Advertisement
Advertisement

समाचार

रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा दिनेश पराजुली सर्वसम्मत 

रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा दिनेश पराजुली सर्वसम्मत 

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको सुवनमा आठौं अधिवेशन सम्पन्न भइ अध्यक्षमा दिनेश पराजुली सर्वसम्मत चयन भएको छ।  “प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ स्थापित रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले कोरियाको सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको आठौं अधिवेशन – २०२५ बाट दिनेश पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा संजय गुरुङ उपाध्यक्षमा ज्ञान सागर भण्डारी,नबीन खरेल,केहर थापा,महिला उपाध्यक्षमा ईच्छा भण्डारी महासचिवमा संघर्ष लम्साल यसैगरी कोषाध्यक्षमा नवीन सह-कोषाध्यक्षमा पृथ्वी अधिकारी ,युवा तथा खेलकुद संयोजकमा कृष्ण प्रसाद न्यौपाने ,विद्यार्थी संयोजकमा सुदन ज्ञवाली र सदस्यहरूमा दीपक गैरे,नारायण गिरी,अम्मर दर...
एमटियुले ह्वासंङ फारानमा २०२५ जुलाई २० मा जुलुस गर्ने

एमटियुले ह्वासंङ फारानमा २०२५ जुलाई २० मा जुलुस गर्ने

जानकारी, भर्खरै, समाचार
प्रवासी श्रमिकको पेशागत हक अधिकारप्राप्तिको निम्ति निरन्तर सघर्ष गरि रहेको प्रवासी श्रमिक युनियन (Migrants Trade Union MTU) ले ह्वासंङको फारानमा जुलाई २० तारिक जुलुस गर्ने भएको छ। इपिएस E7, E7-4. F2 R ,E2 लगायत भिषामा कार्यारत सबै प्रवासी मजदुरले स्वईच्छाले कार्यस्थल परिबर्तन गर्न पाउनु पर्ने, इपिएस लगायत प्रवासी श्रमिक कानुनलाई खारेज गरि कार्य अनुमति प्रणालीमा लागु गर्नु पर्ने एक क्षेत्रवाट अर्को क्षेत्रमा जान तोकिएको प्रावधान हटाउनु पर्ने, १ बर्ष १० महिना लगायतको भिषा कम्पनीको बिना अनुमति मजदुर स्वयमले थप गर्न पाउनु पर्ने,प्रवासी श्रमिकले लगातार ५ वर्ष अवधि भन्दा बढी काम गर्न पाउनु पर्ने , कृषि क्षेत्रमा बिदा सेवा सुविधामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, औधोगिक दुर्घटना रोक्न कडा कानुन लागु गर्नु पर्ने , बिना भिषाको मजदुरलाई धरपकड बन्द गरि भिषा दिनु पर्ने, उचित ब...
अगस्ट २ मा KTM2SEOUL ले समर रक पार्टी आयोजना गर्दै 

अगस्ट २ मा KTM2SEOUL ले समर रक पार्टी आयोजना गर्दै 

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गर्मीको अवसर पारी दक्षिण कोरियामा सक्रिय इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL ले सउलमा समर रक पार्टी आयोजना गर्नेभएको छ। दक्षिण कोरियामा रहेका विभिन्न सक्रिय ३ लाइभ ब्यान्डहरूको साथमा अगस्ट २ तारिख शनिबार राति १० बजेबाट सउलको होङ्दे स्थित यति रेस्टुरेन्ट (YETI RESTAURANT AND BAR) {NEAR HONGDAE} मा KTM2SEOUL ले समर रक पार्टी आयोजना गर्ने भएको। एउटा फ्रि ड्रिङ्क्स सहित प्रवेश शुल्क २५००० कोरियन वन तोकिएको समर रक पार्टीमा डिजे आरएक्सको डिजे म्युजिकको साथमा फुल्याङ ब्याण्ड, नया दृश्य ब्याण्ड र दि रिभर्स ब्यान्डको धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।  यो गर्मीमा डिजे म्युजिक र लाइभ ब्यान्डको साथमा झुम्नको लागि अगस्ट २ तारिख शनिबारका दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म 서울 마포구 와우산로 18길 20 홍대예티 1 층 अवस्थित YETI RESTAURANT AND BAR आउनुहुनको लागि आयोजकले दक्षिण कोरियाबासी सम्पूर...
एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ पुनः उम्मेदवारी घोषणा गर्ने संभावना प्रबल 

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ पुनः उम्मेदवारी घोषणा गर्ने संभावना प्रबल 

Breaking News, जानकारी, भर्खरै, समाचार
सउल, दक्षिण कोरिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी अधिवेशन तथा निर्वाचन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बन्दै गएको छ। हालसम्म सार्वजनिक भएका उम्मेदवारी घोषणाले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ। संघका वर्तमान अध्यक्ष बुद्धि गुरुङ पुनः अध्यक्ष पदमा दोहोरिने सम्भावना प्रबल देखिएको छ। यद्यपि उनले औपचारिक घोषणा नगरे पनि विभिन्न तहमा भएको छलफल र समूहगत समर्थनले उनको पुनरागमनलाई बलियो संकेत दिएको छ। अध्यक्ष पदका लागि हालसम्म वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान र उपाध्यक्ष हरि भट्टराईले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन्। दुवै उम्मेदवार अनुभवी, सक्रिय र संस्थासँग लामो समयदेखि आबद्ध व्यक्तित्व मानिन्छन्। यसैबीच, वरिष्ठ उपाध्यक्ष पदमा तारा पुन मगर, उपाध्यक्ष पदमा विकास बोहरा र मंगल योङहाङ साथै महासचिव पदमा सोनाम शेर्पाले पनि उम्मेदवारी घोषणा गर...
कोरियामा मापसे गरी आफ्नो ब्वाइफ्रेण्डको गाडी बाटोमा ठोक्काउदै हिंड्ने युवती पक्राउ 

कोरियामा मापसे गरी आफ्नो ब्वाइफ्रेण्डको गाडी बाटोमा ठोक्काउदै हिंड्ने युवती पक्राउ 

Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सोलको गुमछन प्रहरी कार्यालयले बिना इजाजत र मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा २० वर्षको उमेर समूहकी एक युवती ‘ए’लाई अनुसन्धानका लागि प-क्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार ए सँग ड्राइभिङ इजाजतपत्र थिएन। उनले गत राति लगभग १० बजे गुमछनगु, गासान्दोङ क्षेत्रमा आफ्नो प्रेमीको गाडी चलाउँदै म-दिरा सेवन गरेको अवस्थामा अर्को सवारी साधन र सडकमा रहेका पोल (볼라드) मा ठोक्किएको आरोप छ। घ-टनामा मानवीय क्षति भने भएको छैन। प्रहरीले गरेको रगत परीक्षणमा एसीसीको रक्तमा रहेको अल्को-हलको मात्रा चालक अनुमति खारेज हुने स्तरभन्दा माथि देखिएको छ। घट-नास्थलमा पुगेका प्रहरीले सोधपुछ गर्दा उनले "आफुले गाडी चलाएकी हुँ" भनेकी थिइन्। हाल प्र-हरी एसीसीसँग विस्तृत रूपमा घट-नाको कारण र विवरणबारे अनुसन्धान गरिरहेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
कोरियाको बढ्यो निर्यात, १० दिनमै १९४ अर्ब डलरको सामान बिक्री 

कोरियाको बढ्यो निर्यात, १० दिनमै १९४ अर्ब डलरको सामान बिक्री 

Breaking News, जानकारी, भर्खरै, समाचार
जुलाई १ देखि १० तारिखसम्म कोरियाको निर्यात ९.५ प्रतिशतले वृद्धि भएर १९४ अर्ब डलर पुगेको छ। सेमिकण्डक्टर, कार र पानी जहाजजस्ता मुख्य वस्तुहरूको निर्यात राम्रो भएकोले यो वृद्धि सम्भव भएको हो।  सेमिकण्डक्टर निर्यात १२.८%, कार १३.३% र पानीजहाज १३४.९% ले बढेका छन्। विशेष गरी सेमिकण्डक्टरको माग र मूल्य दुवै बढेका छन् भने कार निर्यात अमेरिकामा घटे पनि युरोपमा विद्युतीय कारको बिक्रीले वृद्धि भएको छ। चीन, अमेरिका, युरोपेली संघ (EU) र भियतनामतर्फको निर्यात बढेको छ भने हङकङतर्फको निर्यातमा ठूलो गिरावट आएको छ। यता, आयात पनि १.८ प्रतिशतले बढेर २०० अर्ब डलर पुगेको छ।  कच्चा तेल, मेसिन र ग्यासको आयात बढेको छ तर सेमिकण्डक्टर र पेट्रोलियम उत्पादनको आयात घटेको छ। यस अवधिमा निर्यातभन्दा आयात बढी भएकाले कोरियाले ६ अर्ब डलरको व्यापार घाटा व्यहोरेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
कोरियाको तलब बढ्यो, जनवरी देखी प्रतिमहिना : २१,५६,८८० वन् हुने

कोरियाको तलब बढ्यो, जनवरी देखी प्रतिमहिना : २१,५६,८८० वन् हुने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा आगामी बर्ष अर्थात् सन् २०२६ का लागी न्युनतम तलब वृद्धी भएको छ । सन् २०२६ को जनवरीदेखी न्यूनतम तलब प्रति घण्टा १०,३२० वन हुनेछ ।  न्यूनतम तलब हालको १०,०३० वनबाट २.९% वृद्धि गरी १०,३२० वन प्रति घण्टा निर्धारण गरिएको हो । मासिक २०९ घण्टाको हिसाबले मासिक तलब २,१५६,८८० वन हुनेछ । त्यस्तै ओभरटाइमको प्रतिघण्टा १५४८० वन् हुनेछ । यो निर्णय श्रमिक, मालिक र सार्वजनिक प्रतिनिधिहरूको सहमति (노·사·공) बाट भएको हो, जुन १७ वर्षपछि पहिलो पटक भएको सहमति हो। हालैको बैठकमा 민주노총का ४ सदस्य अनुपस्थित भए पनि बाँकी २३ प्रतिनिधिहरूले सहमति जनाएका थिए। प्रतिघण्टा : १०३२० वन्  ओभरटाइम प्रतिघण्टा : १५४८० वन् !  प्रतिमहिना : २१,५६,८८० वन् । ( आजको विनिमय दर अनुसार २ लाख १४ हजार १ सय ७६ रुपैयाँ ।...
अगस्ट ३ मा सिरुपाते परिवार (एफ.सि) ले “समर‌ ओपन पूल टुर्नामेन्ट” आयोजना गर्दै 

अगस्ट ३ मा सिरुपाते परिवार (एफ.सि) ले “समर‌ ओपन पूल टुर्नामेन्ट” आयोजना गर्दै 

Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गर्मिको अवसर पारि अगस्ट ३ तारिख तारिखका दिन सिरुपाते परिवार (एफ.सि)‌‌ को आयोजनामा‌ आनसानमा “समर ओपन पूल टुर्नामेन्ट” आयोजना हुने भएको छ।  सन् २०२३ मा इन्छनमा स्थापना भएको सिरुपाते परिवार (एफ.सि) ले यही आउँदो अगष्ट ३ तारिख आइतबारका दिन 경기도 안산시 단원구 원곡동 798-7,3충 레포츠 당구장 मा “समर ओपन पूल टुर्नामेन्ट” आयोजना गर्ने भएको हो।     सिरुपाते परिवार (एफ.सि) को आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने लाइ ३ लाख र चौथो हुनेलाई १ लाख कोरियन वन को साथमा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका म्यानेजर विक्रम तामाङले बताएका छन्। पछिल्लो समय कोरियामा युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने आयोजकले विशाल आवाजलाई बताएको छ। प्रतियोगिता...
कोरियाका पूर्व राष्ट्रपति युन पुन: जेलमा 

कोरियाका पूर्व राष्ट्रपति युन पुन: जेलमा 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सउलको एक अदालतले बिहीवार पूर्व राष्ट्रपति युन सुक योललाई मार्शल कानून लागू गर्ने असफल प्रयाससहित पाँचवटा अभियोगमा पक्रा- उ पुर्जी जारी गर्दै दोस्रो पटक हिरासतमा लिएको छ। विशेष अभियोजक चो युन-सुकको टोलीले प्रमाण नष्ट हुनसक्ने भन्दै प-क्राउको माग गरेको थियो। युनले सुनुवाइमा सबै आरोप अस्वीकार गरे। आरोपअनुसार, युनले केही मन्त्रिहरूलाई मात्रै बोलाएर अधिकार उल्लंघन गरे, झूटा मार्शल कानून कागज तयार पारेर पूर्व प्रधानमन्त्री र रक्षा मन्त्रीसँग हस्ताक्षर गराए, झूटा विज्ञप्ति वितरण गर्न लगाए, आफूलाई प-क्राउ गर्न रोक्न निर्देशन दिए, र सैनिकहरूको कल रेकर्ड मेटाउन आदेश दिए। उनी यसअघि पनि जनवरीमा प-क्राउ परेका थिए तर मार्चमा रिहा भएका थिए।...
एनआरएनए दक्षिण कोरिया, ख्याङ्गसान शाखाको छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० मा हुँदै

एनआरएनए दक्षिण कोरिया, ख्याङ्गसान शाखाको छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० मा हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्(NRNA-NCC) दक्षिण कोरिया ख्याङ्गसान शाखाको छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० तारिखका दिन किम्हेमा हुने भएको छ।  NRNA दक्षिण कोरिया‌ केन्द्रको अधिवेशन नजिकिएसँगै यसको ख्याङ्गसान शाखाको पनि छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० तारिख आइतबारका दिन ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको हलमा हुने भएको छ। ख्याङ्गसान स्थित नेपाली हरुलाई एकताको सुत्रमा बाँध्दै मनोरञ्जन कार्यक्रम, राजदूतावासको घुम्ती सेवा अनि खेलकुद कार्यक्रम गरी विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको छ। यति मात्रै नभएर समाजले सो क्षेत्रमा रहेका नेपालीलाई परेको दुःखसुखमा साथ सहयोग समेत गर्दै आइरहेको छ। ऐतिहासिक छैठौं अधिवेशनबाट नयाँ कार्य समिति चयन हुनेछ भने उक्त कार्यसमितिको अध्यक्षका लागि हालसम्म चार/पाँचजनानै आकांक्षी देखिएको कारण यसपालि अधिवेशनको रौनक झ...