Advertisement
Advertisement

नेपालमा कोरियाली लगानी भित्र्याउनु प्राथमिकताः राजदूत तुम्बाहाम्फे

Advertisement
Advertisement

दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेसँग दक्षिण कोरियाको ग्वाङ्जुमा अवस्थित नेपालका अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले शिष्टाचार भेट गरेका छन्।

नेपाली राजदूतावास, सउलमा सम्पन्न उक्त भेटमा नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य तथा आर्थिक साझेदारीका विविध पक्षमा विस्तृत र अर्थपूर्ण छलफल भएको त्यहाँस्थित दूतावासले जनाएको छ ।

भेटमा राजदूत तुम्बाहाम्फेले नेपालमा कोरियाली लगानी भित्र्याउनु दूतावासको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेकी थिइन् । उनले नेपाली उत्पादनलाई कोरियाली बजारमा प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना रहेको, हाल नेपाल लगानीयोग्य मुलुकका रूपमा अघि बढिरहेको र सरकारले लगानीमैत्री वातावरण सृजना गर्न नीतिगत तथा प्रक्रियागत सुधारलाई सरल र सहज बनाइरहेको हुँदा यी विषयहरू आफ्नो कन्सुलर क्षेत्रभित्रका सम्भावित लगानीकर्तालाई अवगत गराउन आग्रह गरिन् ।

छलफलका क्रममा दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थी तथा श्रमिकहरूले भोगिरहेका समस्या र तिनको समाधानका उपाय’bout पनि गहन छलफल भएको थियो । विशेषगरी ग्वाङ्जु क्षेत्रमा रहेका नेपाली विद्यार्थीका लागि बीमालगायतका सामाजिक सुरक्षासम्बन्धी सेवाहरू कसरी अझ सहज, सरल, किफायती र पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा राजदूत तुम्बाहाम्फेले अवैतनिक वाणिज्यदूतसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेकी थिन् । साथै, कोरियामा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण तथा समस्या समाधानमा राजदूतावास र अवैतनिक वाणिज्यदूतबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

भेटका क्रममा राजदूतावासले निकट भविष्यमा ग्वाङ्जु क्षेत्रमा बृहत् लगानी सम्मेलन आयोजना गर्ने सोच राखेको र सोका लागि सम्भाव्य लगानीकर्ताहरूको पहिचान र पहल गर्न राजदूत तुम्बाहाङ्फेले अवैतनिक वाणिज्यदूतलाई आग्रह गरिन् ।

सोही अवसरमा अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले ग्वाङ्जु क्षेत्रमा हालसम्म आफूले सम्पन्न गरेका गतिविधि, आफ्नो कार्यप्रगति तथा आगामी दिनमा नेपाल–कोरिया सम्बन्धलाई थप सुदृढ बनाउने योजना र पहलहरू बारे राजदूतलाई अवगत गराए ।

नेपालप्रति विशेष आत्मीयता राख्ने अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओन आफूलाई ‘नेपालको छोरा’ भन्न रुचाउँछन। उनले हालसम्म २१ पटक नेपाल भ्रमण गरिसकेका छन् । सन् २०१५ को भूकम्पका बेला पहिलो कोरियाली राहत टोलीको नेतृत्व गर्दै नेपाल पुगेका जिओनले कोरियाली चिकित्सकसहितको ठूलो टोली लिएर नेपालको उक्त विपद्को घडीमा उल्लेखनीय सहयोग पुर्याएका थिए । उनको यस योगदानले नेपाल–कोरियाबीचको जनस्तरीय सम्बन्धलाई थप बलियो बनाएको विश्वास व्यक्त गरिएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×