Advertisement
Advertisement

कोरियामा Gen Z आन्दोलनका घाइतेका लागि सहयोग संकलन, केही घण्टामै २ करोड वोन माथि

Advertisement
Advertisement

 

नेपालमा हिजो भएको Gen Z आन्दोलन अत्यन्तै हिंसात्मक बनेपछि ठूलो जनहानि भएको छ। नेपाल सरकार प्रहरीसँगको भिडन्तमा करिब १९–२० जनाले ज्यान गुमाएका छन् भने ३ सय भन्दा बढी घाइते भई काठमाडौं उपत्यकासहितका अस्पतालहरूमा उपचाररत छन्। आन्दोलन नियन्त्रण बाहिर गएपछि सरकारले उपत्यकामा कर्फ्यु लगाएको थियो, तर आक्रोशित युवाहरू सडकमा निरन्तर विरोधमा उत्रिएका थिए।

नेपालमा बढ्दो भ्रष्टाचार ,सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र सरकारले गरेको राजनीतिक कदमविरुद्ध युवाहरूले सुरु गरेको आन्दोलन छोटो समयमा नै व्यापक भएको हो। आन्दोलनकै क्रममा भएको मृत्यु र घाइतेहरूको पीडाले देशै स्तब्ध बनेको छ।

यस्तै अवस्थामा विदेशमा रहेका नेपालीहरू पनि मौन बसेका छैनन्। दक्षिण कोरियामा रहेका नेपालीहरूले आकस्मिक उपचारमा कमी नहोस् भन्ने उद्देश्यले ठूलो सहयोग अभियान सुरु गरेका छन्। MRR Korea समूहको नेतृत्वमा सुरु भएको यो अभियानमा वूरी बैंकको खाता सार्वजनिक गरिएको छ। अभियानमा समन्वयकर्ताहरूका सम्पर्क नम्बरहरू समेत उपलब्ध गराइएको छ।

अभियान सुरु भएको केही घण्टामै सहयोग रकम आश्चर्यजनक दरले बढेको छ। मध्यान्ह १२ः३० बजेसम्मकै तथ्यांकअनुसार २१,८००,००० कोरियन वोन संकलन भइसकेको छ। यो रकम नेपाली रुपैयाँमा झण्डै २१ लाख बराबर हुन्छ। अभियान संयोजकहरूले राति ९ बजेपछि अर्को अपडेट दिने जनाएका छन्।

युवा पुस्ताले नेतृत्व गरेको आन्दोलनलाई धेरैले ‘Gen Z को विद्रोह’ भन्दै सम्बोधन गरेका छन्। आन्दोलनमा भएको ठूलो जनहानि र हिंसात्मक घटनाले अन्तर्राष्ट्रिय समुदायसमेत चिन्तित बनेको छ।

तर तत्कालको प्राथमिकता भनेकै अस्पतालमा उपचाररत घाइतेहरूलाई जीवनरक्षक उपचार उपलब्ध गराउनु हो। यही कारणले विदेशमा रहेका नेपालीहरूले सहयोग संकलनलाई गति दिएका छन् र अझै ठूलो रकम संकलन हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×