दक्षिण कोरियाको ह्वासोङ–मादो क्षेत्रमा कार्यरत, स्थायी घर मोरङ भएका तामाङ थरका एक नेपाली युवकले आत्महत्या गरेको दुःखद घटना बाहिरिएको छ।
घटना आज २०२५ डिसेम्बर ९ दिउँसो करिब १ बजे ह्वासोङ–सी मादो–म्योन् दुपूरि २३७ स्थित मोजिदो (모지더) नजिकको जंगल क्षेत्रमा भएको हो। साना रूखका हाँगामा स्कार्फ झुण्ड्याइएको अवस्थामा युवकलाई एक स्थानीय नागरिकले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएसँगै अपराध अनुसन्धान टोली, वैज्ञानिक प्रमाण पहिचान टोली तथा सम्बन्धित अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरीले स्थल परीक्षण, फरेन्सिक जाँच र प्रारम्भिक प्रमाण संकलनका साथै युवक कार्यरत कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई बयानका लागि बोलाएर अनुसन्धान अघि बढाएको छ।
मोरङ घर भई ह्वासोङ–मादोमा रोजगारीमा रहेका उक्त युवकले यस्तो कठोर निर्णय किन लिनुपर्यो भन्ने विषयमा अझै स्पष्टता आइसकेको छैन। प्रहरीले घटनाब...
२४ मंसिर २०८२, मंगलवार ०९:०१२४ मंसिर २०८२, मंगलवार ०९:०१२४ मंसिर २०८२, मंगलवार ०९:०१ by एलिनाNo Comments
बक्स अफिसमा तहल्का मच्चाएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ दक्षिण कोरियाका विभिन्न सहरमा धमाका मच्चाएपछि सउलमा पनि डिसेम्बर १४ मा प्रदर्सन हुने भएको छ।
Mangenna Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो शो MEGABOX DONGDAEMUN, 메가박스 동대문 서울 중구 장충단로 247 굿모닝시티 쇼핑몰 मा दिउँसो १:०० बजे सुरु हुनेछ।
‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।
फिल्मको लेखन र निर्देशन उपेन्द्र सुब्बा ले गरेका छन् भने छायांकन सञ्जय लामा, सम्पादन निमेष श्रेष्ठ, साउन्ड डिजाइन उत्तम न्यौपाने, ब्याकग्राउन्ड स्कोर कोविद बज्रचार्य, र रंग संयोजन राजेन्द्र मोक्तान द्वारा गरिएको छ।
दुई वर्षअघि रिलिज भएको ‘जारी’ ल...
२४ मंसिर २०८२, मंगलवार ०५:३३२४ मंसिर २०८२, मंगलवार ०५:३३२४ मंसिर २०८२, मंगलवार ०५:३३ by एलिनाNo Comments
सउल, दक्षिण कोरिया – नेपाली राजनीतिमा उदाउँदै गरेको 'जेन-जी' (Gen-Z) पुस्ताको परिवर्तनकारी भावना, पारदर्शिता र विधिमा आधारित नेतृत्वको खोजीलाई प्रवासमा पनि स्थापित गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आफ्नो ऐतिहासिक ७ औं महाधिवेशन को विस्तृत कार्यतालिका र जिम्मेवारी सार्वजनिक गरेको छ।
प्रवासमा लोकतन्त्रको पहरेदारको रूपमा रहेको यस संस्थाले आगामी सन् २०२६ जनवरी ०४ मा हुने केन्द्रीय महाधिवेशनलाई नयाँ पुस्ताको ऊर्जा र पुरानाको अनुभव जोड्ने संगम स्थलको रूपमा मनाउने तयारी गरेको छ।
समितिले महाधिवेशन सम्पन्न गर्नका लागि अधिवेशन कार्यतालिका, निर्वाचन समिति, विधान मस्यौदा समिति र विभिन्न क्षेत्रका लागि केन्द्रीय प्रतिनिधिहरूको नामावली निम्न अनुसार सार्वजनिक गरेको छ:
१) अधिवेशन कार्यतालिका
महाधिवेशनलाई व्यवस्थित र समयमै सम्पन्न गर्न देह...
२३ मंसिर २०८२, सोमबार ११:१९२३ मंसिर २०८२, सोमबार ११:१९२३ मंसिर २०८२, सोमबार ११:१९ by विशाल श्रेष्ठNo Comments
सनातन साहित्य, सङ्गीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाले आफ्नो नवौं अधिवेशन आगामी जनवरी ११ (पुस २७) का दिन आयोजना गर्ने भएको छ। अधिवेशनलाई नेपालका प्रथम राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा पृथ्वी जयन्तीको अवसरमा विशेष कार्यक्रमका रूपमा मनाइनेछ।
संस्थाका अध्यक्ष श्याम अर्यालका अनुसार अधिवेशनमार्फत संस्थाको विगतका गतिविधिको समिक्षा, भावी कार्ययोजनाको निर्धारण तथा नयाँ नेतृत्व चयन गरिनेछ।
अध्यक्ष अर्यालले ‘पाँच स’ ले नेपाली सनातन धर्म, साहित्य, संगीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित दक्षिण कोरियामा सतत रूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो।
नेपालको मौलिक धर्म–संस्कृतिलाई विदेशी भूमिमा पनि जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै संस्थाको प्रमुख उद्देश्य रहेको अध्यक्ष अर्यालको भनाइ छ। सोही उद्देश्यअनुसार ‘पाँच स’ दक्षिण कोरियाको आन्सान...
२३ मंसिर २०८२, सोमबार १०:२१२३ मंसिर २०८२, सोमबार १०:२१२३ मंसिर २०८२, सोमबार १०:२१ by एलिनाNo Comments
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न हुँदै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनबाट अध्यक्षमा मिलन थापा निर्वाचित भएका छन्।
सुवनको भेटघाट रेस्टुरेन्टमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रूपमा केन्द्रिय सदस्य सुर्य खड्का उपस्थित भएका थिए भने , निर्वाचन समितिका संयोजक बन्धु काफ्ले, रेबिका लामिछाने, संस्थापक अध्यक्ष जितन श्रीष लगायत थिए ।
नवनिर्वाचित कार्यसमिति (२०२५–२०२८)
1) अध्यक्ष – मिलन थापा
2) प्रथम उपाध्यक्ष – ललित गिरी
3) द्धितीय उपाध्यक्ष – सरोज गुरुङ
4) महिला उपाध्यक्ष – बिपना अधिकारी
5) सचिव – विशाल थापा
6) कोषाध्यक्ष – रबित मगर
7) सह–सचिव – बिमल अधिकारी
8) सह–कोषाध्यक्ष – मानकाजी शाक्य
9) सदस्य – बिकास नेपाली
10) सदस्य – देवेन्द्र पुन
11) सदस्य – छबि गुरुङ
12) सदस्य – यानु पुन
13...
२३ मंसिर २०८२, सोमबार ०२:३५२३ मंसिर २०८२, सोमबार ०२:३५२३ मंसिर २०८२, सोमबार ०२:३५ by विशाल श्रेष्ठNo Comments
बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा
बाग्लुङ समाज दक्षिण कोरियाले आगामी जनवरी ११ तारिख, आइतबार आफ्नो वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापित यस समाजले हरेक वर्षझैँ यस वर्ष पनि भव्य कार्यक्रम गर्ने तयारी गरेको हो।
कार्यक्रमको स्थान भने चाँडै अर्को सूचनामार्फत सार्वजनिक गरिने महासचिव सोभाकर शर्माले जानकारी दिनुभएको छ। सोही दिन २०२५ सिजनको भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान समेत गरिने समाजले जनाएको छ।
दक्षिण कोरियामा रोजगारी, व्यवसाय र अध्ययनको शिलशिलामा रहेका बाग्लुङवासीहरूको आपसी सहयोग, सामाजिक सेवा र संकट व्यवस्थापनका उद्देश्...
२२ मंसिर २०८२, आईतवार १४:०३२२ मंसिर २०८२, आईतवार १४:०३२२ मंसिर २०८२, आईतवार १४:०३ by एलिनाNo Comments
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौ अधिवेशन जनवरी २५ तारिखम
सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको छैठौ अधिवेशन जनवरी २५ तारिख आईतवारका दिन हुने भएको छ।
“आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलन को आधार” मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरू हरु मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ कार्यसमिति को बैठकबाट समाजको छैठौ अधिवेशन जनवरी २५ तारिख आईतवारका दिन हुने निर्णय भएको हो भने स्थान अर्को सुचनामा निकाल्ने सस्थाले जनाएको छ।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपत...
२१ मंसिर २०८२, शनिबार १२:४०२१ मंसिर २०८२, शनिबार १२:४०२१ मंसिर २०८२, शनिबार १२:४० by एलिनाNo Comments
सउल, दक्षिण कोरिया— सुदूरपश्चिम समाज दक्षिण कोरियाले आगामी जनवरी १८ तारिखमा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन आयोजना गर्ने भएको छ। वार्षिक समीक्षा, सामाजिक गतिविधिहरूको मूल्यांकन तथा आगामी कार्ययोजनाबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।
समाजले दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई साधारण सदस्यता लिन पनि हार्दिक अनुरोध गरेको छ। सदस्यता समाजको सुदृढीकरण तथा समुदायको सक्रिय सहभागिताका लागि महत्वपूर्ण हुने समाजको भनाइ छ।
कार्यक्रमसम्बन्धी थप जानकारी समाजले निकट भविष्यमा सार्वजनिक गर्ने बताइएको छ।...
२० मंसिर २०८२, शुक्रबार ०३:०३२० मंसिर २०८२, शुक्रबार ०३:०३२० मंसिर २०८२, शुक्रबार ०३:०३ by विशाल श्रेष्ठNo Comments
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल र उपप्रमुख कन्दकला कुमारी राना सहितको प्रतिनिधि टोलीलाई बिपिन कुमार गुरुङको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) दक्षिण कोरियाले विशेष स्वागत गरेको छ। स्वागत कार्यक्रमसँगै नेपाल–दक्षिण कोरिया बीचको विकास, प्रभावकारी सहकार्य र दीर्घकालीन महत्वका परियोजनाबारे विस्तृत छलफल गरिएको जानकारी दिइएको छ।
एनआरएएनए दक्षिण कोरियाले कोरियामा बसोबास गर्ने नेपाली श्रमिक, विद्यार्थी तथा विभिन्न वर्गले भोग्दै आएका समस्या, गुनासा र आवश्यकता बारे उपमहानगर प्रतिनिधि टोलीसँग खुला संवाद गरेको छ। साथै, कोरियामा रहेका नेपालीहरूले नेपालमा कसरी सुरक्षित तथा दिगो लगानी गर्न सकिन्छ, नेपालमै रोजगारी सिर्जना गर्ने रणनीति कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि सुझाव र आग्रह राखिएको अध्यक्ष बिपिन कुमार गुरुङले बताए।
उक्त छलफलले नेपाल र दक्षिण कोरिया बीच...
१६ मंसिर २०८२, सोमबार ०२:४२१६ मंसिर २०८२, सोमबार ०२:४२१६ मंसिर २०८२, सोमबार ०२:४२ by एलिनाNo Comments
सिओल । दक्षिण कोरियामा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले आफ्नो चौथो अधिवेशन यही २०२५ डिसेम्बर ७ (आइतबार)का दिन गर्ने भएको छ। संस्थाले सार्वजनिक गरेको जानकारीअनुसार अधिवेशन सुबह ११:०० बजेबाट भेटघाट रेस्टुरेन्टको सभाहल, सुवनमा आयोजना हुने छ।
लोक, संस्कृति र मौलिकता संरक्षणको अभियान चलाउँदै आएको प्रतिष्ठानको यो अधिवेशनलाई भव्य तथा सभ्य ढंगले सम्पन्न गर्न तयारी तीव्र रूपमा अघि बढाइएको छ। अधिवेशनमा संस्थाको विगतको समीक्षा, आगामी कार्ययोजना, नेतृत्व चयन लगायतका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई लोक–सांगीतिक जगतलाई अझ सबल बनाउन योगदान दिन हार्दिक अनुरोध गरेको छ।...