विशाल आवाज: गर्मीको अवसर पारी दक्षिण कोरियामा सक्रिय इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL ले सउलमा समर रक पार्टी आयोजना गर्नेभएको छ।
दक्षिण कोरियामा रहेका विभिन्न सक्रिय ३ लाइभ ब्यान्डहरूको साथमा अगस्ट २ तारिख शनिबार राति १० बजेबाट सउलको होङ्दे स्थित यति रेस्टुरेन्ट (YETI RESTAURANT AND BAR) {NEAR HONGDAE} मा KTM2SEOUL ले समर रक पार्टी आयोजना गर्ने भएको। एउटा फ्रि ड्रिङ्क्स सहित प्रवेश शुल्क २५००० कोरियन वन तोकिएको समर रक पार्टीमा डिजे आरएक्सको डिजे म्युजिकको साथमा फुल्याङ ब्याण्ड, नया दृश्य ब्याण्ड र दि रिभर्स ब्यान्डको धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।
यो गर्मीमा डिजे म्युजिक र लाइभ ब्यान्डको साथमा झुम्नको लागि अगस्ट २ तारिख शनिबारका दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म 서울 마포구 와우산로 18길 20 홍대예티 1 층 अवस्थित YETI RESTAURANT AND BAR आउनुहुनको लागि आयोजकले दक्षिण कोरियाबासी सम्पूर्णमा हार्दिक निमन्त्रणा समेत गरेको छ।









