दक्षिण कोरियामा कार्यरत भोजपुरका प्रतिक राईलाई उपचारका लागि ३३ लाख वोन सहयोग हस्तान्तरण
दक्षिण कोरियाको ख्यङ्गी–दो ह्वासङ सिटीको फारान क्षेत्रमा अवस्थित फलामको पाइप उत्पादन गर्ने एक कम्पनीमा कार्यरत नेपाल भोजपुर जिल्ला हतुवागढी गाउँपालिका निवासी प्रतिक राई गत वर्ष सन् २०२५ अक्टोबर १६ तारिखदेखि मस्तिष्कघात (Brain Stroke, 뇌졸중) बाट गम्भीर रूपमा पीडित हुनुहुन्छ।
मस्तिष्कघातका कारण उहाँको शरीरको एकपट्टिको हात–खुट्टा नचल्ने तथा बोली स्पष्ट नहुने अवस्था देखिएपछि सुरुमा फारानस्थित छुङआङ अस्पतालमा उपचार गरिएको थियो भने त्यसपछि सुवनस्थित 성빈센트병원 हुँदै हाल ‘द फष्ट अस्पताल' मा निरन्तर उपचाररत रहनुभएको छ।
उपचार अवधि लामो हुनुका साथै खर्च अत्यधिक लाग्ने भएपछि हालसम्मको सम्पूर्ण उपचार खर्च बिरामी स्वयम्ले आफ्नै तलबबाट व्यहोर्दै आउनुभएको थियो। तर औद्योगिक दुर्घटना बीमामा आवेदन दिँदा अस्वीकार भएपछ...
२१ माघ २०८२, मंगलवार ०१:१६२१ माघ २०८२, मंगलवार ०१:१६२१ माघ २०८२, मंगलवार ०१:१६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच आपसी मेलमिलाप, घनिष्ठता र सामाजिक पहिचान विस्तार गर्ने उद्देश्यले नेपाल मगर संघ गणतन्त्र कोरिया, किम्हे/बुसान शाखाको आयोजना तथा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा मार्च १ कारिक किम्हेमा ‘प्रथम लखन थापा फुटसल कप–२०२६’ हुने भएको छ।
“स्वस्थ जीवन र मनोरञ्जनका लागि परदेशमै भए पनि खेल खेलौँ !” भन्ने मूल नाराका साथ ४४ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर आयोजना हुन लागेको उक्त फुटसल प्रतियोगिता आउँदो २०२६ मार्च १ (आइतबार) का दिन सञ्चालन हुनेछ। खेल कार्यक्रम बिहान ठीक ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगिता 경상남도 김해시 김해대로 1798 (초은 풋살 파크) मा आयोजना गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले फेब्रुअरी २२, २०२६ (शनिबार) दिउँसो ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन तोकिएको छ।...
२० माघ २०८२, सोमबार १०:५२२० माघ २०८२, सोमबार १०:५२२० माघ २०८२, सोमबार १०:५२ by एलिनाNo Comments
दक्षिण कोरियामा रोजगारीका क्रममा रहेका खोटाङका युवा चन्द्र कुमार राई गम्भीर सवारी दुर्घटनामा परेपछि हाल अस्पतालमा उपचाररत छन्। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी स्थायी ठेगाना भएका राई दुर्घटना हुनु तीन महिना अघि मात्र छल्लानाम्दो मोक्पोको हेनाम्गुन क्षेत्रमा कामका लागि आएका थिए। गत नोभेम्बर २ बिहान करिब ६ बजे कार्यस्थल जाँदै गर्दा उनी सवारी दुर्घटनामा परेका हुन्। राई NRNA दक्षिण कोरियाका सल्लाहकार र पूर्वी नेपाल समाज कोरियाका संरक्षक लगायत दक्षिण कोरिया का विभिन्न संघसंस्थाका सल्लाहकार रहेका अमृत राईका आफ्नै भाई हुन्।
दुर्घटनापछि राईलाई क्रमशः 목포 한국병원, 광주 전남대학교병원 हुँदै हाल 대전स्थित 을지대학교병원 मा स्थानान्तरण गरी उपचार भइरहेको छ। दुर्घटनाबाट उनको देब्रे खुट्टा पूर्ण रूपमा क्षतिग्रस्त भई काटिएको छ भने दाहिने खुट्टा जोगाउन सकिन्छ कि भन्ने आशामा उपचार जारी छ।
दुर्घटनाको समयम...
१९ माघ २०८२, आईतवार २३:१८१९ माघ २०८२, आईतवार २३:१८१९ माघ २०८२, आईतवार २३:१८ by विशाल श्रेष्ठNo Comments
ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, गोविन्द अधिकारी
गैरआवासीय नेपाली संघकी अध्यक्ष श्रीमती पार्वती मोक्तानको प्रमुख आतिथ्यतामा ह्वासङ नेपाली परिवार दक्षिण कोरिया को चौथो अधिवेशन आज ह्वासङ फारानमा सम्पन्न भएको छ।
경기도 화성시 향남읍 3.1 만세로 1113, 지하 1층 मा आयोजना गरिएको अधिवेशनमा ह्वासङ आसपास बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै गोविन्द अधिकारी को अध्यक्षतामा चौथो कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। वरिष्ठ उपाध्यक्षमा हरि श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षहरूमा शोभा लामा, कमल जि.सी., लोकेन्द्र फौजा मगर र पदम रजान मगर चयन भएका छन्।
त्यसैगरी महासचिवमा जगत संसार, सचिवहरूमा अर्जुन साम्पाङ र मन्दिप भण्डारी, कोषाध्यक्षमा हेमन्त के.सी. तथा सह–कोषाध्यक्षमा शर्मिला थापा मगर निर्वाचित भएका छन्। कार्यसमिति सदस...
१९ माघ २०८२, आईतवार ०८:१२१९ माघ २०८२, आईतवार ०८:१२१९ माघ २०८२, आईतवार ०८:१२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको जिन्चन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाअन्तर्गत नयाँ क्षेत्रीय कार्यसमिति गठन गरिएको छ। आइतबार फेब्रुअरी १, २०२६ मा सम्पन्न कार्यक्रम बाट राजन भट्टको नेतृत्वमा जिन्छन क्षेत्रीय कार्यसमिति चयन गरिएको हो।
충청북도 진천군 진천–읍मा रहेको लालिगुराँस रेस्टुरेन्टको माथिल्लो तल्लामा सम्पन्न भएको भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष युबिन श्रेष्ठ लगायतको बाक्लो उपस्थिती थियो। कार्यक्रममा प्रवासमा रहेका नेपालीहरूको संगठनात्मक भूमिका, पार्टीको नीति–दिशा र भावी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।
भेलाले सर्वसम्मत रूपमा राजन भट्टलाई प्रमुख चयन गरेको छ भने उप– प्रमुखमा नयन सिंह कार्की, सचिवमा भूपेन्द्र जोशी र कोषाध्यक्षमा सुमन कार्की चयन भएका छन्। त्यसैगरी कृष्ण कुमार श्रेष्ठ, अरुण चौधरि , श्रवण चन्द्रबङ्शी, बालकृष्ण खनाल, सन्तोष लि...
१९ माघ २०८२, आईतवार ०७:०६१९ माघ २०८२, आईतवार ०७:०६१९ माघ २०८२, आईतवार ०७:०६ by विशाल श्रेष्ठNo Comments
नेपालस्थित कोरियन दूतावासले कागजात प्रमाणीकरण (Consular Verification / Notarization) सेवालाई थप व्यवस्थित र स्पष्ट बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ । दूतावासका अनुसार आगामी सोमबार, फेब्रुअरी २, २०२६ देखि सबै प्रकारका कागजात प्रमाणीकरण सेवाहरू On-Site Visit प्रणालीमार्फत मात्र प्रदान गरिनेछ ।
यससँगै हालसम्म सञ्चालनमा रहेको अनलाइन अपोइन्टमेन्ट प्रणाली बन्द गरिने दूतावासले जनाएको छ । अब सेवाग्राहीले दूतावासले तोकेको मिति र मापदण्ड अनुसार प्रत्यक्ष उपस्थित भएर सेवा लिनुपर्नेछ ।
दूतावासका अनुसार कागजात प्रमाणीकरण सेवा कार्यदिवसहरूमा बिहान ९:३० देखि ११:०० बजेसम्म उपलब्ध हुनेछ । फेब्रुअरी महिनाका लागि सेवाग्राहीहरूको अपोइन्टमेन्ट भने जन्ममिति तथा पासपोर्ट नम्बरको अन्तिम अंकका आधारमा तोकिएको छ ।
दूतावासले सेवाग्राहीहरूलाई तोकिएको समयमै उपस्थित हुन र सेवा अवधिमा कुनै अव्यवस्था नगर्न आ...