Advertisement
Advertisement

Author: एलिना

नवलपुर समाज, दक्षिण कोरियाको ५औँ अधिवेशन तशा ७ औँ साधारणसभा सफलतापर्वक सम्पन्न, प्रकाश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नवलपुर समाज, दक्षिण कोरियाको ५औँ अधिवेशन तशा ७ औँ साधारणसभा सफलतापर्वक सम्पन्न, प्रकाश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नवलपुर समाज दक्षिण कोरियाको ५औँ अधिवेशन तथा ७औँ साधारणसभा भव्य रूपमा सम्पन्न हुँदै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले प्रकाश थापालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। प्रवासमा रहेका नवलपुरवासी नेपालीहरूको उल्लेख्य सहभागिताबीच सम्पन्न कार्यक्रमले संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। नवनिर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा किशोर पौडेल, उपाध्यक्षमा नारायण पाण्डे र श्रीराम अधिकारी, महासचिवमा पाण्डव खनाल, सचिवमा ध्रुव आचार्य र शिशिर आचार्य चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा मधुसुदन सापकोटा, सह–कोषाध्यक्षमा पुजा रूचाल तथा सदस्यहरूमा अमृत चापागाँई, बिकास देवकोटा, ओम प्रकाश भारति, सन्तोषराज भट्टराई, मन्जु कुमाल र रबि बराल चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष प्रकाश थापाले संगठनलाई अझ सुदृढ, एकीकृत र सक्रिय बनाउँदै दक्षिण कोरियामा रहेका नवलपुरवासी नेपालीहरूबीच आप...
याङ्सान नेपाली परिवारद्वारा आयोजित पूल प्रतियोगिता भव्य रूपमा सम्पन्न, नगद ५ लाखसहित पिटर सुनार विजेता

याङ्सान नेपाली परिवारद्वारा आयोजित पूल प्रतियोगिता भव्य रूपमा सम्पन्न, नगद ५ लाखसहित पिटर सुनार विजेता

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
याङ्सान (दक्षिण कोरिया) — याङ्सान नेपाली परिवारद्वारा आयोजित पूल खेल प्रतियोगिता भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पिटर सुनार प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनलाई नगद रु. ५ लाख, ट्रफी तथा मेडल प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ। त्यसैगरी बिप्लव बस्नेत द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। उनलाई नगद रु. ३ लाख, ट्रफी तथा मेडल प्रदान गरीसम्मान गरिएको थियो। कार्यक्रम श्री गोकुल लिम्बुज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव सुरेन परियार, कोषाध्यक्ष श्री राम सुबेदी, वरिष्ठ उपाध्यक्ष बिनोद सिग्देल लगायत कार्यसमिति पदाधिकारीहरू तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। साथै प्रमुख सल्लाहकार तथा याङ्सानबासी दाजुभाइहरूको विशेष सहयोग र E9Pay को आर्थिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ज...
नवलपुर समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुअरी १५ मा, अध्यक्ष पदमा पाँच जनाको दाबेदारी

नवलपुर समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुअरी १५ मा, अध्यक्ष पदमा पाँच जनाको दाबेदारी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नवलपुरेलीहरूको साझा संस्था नवलपुर समाज दक्षिण कोरिया को आगामी अधिवेशन यही फेब्रुअरी १५ तारिखमा हुने भएको छ। अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजक समितिले जनाएको छ। यसपटकको अधिवेशन विशेष रूपमा रोचक बन्ने देखिएको छ, किनकि अध्यक्ष पदका लागि पाँच जना सक्षम र सक्रिय व्यक्तित्वहरूले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। अध्यक्ष पदका आकांक्षीहरूमा मनोज पंगेनी, किसान पौडेल, प्रकाश थापा, खेम पंगेनी र नारायण भुसाल रहेका छन्। उम्मेदवारहरू समाजका विभिन्न गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। उनीहरूले आफ्नो अनुभव, कार्ययोजना र प्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि नवलपुरेली समुदायमा उत्साह र चासो थपिएको छ। समाजलाई अझ सशक्त, एकताबद्ध र क्रियाशील बनाउने प्रतिबद्धता सबै उम्मेदवारहरूले व्यक्त गरेका छन्। अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँ...
प्रवासी नेपाली मञ्च क्यानडाका पूर्व अध्यक्ष रमेश थापाले नेकपा (एमाले) परित्याग गरी रास्वपा प्रवेश

प्रवासी नेपाली मञ्च क्यानडाका पूर्व अध्यक्ष रमेश थापाले नेकपा (एमाले) परित्याग गरी रास्वपा प्रवेश

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
प्रवासी नेपाली मञ्च क्यानडाका पूर्व अध्यक्ष रमेश थापाले नेकपा (एमाले) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। करिब १५ वर्षदेखि क्यानडामा बसोबास गर्दै आएका थापा नेपालमा त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत थिए। उनी प्रवासी नेपाली मञ्च क्यानडाको करिब एक दशक अध्यक्षको जिम्मेवारीमा रहनुका साथै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीमा पनि लामो समय सक्रिय रहेका छन्। हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार हुन् भने क्यानडाको प्रतिष्ठित ट्रेन्ट विश्वविद्यालयबाट पीएचडी अध्ययनरत छन्। करिब तीन दशकसम्म नेकपा (एमाले) मा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापाले सामाजिक सञ्जालमार्फत ‘मैले एमाले किन छाडेँ ?’ शीर्षकमा आफ्नो निर्णय सार्वजनिक गर्दै अब राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर काम गर्ने घोषणा गरेका हुन्। उनले एमालेले आफ्नै घोषित सिद्धान्त र व्यवहारबीच आवश...
खुम्बु क्षेत्रमा हराइरहेका एक दक्षिण कोरियाली नागरिक येओन साङ–चुङको शव फेला

खुम्बु क्षेत्रमा हराइरहेका एक दक्षिण कोरियाली नागरिक येओन साङ–चुङको शव फेला

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
खुम्बु क्षेत्रमा हराइरहेका एक दक्षिण कोरियाली नागरिक येओन साङ–चुङको शव फेला परेको छ। खुम्बु क्षेत्रमा ट्रेकिङमा रहेका येओनसँग सन् २०२५ डिसेम्बर ३१ देखि सम्पर्कविहीन भएपछि खोजी भइरहेको थियो। उनको शव शनिबार दिउँसो करिब २ बजे लोबुचे क्षेत्र नजिकैको कोङ्मा ला पासमा, समुद्री सतहबाट करिब ५ हजार ३०० मिटर उचाइमा फेला परेको हो। खोजी अभियानका क्रममा आमादब्लाम युवा क्लबका पाँच जना सदस्यले शव फेला पारेका थिए। खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडा सदस्य पासाङ नुर्बु शेर्पाका अनुसार येओनको मृत्यु उचाइबाट लडेर भएको अनुमान गरिएको छ। तर, मृत्युको वास्तविक कारण पोस्टमार्टम परीक्षणपछि मात्र पुष्टि हुने बताइएको छ। शवलाई पोस्टमार्टमका लागि हेलिकप्टरमार्फत फाप्लु लगिएको छ। नेपालस्थित दक्षिण कोरियाली दूतावास तथा कोरियन ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपालको पहलमा र आमादब्लाम युवा क्लबको सहयोगमा हराइरहे...
आनसानमा पाँच-स, दक्षिण कोरियाले फेब्रुअरी १५ तारिक महाशिवरात्रि विशेष पूजा-अर्चना तथा रुद्राभिषेक आयोजना गर्दै

आनसानमा पाँच-स, दक्षिण कोरियाले फेब्रुअरी १५ तारिक महाशिवरात्रि विशेष पूजा-अर्चना तथा रुद्राभिषेक आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
सनातन मूल्य–मान्यता, धार्मिक अनुशासन र सांस्कृतिक चेतनाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरिया ले महाशिवरात्रि पर्वको पावन अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रममा विधिवत शिवपूजा, रुद्राभिषेक, आरती तथा भजनकीर्तन समावेश रहनेछ। सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने लक्ष्यका साथ आयोजना गरिन लागेको यस अनुष्ठानमा दक्षिण कोरियामा रहेका सम्पूर्ण सनातनप्रेमी श्रद्धालु भक्तजनलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ। कार्यक्रम सन् फेब्रुअरी 15, आइतबार बिहान 08:30 बजे देखि आन्सानस्थित सनातन मन्दिर तथा आन्सान नेपाली पुस्तकालय (경기도 안산시 단원구 원곡공원로 14-1, 원곡동 741-3) मा सञ्चालन हुनेछ। आयोजकले शिवपूजा तथा रुद्राभिषेकमा कर्ताको रूपमा सहभागी हुन इच्छुक श्रद्धालुहरूलाई बिहानै उपस्थित भई सहभाग...
दक्षिण कोरियामा कार्यरत भोजपुर हतुवागढीका प्रतिक राईलाई भोजपुर परिवार र किरात राई यायोक्खाद्वारा लगभग ३४ लाख वोन उपचार सहयोग

दक्षिण कोरियामा कार्यरत भोजपुर हतुवागढीका प्रतिक राईलाई भोजपुर परिवार र किरात राई यायोक्खाद्वारा लगभग ३४ लाख वोन उपचार सहयोग

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा कार्यरत भोजपुरका प्रतिक राईलाई उपचारका लागि ३३ लाख वोन सहयोग हस्तान्तरण दक्षिण कोरियाको ख्यङ्गी–दो ह्वासङ सिटीको फारान क्षेत्रमा अवस्थित फलामको पाइप उत्पादन गर्ने एक कम्पनीमा कार्यरत नेपाल भोजपुर जिल्ला हतुवागढी गाउँपालिका निवासी प्रतिक राई गत वर्ष सन् २०२५ अक्टोबर १६ तारिखदेखि मस्तिष्कघात (Brain Stroke, 뇌졸중) बाट गम्भीर रूपमा पीडित हुनुहुन्छ। मस्तिष्कघातका कारण उहाँको शरीरको एकपट्टिको हात–खुट्टा नचल्ने तथा बोली स्पष्ट नहुने अवस्था देखिएपछि सुरुमा फारानस्थित छुङआङ अस्पतालमा उपचार गरिएको थियो भने त्यसपछि सुवनस्थित 성빈센트병원 हुँदै हाल ‘द फष्ट अस्पताल' मा निरन्तर उपचाररत रहनुभएको छ। उपचार अवधि लामो हुनुका साथै खर्च अत्यधिक लाग्ने भएपछि हालसम्मको सम्पूर्ण उपचार खर्च बिरामी स्वयम्‌ले आफ्नै तलबबाट व्यहोर्दै आउनुभएको थियो। तर औद्योगिक दुर्घटना बीमामा आवेदन दिँदा अस्वीकार भएपछ...
किम्हेमा मार्च १ तारिक ‘प्रथम लखन थापा फुटसल कप–२०२६’ आयोजना हुँदै

किम्हेमा मार्च १ तारिक ‘प्रथम लखन थापा फुटसल कप–२०२६’ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच आपसी मेलमिलाप, घनिष्ठता र सामाजिक पहिचान विस्तार गर्ने उद्देश्यले नेपाल मगर संघ गणतन्त्र कोरिया, किम्हे/बुसान शाखाको आयोजना तथा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा मार्च १ कारिक किम्हेमा ‘प्रथम लखन थापा फुटसल कप–२०२६’ हुने भएको छ। “स्वस्थ जीवन र मनोरञ्जनका लागि परदेशमै भए पनि खेल खेलौँ !” भन्ने मूल नाराका साथ ४४ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर आयोजना हुन लागेको उक्त फुटसल प्रतियोगिता आउँदो २०२६ मार्च १ (आइतबार) का दिन सञ्चालन हुनेछ। खेल कार्यक्रम बिहान ठीक ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगिता 경상남도 김해시 김해대로 1798 (초은 풋살 파크) मा आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले फेब्रुअरी २२, २०२६ (शनिबार) दिउँसो ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन तोकिएको छ।...
चन्द्र कुमार राईको उपचार सहयोगार्थ बबिना किराती, स्मिता प्रधान लगायत कलाकारहरुको साथमा फेब्रुअरी १५ तारिख सउलमा ‘सलनाल सांगीतिक साँझ तथा DJ कार्यक्रम’ आयोजना हुँदै

चन्द्र कुमार राईको उपचार सहयोगार्थ बबिना किराती, स्मिता प्रधान लगायत कलाकारहरुको साथमा फेब्रुअरी १५ तारिख सउलमा ‘सलनाल सांगीतिक साँझ तथा DJ कार्यक्रम’ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रोजगारीका क्रममा रहेका खोटाङका युवा चन्द्र कुमार राई गम्भीर सवारी दुर्घटनामा परेपछि हाल अस्पतालमा उपचाररत छन्। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी स्थायी ठेगाना भएका राई दुर्घटना हुनु तीन महिना अघि मात्र छल्लानाम्दो मोक्पोको हेनाम्गुन क्षेत्रमा कामका लागि आएका थिए। गत नोभेम्बर २ बिहान करिब ६ बजे कार्यस्थल जाँदै गर्दा उनी सवारी दुर्घटनामा परेका हुन्। राई NRNA दक्षिण कोरियाका सल्लाहकार र पूर्वी नेपाल समाज कोरियाका संरक्षक लगायत दक्षिण कोरिया का विभिन्न संघसंस्थाका सल्लाहकार रहेका अमृत राईका आफ्नै भाई हुन्। दुर्घटनापछि राईलाई क्रमशः 목포 한국병원, 광주 전남대학교병원 हुँदै हाल 대전स्थित 을지대학교병원 मा स्थानान्तरण गरी उपचार भइरहेको छ। दुर्घटनाबाट उनको देब्रे खुट्टा पूर्ण रूपमा क्षतिग्रस्त भई काटिएको छ भने दाहिने खुट्टा जोगाउन सकिन्छ कि भन्ने आशामा उपचार जारी छ। दुर्घटनाको समयम...
충북 음성 आगलागी : जलेको अवस्थामा एक शव फेला, पहिचान प्रक्रिया जारी

충북 음성 आगलागी : जलेको अवस्थामा एक शव फेला, पहिचान प्रक्रिया जारी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको 충북 प्रान्त अन्तर्गत 음성군 맹동면 मा रहेको एक दैनिक उपभोग्य सामग्री उत्पादन गर्ने कारखानामा लागेको भीषण आगलागीबाट एक जनाको शव फेला परेको छ। दमकल विभागका अनुसार जनवरी ३१ गते बिहान १२:३९ बजे, आगलागीबाट भत्किएको संरचनाको भग्नावशेषभित्र, भवनको दोस्रो तलाको सिँढी नजिक पूर्ण रूपमा जलेको अवस्थामा अज्ञात व्यक्तिको शव भेटिएको हो। उक्त कारखानामा जनवरी ३० गते दिउँसो करिब २:५५ बजे अचानक आगलागी सुरु भएको थियो। कागज तथा ज्वलनशील सामग्री उत्पादन हुने उद्योग भएकाले आगो तीव्र रूपमा फैलिएको थियो। करिब ३ घण्टापछि ठूलो आगो नियन्त्रणमा आए पनि, पूर्ण रूपमा निभाउन २० घण्टाभन्दा बढी समय लागेको बताइएको छ। घटनाका बेला कारखानामा ८३ जना कर्मचारी कार्यरत थिए। आपतकालीन घण्टी बज्नासाथ ८१ जना कर्मचारी सुरक्षित रूपमा बाहिर निस्कन सफल भए पनि २ जना विदेशी श्रमिक सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन हुनेमा काज...