किरात राई यायोक्खा, दक्षिण कोरियाको केन्द्रीय समितिले आफ्नो १३ औं महाधिवेशन राजधानी सउलस्थित MG सेमाउल गुम्गो सभा हल, चाङसिनडोङ (LINE 1, Exit 1) मा आज भव्यताका साथ सम्पन्न गरेको छ। महाधिवेशनमा कोरियामा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि लागायतको उल्लेख्य उपस्थिति रहेको थियो।
संस्थाले स्थापना कालदेखि नै प्रवासी नेपाली समुदायको पहिचान, अधिकार र सांस्कृतिक संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रममा संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुका साथै विगत दुई वर्षको गतिविधिको समीक्षा, आगामी योजनामाथि छलफल, नयाँ नेतृत्व चयन र सांस्कृतिक प्रस्तुति गरिएको थियो।
महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सन्तोष राईलाई अध्यक्षमा निर्वाचित गरेको छ। नव–निर्वाचित कार्यसमितिको पदाधिकारी सूची यसप्रकार छः
• अध्यक्ष – सन्तोष राई
• वरिष्ठ उपाध्यक्ष – छत्र राई
• उपाध्यक्षहरू – लरेन्स राई, प्रदीप राई, सन्तोष राई, प्रदिप सागर
• महिला उपाध्यक्ष – रुस्मिता राई
• महासचिव – याम बाङ्देल राई
• सचिवहरू – मुकेश राई, राम राई
• कोषाध्यक्ष – मनिता राई
• सह–कोषाध्यक्ष – दिपक राई
• सदस्यहरू – भिम बान्तवा राई, छत्र राई
नव–निर्वाचित अध्यक्ष सन्तोष राईले सम्पूर्ण समुदायलाई धन्यवाद दिँदै आपसी मेलमिलाप, एकता र संस्थालाई अझ सबल बनाउन निरन्तर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोजकले महाधिवेशनलाई कोरियामा रहेका राई समुदायबीच आपसी मेलमिलाप र एकता सुदृढ पार्ने महत्वपूर्ण अवसरको रुपमा लिएको जनाएको छ।










