस्तुति तथा शब्दमा रहेको नयाँ तामाङ सेलो भाकाको गीत ‘चरी त बस्यो डालीमा’ सार्वजनिक भएको छ। यो गीत Click Nepal YT मार्फत रिलिज गरिएको छ।
गीतमा नेपाली संगीत क्षेत्रकी सर्वाधिक लोकप्रिय गायिका सुमिना लो र गायक आस्मान लोप्चनले आफ्नो सुमधुर स्वर दिएका छन्। संगीत तथा एरेन्जको जिम्मा विश्व दोङले सम्हालेका हुन् भने मिक्सिङ दीपेश प्रधानले गरेका छन्। रेकर्डिङ र निर्माण कार्य दोङ स्टुडियोमा सम्पन्न भएको हो।
यो गीतले तामाङ समुदायको मौलिक भाकालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। ‘चरी त बस्यो डालीमा’ प्रेम, उमंग र मौलिकतालाई समेटिएको सेलो भाकामा प्रस्तुत गरिएको छ र दर्शक–श्रोतामाझ विशेष प्रिय हुने अपेक्षा गरिएको छ।
पूरा गीत यहाँ सुन्न सकिन्छ: चरी त बस्यो डालीमा
https://youtu.be/GLHKFDmvXLc?si=nY9AjkfSmz1dQm09...
२० भाद्र २०८२, शुक्रबार १२:४७२० भाद्र २०८२, शुक्रबार १२:४७२० भाद्र २०८२, शुक्रबार १२:४७ by एलिनाNo Comments
बिशाल आवाज | कोरिया—दक्षिण कोरियामा अबैधानिक (미등록) अवस्थामा रहेका श्रमिकहरूको तलब र बोनस सुरक्षित गर्ने महत्वपूर्ण निर्णय भएको छ। अबदेखि अबैधानिक श्रमिकहरूले तलब (बक्यौता) वा बोनस (퇴직금) सम्बन्धी उजुरी गर्दा तुरुन्तै पक्राउ गरी स्वदेश पठाइने कार्य बन्द गरिएको छ।
कोरियाको न्याय मन्त्रालयले श्रम मन्त्रालयसँगको समझदारी स्वीकृत गरेपछि यस्तो व्यवस्था लागू भएको हो। यसअघि धेरै श्रमिकहरूले आफ्नो तलब वा बोनस माग्दा उल्टै मालिकहरूले प्रहरीलाई खबर गरी उनीहरूलाई जबर्जस्ती स्वदेश पठाइने अवस्था सिर्जना हुन्थ्यो। यस कारण धेरै श्रमिकहरू अन्यायमा परिरहेका थिए।
श्रमिक अधिकारका लागि लामो समयदेखि विभिन्न संघसंस्था र वकिलहरूको पहलमा निरन्तर दबाब दिइँदै आएको थियो। निरन्तर संघर्षपछि सरकारले यस विषयलाई कानुनी रूपमा सच्याउने प्रक्रिया अघि बढाएको हो। हालसम्म प्राप्त उपलब्धिलाई श्रमिक संगठनहरूले करिब ९० प्रतिशत...