कालीगण्डकी समाज दक्षिण कोरिया द्वारा आयोजित छैठौं अधिवेशन तथा सलनाल भेटघाट कार्यक्रम नमस्ते रेष्टुरेन्टको सभाहल, सउलमा भव्य रूपमा सम्पन्न भएको छ।
सन् २०१५ मा स्थापित संस्थाको मूल नारा “हाम्रो चाहना, समृद्ध समाज निर्माणको परिकल्पना” लाई आत्मसात गर्दै सम्पन्न अधिवेशन समाजका कार्यवाहक अध्यक्ष अनिल अधिकारी राजु ज्यूको सभाध्यक्षता तथा गण्डकी प्रदेश समाज दक्षिण कोरिया का अध्यक्ष नर कुमार गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा समाजका संरक्षक तथा पूर्व कार्यवाहक अध्यक्ष ह्यारी बोण्ड ज्यूले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कोषाध्यक्ष केशव पाण्डेय ज्यूले प्रगति प्रतिवेदन तथा आर्थिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए।
विशेष अतिथिहरूमा स्याङ्जा समाज दक्षिण कोरिया, कास्की परिवार दक्षिण कोरिया, नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखा, गुल्मी सम्पर्क समिति दक्षिण कोरिया, वन्जु ...
७ फाल्गुन २०८२, बिहीबार ०८:३८७ फाल्गुन २०८२, बिहीबार ०८:३८७ फाल्गुन २०८२, बिहीबार ०८:३८ by एलिनाNo Comments
रामेछाप सम्पर्क समिति दक्षिण कोरिया को आयोजनामा २०२६ फेब्रुअरी १५ तारिख (शनिबार) का दिन पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। डोङ्देमुनस्थित दुरिन नर्सिङ्गो सभा हल (चौथो तल्ला) मा बिहान ११:०० बजेबाट सुरु भएको उक्त अधिवेशनमा दक्षिण कोरियामा रहेका रामेछापवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
“प्रवासमा रहेका रामेछापवासीहरू एक होऔं, जिल्लाको विकासमा टेवा पुर्याऔं” भन्ने मूल नारासहित आयोजित अधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट आदेश खड्का ज्युको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू यसप्रकार रहेका छन्:
अध्यक्ष: आदेश खड्का
वरिष्ठ उपाध्यक्ष: ज्ञानु तामाङ
उपाध्यक्ष: बिष्णु बिश्वकर्मा
उपाध्यक्ष: सतिस रोका
उपाध्यक्ष: बिश्लेष घिसिङ
महिला उपाध्यक्ष: कल्पना श्...
७ फाल्गुन २०८२, बिहीबार ०८:०८७ फाल्गुन २०८२, बिहीबार ०८:०८७ फाल्गुन २०८२, बिहीबार ०८:०८ by एलिनाNo Comments
ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया को छैठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट श्री निल कुमार नापो राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नव निर्वाचित कार्यसमितिले आगामी कार्यकालमा संस्थालाई अझ सशक्त, एकताबद्ध र क्रियाशील बनाउँदै प्रवासमा रहेका ओखलढुङ्गावासी नेपालीहरूको हकहित, सहकार्य र सामाजिक एकताका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरू यसप्रकार रहेका छन्:
अध्यक्ष: निल कुमार नापो राई
वरिष्ठ उपाध्यक्ष: रमेश श्रेष्ठ
महिला उपाध्यक्ष: सविना राई
उपाध्यक्ष: रबिन तामाङ
महासचिव: आदित्य आले मगर
सचिव: दिल राई
कोषाध्यक्ष: रन्जित लामिछाने गुरुङ
सह-कोषाध्यक्ष: उर्मिला राई
सदस्य: सुरेश सुनुवार
सदस्य: विवस मगरात
सदस्य: सन्तोष धमला
सदस्य: दिनेश मगर
सदस्य: डोरबहादुर मगर
नव नि...
६ फाल्गुन २०८२, बुधबार ०७:०७६ फाल्गुन २०८२, बुधबार ०७:०७६ फाल्गुन २०८२, बुधबार ०७:०७ by एलिनाNo Comments
नेपाली मुक्तकको विकास र विस्तारका लागि विगत एक दशकदेखि निरन्तर सक्रिय रहेको नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको आयोजनामा ‘बृहत् साहित्य मेला 2026’ कार्यक्रम सौलस्थित शुभेच्छा रेस्टुरेन्टको हलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष निर्दोष शिवले गर्नुभएको थियो भने सञ्चालन संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक राज बञ्जाडेले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा दक्षिण कोरियाका लागि नेपाली राजदूतावासका नियोग उपप्रमुख निर्मल प्रसाद भट्टराईको उपस्थिति रहेको थियो। विशेष अतिथिमा संस्थाका प्रमुख सल्लाहकार एवं संरक्षक आर.एन. रहनुभएको थियो। साथै सल्लाहकार सुशील शर्मा, सल्लाहकार ह्यारी बोण्ड तथा पाँच स कोरियाका उपाध्यक्ष शालिग्राम अर्याल लगायतको आतिथ्य उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथि वाचकका रूपमा कवि सेसेफुङ शेर्मा, मुक्तककार रामचन्द्र शर्मा तथा गजलकार भी...
४ फाल्गुन २०८२, सोमबार ०६:३९४ फाल्गुन २०८२, सोमबार ०६:३९४ फाल्गुन २०८२, सोमबार ०६:३९ by एलिनाNo Comments
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आठौं अधिवेशन सौलको तोंदेमुनस्थित सुभेक्षा रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले मनोज पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा नारायण भण्डारी, उपाध्यक्षमा उदयराज चुंदाली र श्री पौडेल, महिला उपाध्यक्षमा शान रायमाझी, महासचिवमा मौसम सोमरे मगर, सचिवमा सनु खनाल, बिनोद नेपाली र अमृत भट्टराई चयन भएका छन्।
त्यसैगरी कोषाध्यक्षमा मोहन अधिकारी, सह–कोषाध्यक्षमा केशब खनाल चयन भएका छन्।
सदस्यहरूमा कुलचन्द्र पौडेल, अनिल खनाल, विश्वास भुसाल, नारायण घिमिरे, विशाल खनाल, नविन राजकोटी, प्रकाश पौडेल, मनोज पाण्डे, सुदन नारायण अधिकारी तथा केशब चुंदाली निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले दक्षिण कोरियामा रहेका अर्घाखाँचीवासी नेपालीहरूबीच आपसी एकता, सहकार्य तथा सामाजिक तथा परोपकारी कार्यक्रम...
४ फाल्गुन २०८२, सोमबार ०६:२९४ फाल्गुन २०८२, सोमबार ०६:२९४ फाल्गुन २०८२, सोमबार ०६:२९ by एलिनाNo Comments
नवलपुर समाज दक्षिण कोरियाको ५औँ अधिवेशन तथा ७औँ साधारणसभा भव्य रूपमा सम्पन्न हुँदै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले प्रकाश थापालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।
प्रवासमा रहेका नवलपुरवासी नेपालीहरूको उल्लेख्य सहभागिताबीच सम्पन्न कार्यक्रमले संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा किशोर पौडेल, उपाध्यक्षमा नारायण पाण्डे र श्रीराम अधिकारी, महासचिवमा पाण्डव खनाल, सचिवमा ध्रुव आचार्य र शिशिर आचार्य चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा मधुसुदन सापकोटा, सह–कोषाध्यक्षमा पुजा रूचाल तथा सदस्यहरूमा अमृत चापागाँई, बिकास देवकोटा, ओम प्रकाश भारति, सन्तोषराज भट्टराई, मन्जु कुमाल र रबि बराल चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष प्रकाश थापाले संगठनलाई अझ सुदृढ, एकीकृत र सक्रिय बनाउँदै दक्षिण कोरियामा रहेका नवलपुरवासी नेपालीहरूबीच आप...
३ फाल्गुन २०८२, आईतवार १०:४६३ फाल्गुन २०८२, आईतवार १०:४६३ फाल्गुन २०८२, आईतवार १०:४६ by एलिनाNo Comments
याङ्सान (दक्षिण कोरिया) — याङ्सान नेपाली परिवारद्वारा आयोजित पूल खेल प्रतियोगिता भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पिटर सुनार प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनलाई नगद रु. ५ लाख, ट्रफी तथा मेडल प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी बिप्लव बस्नेत द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। उनलाई नगद रु. ३ लाख, ट्रफी तथा मेडल प्रदान गरीसम्मान गरिएको थियो।
कार्यक्रम श्री गोकुल लिम्बुज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव सुरेन परियार, कोषाध्यक्ष श्री राम सुबेदी, वरिष्ठ उपाध्यक्ष बिनोद सिग्देल लगायत कार्यसमिति पदाधिकारीहरू तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
साथै प्रमुख सल्लाहकार तथा याङ्सानबासी दाजुभाइहरूको विशेष सहयोग र E9Pay को आर्थिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ज...
१ फाल्गुन २०८२, शुक्रबार १५:०७१ फाल्गुन २०८२, शुक्रबार १५:०७१ फाल्गुन २०८२, शुक्रबार १५:०७ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नवलपुरेलीहरूको साझा संस्था नवलपुर समाज दक्षिण कोरिया को आगामी अधिवेशन यही फेब्रुअरी १५ तारिखमा हुने भएको छ। अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजक समितिले जनाएको छ।
यसपटकको अधिवेशन विशेष रूपमा रोचक बन्ने देखिएको छ, किनकि अध्यक्ष पदका लागि पाँच जना सक्षम र सक्रिय व्यक्तित्वहरूले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। अध्यक्ष पदका आकांक्षीहरूमा मनोज पंगेनी, किसान पौडेल, प्रकाश थापा, खेम पंगेनी र नारायण भुसाल रहेका छन्।
उम्मेदवारहरू समाजका विभिन्न गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। उनीहरूले आफ्नो अनुभव, कार्ययोजना र प्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि नवलपुरेली समुदायमा उत्साह र चासो थपिएको छ।
समाजलाई अझ सशक्त, एकताबद्ध र क्रियाशील बनाउने प्रतिबद्धता सबै उम्मेदवारहरूले व्यक्त गरेका छन्। अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँ...
१ फाल्गुन २०८२, शुक्रबार १०:२५१ फाल्गुन २०८२, शुक्रबार १०:२५१ फाल्गुन २०८२, शुक्रबार १०:२५ by एलिनाNo Comments
प्रवासी नेपाली मञ्च क्यानडाका पूर्व अध्यक्ष रमेश थापाले नेकपा (एमाले) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। करिब १५ वर्षदेखि क्यानडामा बसोबास गर्दै आएका थापा नेपालमा त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत थिए। उनी प्रवासी नेपाली मञ्च क्यानडाको करिब एक दशक अध्यक्षको जिम्मेवारीमा रहनुका साथै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीमा पनि लामो समय सक्रिय रहेका छन्। हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार हुन् भने क्यानडाको प्रतिष्ठित ट्रेन्ट विश्वविद्यालयबाट पीएचडी अध्ययनरत छन्।
करिब तीन दशकसम्म नेकपा (एमाले) मा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापाले सामाजिक सञ्जालमार्फत ‘मैले एमाले किन छाडेँ ?’ शीर्षकमा आफ्नो निर्णय सार्वजनिक गर्दै अब राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर काम गर्ने घोषणा गरेका हुन्। उनले एमालेले आफ्नै घोषित सिद्धान्त र व्यवहारबीच आवश...
२८ माघ २०८२, मंगलवार ०६:३९२८ माघ २०८२, मंगलवार ०६:३९२८ माघ २०८२, मंगलवार ०६:३९ by एलिनाNo Comments
खुम्बु क्षेत्रमा हराइरहेका एक दक्षिण कोरियाली नागरिक येओन साङ–चुङको शव फेला परेको छ।
खुम्बु क्षेत्रमा ट्रेकिङमा रहेका येओनसँग सन् २०२५ डिसेम्बर ३१ देखि सम्पर्कविहीन भएपछि खोजी भइरहेको थियो। उनको शव शनिबार दिउँसो करिब २ बजे लोबुचे क्षेत्र नजिकैको कोङ्मा ला पासमा, समुद्री सतहबाट करिब ५ हजार ३०० मिटर उचाइमा फेला परेको हो। खोजी अभियानका क्रममा आमादब्लाम युवा क्लबका पाँच जना सदस्यले शव फेला पारेका थिए।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडा सदस्य पासाङ नुर्बु शेर्पाका अनुसार येओनको मृत्यु उचाइबाट लडेर भएको अनुमान गरिएको छ। तर, मृत्युको वास्तविक कारण पोस्टमार्टम परीक्षणपछि मात्र पुष्टि हुने बताइएको छ।
शवलाई पोस्टमार्टमका लागि हेलिकप्टरमार्फत फाप्लु लगिएको छ।
नेपालस्थित दक्षिण कोरियाली दूतावास तथा कोरियन ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपालको पहलमा र आमादब्लाम युवा क्लबको सहयोगमा हराइरहे...