Advertisement
Advertisement

Day: २९ भाद्र २०८२, आईतवार १३:०२

चौथो एन.पी.एस. भलिबल कप २०२५,बागलुङ समाजलाई पराजित गर्दै गुल्मी सम्पर्क समिति कप उचाल्न सफल

चौथो एन.पी.एस. भलिबल कप २०२५,बागलुङ समाजलाई पराजित गर्दै गुल्मी सम्पर्क समिति कप उचाल्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको थेगु खुजीमा नेपाली परोपकार समाज (NPS) द्वारा आयोजित चौथो एन.पी.एस. भलिबल कप २०२५ भव्य रूपमा सम्पन्न भएको छ। भलिबल प्रतियोगितामा कोरियाभरका विभिन्न संघ–संस्था र क्लब गरी २६ टोलीको सहभागिता रहेको थियो। प्रारम्भिक चरणदेखि नै प्रतिस्पर्धात्मक देखिएको प्रतियोगिताको अन्तिममा गुल्मी सम्पर्क समितिले उत्कृष्ट प्रदर्शन गर्दै बागलुङ समाजलाई पराजित गर्दै उपाधि जित्न सफल भयो। फाइनलमा रोमाञ्चक भिडन्तपछि गुल्मी सम्पर्क समितिले ३० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दै च्याम्पियन बनेको हो। उपविजेता बनेको बागलुङ समाजले २० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। सेमी फाइनलिस्ट आयोजक 𝐍𝐏𝐒 र विश्वाकर्मा दुई टोलीले ५/५ लाख वन नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, लिबरो, कोच र सर्भरलाई पनि नगद प...
दक्षिण कोरियामा किरात राई यायोक्खाको १३ औं महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

दक्षिण कोरियामा किरात राई यायोक्खाको १३ औं महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
किरात राई यायोक्खा, दक्षिण कोरियाको केन्द्रीय समितिले आफ्नो १३ औं महाधिवेशन राजधानी सउलस्थित MG सेमाउल गुम्गो सभा हल, चाङसिनडोङ (LINE 1, Exit 1) मा आज भव्यताका साथ सम्पन्न गरेको छ। महाधिवेशनमा कोरियामा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि लागायतको उल्लेख्य उपस्थिति रहेको थियो। संस्थाले स्थापना कालदेखि नै प्रवासी नेपाली समुदायको पहिचान, अधिकार र सांस्कृतिक संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रममा संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुका साथै विगत दुई वर्षको गतिविधिको समीक्षा, आगामी योजनामाथि छलफल, नयाँ नेतृत्व चयन र सांस्कृतिक प्रस्तुति गरिएको थियो। महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सन्तोष राईलाई अध्यक्षमा निर्वाचित गरेको छ। नव–निर्वाचित कार्यसमितिको पदाधिकारी सूची यसप्रकार छः • अध्यक्ष – सन्तोष राई • वरिष्ठ उपाध्यक्ष – छत्र राई • उपाध्यक्षहरू – लरेन्स राई, प्रदीप रा...
मङगेन्ना इन्टरटेन्मेन्टको सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित, वीरगति प्राप्त युवाप्रति श्रद्धाञ्जली

मङगेन्ना इन्टरटेन्मेन्टको सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित, वीरगति प्राप्त युवाप्रति श्रद्धाञ्जली

Breaking News, जानकारी, भर्खरै, समाचार
मङगेन्ना इन्टरटेन्मेन्टको सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित, वीरगति प्राप्त युवाप्रति श्रद्धाञ्जली नेपालमा जेन–जी पुस्ताको नेतृत्वमा भएको भ्रष्टाचारविरुद्धको ऐतिहासिक आन्दोलनका क्रममा वीरगति प्राप्त युवाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै दक्षिण कोरियास्थित Mangenna Entertainment ले आफ्ना सम्पूर्ण आगामी कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै भनेको छ — “नेपालको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै हामी प्रवासमा भए पनि मातृभूमिमा घटेको यस दुःखद घटनामा सहानुभूति व्यक्त गर्दै वीरगति प्राप्त युवाहरुको आत्माको चिरशान्तिको कामना गर्दछौं। त्यसकारण, आगामी एक महिनाभित्र कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम वा उत्सव आयोजना नगर्ने निर्णय गरिएको छ।” यस निर्णयअनुसार, सेप्टेम्बर २१ मा तय भएको नेपाली चलचित्र “जारी२” को सुवन र फाजु सो प्रदर्श...
सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइसिट सहित

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइसिट सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज–सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर २१ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा आयोजना हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को सम्पुर्ण तयारि पुरा भइ टाइसिट पनि सार्वजानिक गरिएको छ। आइतबारका दिन सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रम गर्दै आयोजक संस्थाले टाईसिट सार्वजनिक गरेको हो। दक्षिण कोरियामा रहेको विभिन्न २४ वटा टिम दर्ता रहेको प्रतियोगितापोल ए र पोल बि गरी दुईवटा पोलमा खेलाइने आयोजकले जनाएको छ भने प्रतियोगिता २१ तारिख आइतबार बिहान ८ बजेदेखि सुरु हुनेछ। सन् २०१४ मा “आपसी सहयोग, सद्भाव र सदाचार‌सिन्धुपाल्चोक बासीको मिलनको आधार” भन्ने मूल नारासहित स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही २०२५ सेप्टेम्बर २१‌तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ खेलाइदै ...
आजको राशिफल: २०८२ भदौ २९ गते आईतबार

आजको राशिफल: २०८२ भदौ २९ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज पुरानो प्रयासको फल पाउने सम्भावना छ। आर्थिक पक्षमा सानो लाभ मिल्न सक्छ। तर व्यावसायिक निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नुहोस्। पारिवारिक जीवनमा सामान्य ताना–तान देखिन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मविश्वास र ऊर्जा बढ्नेछ। अधुरा कामहरू पुरा गर्ने समय अनुकूल छ। स्वास्थ्यमा सुधार र सम्बन्धमा मिठास आउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आत्मनिरीक्षण र योजना बनाउने दिन हो। आर्थिक खर्च बढ्ने तर आवश्यक क्षेत्रमा हुने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोस्, खासगरी निद्रामा। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा सहयोगीको साथले काम सजिलै सम्पन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने अवसर छ। आर्थिक पक्ष राम्रो रहनेछ। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। सिंह (मा, मि...