Advertisement
Advertisement

कालीगण्डकी समाज दक्षिण कोरियाको छैठौं अधिवेशन तथा सलनाल भेटघाट सम्पन्न अध्यक्षमा कृष्ण प्रसाद न्यौपाने सर्वसम्मत चयन

Advertisement
Advertisement

कालीगण्डकी समाज दक्षिण कोरिया द्वारा आयोजित छैठौं अधिवेशन तथा सलनाल भेटघाट कार्यक्रम नमस्ते रेष्टुरेन्टको सभाहल, सउलमा भव्य रूपमा सम्पन्न भएको छ।

सन् २०१५ मा स्थापित संस्थाको मूल नारा “हाम्रो चाहना, समृद्ध समाज निर्माणको परिकल्पना” लाई आत्मसात गर्दै सम्पन्न अधिवेशन समाजका कार्यवाहक अध्यक्ष अनिल अधिकारी राजु ज्यूको सभाध्यक्षता तथा गण्डकी प्रदेश समाज दक्षिण कोरिया का अध्यक्ष नर कुमार गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा समाजका संरक्षक तथा पूर्व कार्यवाहक अध्यक्ष ह्यारी बोण्ड ज्यूले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कोषाध्यक्ष केशव पाण्डेय ज्यूले प्रगति प्रतिवेदन तथा आर्थिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए।

विशेष अतिथिहरूमा स्याङ्जा समाज दक्षिण कोरिया, कास्की परिवार दक्षिण कोरिया, नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखा, गुल्मी सम्पर्क समिति दक्षिण कोरिया, वन्जु मुन्माक मैत्री समाज लगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले समाजको संस्थागत गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।

उद्घाटन सत्रपछि बन्द सत्रमा विजय थापा ज्यूको संयोजकत्वमा गठित निर्वाचन मण्डलले सम्पूर्ण प्रक्रिया पूरा गर्दै नवगठित कार्यसमितिलाई शपथ ग्रहण गराएको थियो। साथै समाजलाई विभिन्न तवरबाट सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।

अधिवेशनबाट अध्यक्षमा कृष्ण प्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन्। नवगठित कार्यसमिति यसप्रकार रहेको छ:

अध्यक्ष: कृष्ण प्रसाद न्यौपाने

वरिष्ठ उपाध्यक्ष: केशव न्यौपाने

उपाध्यक्ष: हेमन्त थापा

महिला उपाध्यक्ष: कमला पाण्डेय

सचिव: मणिदेव पाण्डेय

सहसचिव: जगदीश भट्टराई

कोषाध्यक्ष: केशव पाण्डेय

सहकोषाध्यक्ष: हरि प्रसाद पाण्डेय

सदस्यहरू: सुमन पाण्डेय, बसन्त न्यौपाने, हुमनाथ न्यौपाने रेग्मी, पशुपति न्यौपाने

(थप ३ जना सदस्य कार्यसमितिले चयन गर्ने जनाएको छ।)

अधिवेशनलाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रमुख अतिथि, अतिथिहरू, सल्लाहकार, शुभचिन्तक तथा सदस्यहरूलाई समाजले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै नवगठित कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×