दक्षिण कोरियाको चुंगबुक प्रान्त अन्तर्गत पर्ने उमसङ (Eumseong) को मेङदोङ क्षेत्रमा रहेको एक दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने कारखानामा आगलागी हुँदा २ जना कामदार सम्पर्कविहीन भएका छन्।
दमकल विभागका अनुसार जनवरी ३० दिउँसो करिब २:५५ बजे कारखानाबाट अचानक आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिँदै छेउमै रहेको सर्किट ब्रेकर उत्पादन गर्ने अर्को कारखानासम्म पुगेको थियो। आगो नियन्त्रणका लागि १०५ जना दमकलकर्मी, ५६ वटा दमकल उपकरण र ४ वटा हेलिकप्टर परिचालन गरिएको थियो।
कारखानामा काम गरिरहेका ८३ जना कामदारमध्ये ८१ जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन्। तर हालसम्म
🔹 २० वर्षका एक नेपाली नागरिक
🔹 ५० वर्षका एक उज्बेकिस्तान नागरिक
सँग सम्पर्क हुन नसकेको जनाइएको छ।
तेज हावाका कारण आगो करिब ५०० मिटर टाढाको डाँडातर्फ समेत फैलिएको थियो। दमकलकर्मीको कडा प्रयासपछि दिउँसो ४:१० बजे आगो...
१७ माघ २०८२, शुक्रबार ०७:०६१७ माघ २०८२, शुक्रबार ०७:०६१७ माघ २०८२, शुक्रबार ०७:०६ by एलिनाNo Comments
दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेसँग दक्षिण कोरियाको ग्वाङ्जुमा अवस्थित नेपालका अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले शिष्टाचार भेट गरेका छन्।
नेपाली राजदूतावास, सउलमा सम्पन्न उक्त भेटमा नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य तथा आर्थिक साझेदारीका विविध पक्षमा विस्तृत र अर्थपूर्ण छलफल भएको त्यहाँस्थित दूतावासले जनाएको छ ।
भेटमा राजदूत तुम्बाहाम्फेले नेपालमा कोरियाली लगानी भित्र्याउनु दूतावासको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेकी थिइन् । उनले नेपाली उत्पादनलाई कोरियाली बजारमा प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना रहेको, हाल नेपाल लगानीयोग्य मुलुकका रूपमा अघि बढिरहेको र सरकारले लगानीमैत्री वातावरण सृजना गर्न नीतिगत तथा प्रक्रियागत सुधारलाई सरल र सहज बनाइरहेको हुँदा यी विषयहरू आफ्नो कन्सुलर क्षेत्रभित्रका सम्भावित लगानीकर्तालाई अवगत गराउन आग्रह गरिन् ।
छ...
१४ माघ २०८२, मंगलवार ०५:१७१४ माघ २०८२, मंगलवार ०५:१७१४ माघ २०८२, मंगलवार ०५:१७ by एलिनाNo Comments
नेपाली मौलिक संस्कार, संस्कृति तथा सनातन परम्पराको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरिया द्वारा यस वर्ष पनि पवित्र धार्मिक परम्पराअनुसार “श्री स्वस्थानी व्रत कथा” विधिवत पूजा–अर्चना तथा समापन (साङ्गेता) कार्यक्रम आयोजना गरिने भएको छ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि श्रद्धा, आस्था र धार्मिक अनुशासनका साथ आयोजना गरिन लागेको उक्त कार्यक्रममार्फत सनातन मूल्य–मान्यता, सांस्कृतिक चेतना तथा सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा पूर्वाङ्ग पूजा, स्वस्थानी कथा वाचन, रुद्राभिषेक, उत्तराङ्ग पूजा, आरती तथा भजनकीर्तन जस्ता विविध धार्मिक तथा सांस्कृतिक गतिविधिहरू समावेश रहनेछन्। आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण सनातन प्रेमी, श्रद्धालु तथा नेपाली समुदायलाई क...
११ माघ २०८२, शनिबार ०५:१७११ माघ २०८२, शनिबार ०५:१७११ माघ २०८२, शनिबार ०५:१७ by एलिनाNo Comments
आदिवासी चाडपर्वहरूको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाको आयोजनामा हुन लागिएको “संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६” को तयारी अन्तिम चरणमा पुगेको छ।
आगामी फेब्रुअरी १ तारिख का दिन “पर्व, संस्कृति, एकताको आधार!! चिन्ने र चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रमको तयारी लगभग पूरा भएको महासङ्घका अध्यक्ष शुभराज भोम्जन ले जानकारी दिएका छन्।
महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा शुभकामना आदान–प्रदानका साथै मौलिक परिकार, आदिवासी चाडपर्व तथा संस्कृतिबारे विभिन्न जातीय संस्थाका अध्यक्षहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
महासङ्घको ९औँ कार्यसमितिको पहिलो कार्यक्रमका रूपमा आयोजना हुन लागेको यस कार्यक्रममा कोरियावासी सम्पूर्ण नेपालीहरूलाई सक्रिय सहभागित...
२२ पुष २०८२, मंगलवार ०६:०८२२ पुष २०८२, मंगलवार ०६:०८२२ पुष २०८२, मंगलवार ०६:०८ by एलिनाNo Comments
“स्वास्थ्य नै धन हो” भन्ने मूल नाराका साथ फिटनेस नेपालको आयोजनामा यस वर्ष पनि 3rd Mr. Fitness Nepal Competition (Men’s Physique) आयोजना हुने भएको छ। कोरियामा रहेका फिटनेसप्रेमी नेपाली युवाहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त प्रतियोगिता २०२६ अगस्ट २ तारिखका दिन दक्षिण कोरियामा सम्पन्न हुने आयोजकले जनाएको छ।
जिममा निरन्तर अभ्यास गर्दै आएका तथा स्टेजमा आफ्नो शारीरिक क्षमता, आत्मविश्वास र अनुशासन प्रस्तुत गर्न चाहने सहभागीहरूका लागि यो प्रतियोगिता उत्कृष्ट अवसरका रूपमा लिइएको छ। प्रतियोगितामार्फत सहभागीहरूलाई फिटनेसप्रति थप प्रेरणा मिल्ने, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण हुने र आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको मुख्य उद्देश्य कोरियामा रहँदै पनि शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सकिने सही जीवनशैलीबारे सकारात्मक सन...
२१ पुष २०८२, सोमबार १०:५२२१ पुष २०८२, सोमबार १०:५२२१ पुष २०८२, सोमबार १०:५२ by एलिनाNo Comments
दक्षिण कोरियाको याङ्सान क्षेत्रमा क्रियाशील याङ्सान नेपाली परिवारको ऐतिहासिक ११औँ महाअधिवेशन सन् २०२६ जनवरी ४ (आइतबार) का दिन भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ।
“प्रवासी भूमिमा नेपाली एकता, आपसी मेलमिलाप तथा सहयोग हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सम्पन्न महाअधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको छ।
महाअधिवेशनले विगतदेखि संस्थालाई कुशल नेतृत्व प्रदान गर्दै सफलतापूर्वक सञ्चालन गर्नु भएका निवर्तमान अध्यक्ष श्री दिनेश हरिजनज्यू तथा सम्पूर्ण निवर्तमान पदाधिकारीहरूप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।
उक्त महाअधिवेशनबाट सर्वसम्मत रूपमा श्री गोकुल लिम्बु (मोरङ) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ।
नवगठित कार्यसमिति
संरक्षक
दिनेश हरिजन
जिना गुरुङ
प्रमुख सल्लाहकारहरू
मुकेश बज्राचार्य (काठमाडौं)
मिराज...
२१ पुष २०८२, सोमबार ०६:२०२१ पुष २०८२, सोमबार ०६:२०२१ पुष २०८२, सोमबार ०६:२० by एलिनाNo Comments
दक्षिण कोरियामा भिसा अवधि समाप्त भई अवैधानिक रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूका लागि कोरियाली न्याय मन्त्रालयले विशेष स्वेच्छिक प्रस्थान प्रणाली (Special Voluntary Departure System) लागू गरेको छ। उक्त प्रणाली सन् २८ फेब्रुअरी २०२६ सम्म लागू रहने नेपाली राजदूतावास, सिओलले जनाएको छ।
यो व्यवस्थाअन्तर्गत स्वेच्छिक रूपमा कोरिया छोड्ने अवैधानिक विदेशी बासिन्दाहरूलाई जरिवाना छुट तथा प्रवेश प्रतिबन्ध निलम्बन जस्ता सुविधा प्रदान गरिनेछ। तर अवैधानिक रूपमा प्रवेश गरेका, नक्कली राहदानी प्रयोग गरेका, आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू, डिपोर्टेसन आदेश पालना नगरेका तथा सन् २०२५ डिसेम्बर १ पछि अवैधानिक बनेका व्यक्तिहरू भने यस योजनामा सहभागी हुन नपाउने स्पष्ट गरिएको छ।
स्वेच्छिक रूपमा नेपाल फर्किन चाहने व्यक्तिले आफ्नो राहदानी र हवाई टिकटको व्यवस्था गरी, फर्किन चाहेको मितिभन्दा कम्तीमा १५ ...
१८ पुष २०८२, शुक्रबार ०४:०७१८ पुष २०८२, शुक्रबार ०४:०७१८ पुष २०८२, शुक्रबार ०४:०७ by एलिनाNo Comments
विराटनगर निवासी सुदिप ढकालले दक्षिण कोरियामा आफ्नो मेहनत, दक्षता र इमानदारिताको बलमा उल्लेखनीय सफलता हासिल गर्दै नेपाली समुदायको शिर उच्च बनाएका छन्। कोरियाली उद्योग 한국메탈 & 가온메탈 ले उनलाई कम्पनीको सबैभन्दा उच्च व्यवस्थापकीय पद 공장장님 (फ्याक्ट्री म्यानेजर) मा नियुक्त गरेको हो।
लामो समयदेखि निरन्तर अनुशासन, जिम्मेवारीपूर्ण कार्यशैली र परिणाममुखी नेतृत्व प्रदर्शन गर्दै आएका ढकालले कोरियाली व्यवस्थापनको पूर्ण विश्वास जित्न सफल भएका छन्। उनको कार्यक्षमताको कदरस्वरूप कम्पनीले उनलाई बसोबासको लागि घर, सवारी साधनसहित कोरियन नागरिकलाई प्रदान गरिने स्तरका सम्पूर्ण सुविधाहरू उपलब्ध गराएको छ।
विदेशी भूमि, फरक भाषा र संस्कृतिका बीच पनि निरन्तर संघर्ष र धैर्यका साथ अघि बढेका ढकालका लागि यो उपलब्धि सजिलै प्राप्त भएको होइन। सुरुवाती दिनहरूका चुनौती, लामो कार्यसमय र बढ्दो जिम्मेवारीका बाबजुद उनले कहि...
१५ पुष २०८२, मंगलवार १३:०४१५ पुष २०८२, मंगलवार १३:०४१५ पुष २०८२, मंगलवार १३:०४ by एलिनाNo Comments
" प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवश्यकता " भन्ने मूल नाराका साथ स्थापित गरिएको नेपाली फुटबल क्लबहरुको एक मात्र छाता संस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन सन २०२६ जनवरी १८ तारिख आइतबारको दिन दक्षिण कोरियाको राजधानी सौल स्थित दोंग्देमुनमा आयोजना गरिने भएको छ l
उक्त तेस्रो अधिबेशनमा कोरियामा क्रियाशिल रहेका फुटबल क्लबहरुका प्रतिनिधिहरु , फुटबलमा समर्पित अग्रज व्यक्तित्वहरु , पुरुष / महिला फुटबल खेलाडीहरु र समस्त फुटबलप्रेमी महानुभावहरुलाई हार्दिक हार्दिक निमन्त्रणा गर्दछौ l
बिशेष फुटबल क्षेत्रमा संगठनात्मक एकता , बिकास र लोकतान्त्रिक अभ्यासबाट सशक्त रुपमा सफलतापुर्बक सम्पन्न गर्नको लागि समस्त फुटबलप्रेमीहरुलाइ एकजुट हुनको निम्ति आब्वान गर्दछौ l...
१५ पुष २०८२, मंगलवार ०९:०५१५ पुष २०८२, मंगलवार ०९:०५१५ पुष २०८२, मंगलवार ०९:०५ by एलिनाNo Comments
राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) को अवसर पारेर आगामी फेब्रुअरी १५, २०२६ का दिन सोल, दक्षिण कोरिया मा भव्य “राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ।
समाजको शीर्ष तहमा भएको छलफलबाट उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो। कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन कार्यक्रम अवधिभर कार्यकारी हुने गरी दुई वटा विभाग गठन गरिएको राप्ती समाजले जनाएको छ।
आर्थिक विभाग अन्तर्गत
१) चन्द्रप्रकाश घर्ती
२) नरेश घर्ती
३) श्रीधर ढकाल
४) गिरबहादुर बुढा
५) गोपाल बुढा
त्यसैगरी प्रचारप्रसार विभाग मा
१) डिबी मगर
२) वर्षा भण्डारी
३) ओमप्रकाश पुन
४) युवराज घर्ती
५) सरद पाण्डे
६) प्रदिप बुढा मगर
लाई जिम्मेवारी तोकिएको छ।
समाजले कार्यक्रममा सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्दै प्रचारप्रसार तथा स...