Advertisement
Advertisement

Day: १७ माघ २०८२, शुक्रबार २२:४८

१८ वर्षपछि पुनः ‘रातो बिदा ’ बन्दै 제헌절 (संविधान दिवस) जुलाई १७ मा सार्वजनिक बिदा हुने

१८ वर्षपछि पुनः ‘रातो बिदा ’ बन्दै 제헌절 (संविधान दिवस) जुलाई १७ मा सार्वजनिक बिदा हुने

समाचार
दक्षिण कोरियामा 제헌절 (संविधान दिवस, जुलाई १७) १८ वर्षपछि पुनः सार्वजनिक बिदाका रूपमा फर्किएको छ। कोरियाली राष्ट्रिय सभाले २९ तारिख बसेको पूर्ण बैठकमा 제헌절लाई फेरि सार्वजनिक बिदा घोषणा गर्ने व्यवस्था सहितको ‘सार्वजनिक बिदा सम्बन्धी कानुन’ संशोधन विधेयक भारी बहुमतले पारित गरेको हो। मतदानमा सहभागी २०३ सांसदमध्ये १९८ जनाले समर्थन, २ जनाले विरोध र ३ जनाले मत नदिँदा विधेयक पारित भएको हो। पारित कानुन राजपत्रमा प्रकाशित भएको तीन महिनापछि लागू हुने व्यवस्था रहेकाले यसै वर्षको 제헌절देखि नै लागू हुने भएको छ। यस वर्ष जुलाई १७ शुक्रबार परेको छ। 제헌절 सन् १९४८ मा कोरियाको संविधान सार्वजनिक गरिएको ऐतिहासिक दिनको सम्झनामा मनाइने राष्ट्रिय दिवस हो। यसअघि लामो समयसम्म सार्वजनिक बिदाका रूपमा मनाइँदै आए पनि सन् २००५ मा सार्वजनिक बिदा सम्बन्धी नियम संशोधन भएपछि २००८ सालदेखि बिदाको सूचीबाट हटाइएको थियो। 제헌절ल...
दक्षिण कोरियाको उमसङमा(음성)  भएको आगलागीमा २० वर्षीय एक नेपालीसहित २ जना कामदार सम्पर्कविहीन

दक्षिण कोरियाको उमसङमा(음성) भएको आगलागीमा २० वर्षीय एक नेपालीसहित २ जना कामदार सम्पर्कविहीन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको चुंगबुक प्रान्त अन्तर्गत पर्ने उमसङ (Eumseong) को मेङदोङ क्षेत्रमा रहेको एक दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने कारखानामा आगलागी हुँदा २ जना कामदार सम्पर्कविहीन भएका छन्। दमकल विभागका अनुसार जनवरी ३० दिउँसो करिब २:५५ बजे कारखानाबाट अचानक आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिँदै छेउमै रहेको सर्किट ब्रेकर उत्पादन गर्ने अर्को कारखानासम्म पुगेको थियो। आगो नियन्त्रणका लागि १०५ जना दमकलकर्मी, ५६ वटा दमकल उपकरण र ४ वटा हेलिकप्टर परिचालन गरिएको थियो। कारखानामा काम गरिरहेका ८३ जना कामदारमध्ये ८१ जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन्। तर हालसम्म 🔹 २० वर्षका एक नेपाली नागरिक 🔹 ५० वर्षका एक उज्बेकिस्तान नागरिक सँग सम्पर्क हुन नसकेको जनाइएको छ। तेज हावाका कारण आगो करिब ५०० मिटर टाढाको डाँडातर्फ समेत फैलिएको थियो। दमकलकर्मीको कडा प्रयासपछि दिउँसो ४:१० बजे आगो...
नेपालमा कोरियाली लगानी भित्र्याउनु प्राथमिकताः राजदूत तुम्बाहाम्फे

नेपालमा कोरियाली लगानी भित्र्याउनु प्राथमिकताः राजदूत तुम्बाहाम्फे

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेसँग दक्षिण कोरियाको ग्वाङ्जुमा अवस्थित नेपालका अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले शिष्टाचार भेट गरेका छन्। नेपाली राजदूतावास, सउलमा सम्पन्न उक्त भेटमा नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य तथा आर्थिक साझेदारीका विविध पक्षमा विस्तृत र अर्थपूर्ण छलफल भएको त्यहाँस्थित दूतावासले जनाएको छ । भेटमा राजदूत तुम्बाहाम्फेले नेपालमा कोरियाली लगानी भित्र्याउनु दूतावासको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेकी थिइन् । उनले नेपाली उत्पादनलाई कोरियाली बजारमा प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना रहेको, हाल नेपाल लगानीयोग्य मुलुकका रूपमा अघि बढिरहेको र सरकारले लगानीमैत्री वातावरण सृजना गर्न नीतिगत तथा प्रक्रियागत सुधारलाई सरल र सहज बनाइरहेको हुँदा यी विषयहरू आफ्नो कन्सुलर क्षेत्रभित्रका सम्भावित लगानीकर्तालाई अवगत गराउन आग्रह गरिन् । छ...
सुदूरपश्चिम समाज दक्षिण कोरियामा दिपेन्द्र रोकायाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन, विवाद झन् चुलिँदै

सुदूरपश्चिम समाज दक्षिण कोरियामा दिपेन्द्र रोकायाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन, विवाद झन् चुलिँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सुदूरपश्चिम समाज दक्षिण कोरियामा नेतृत्व चयन र कार्यसमिति गठनलाई लिएर विवाद झनै चर्किँदै गएको छ। पछिल्लो समय संस्थाभित्र राजनीतिक लविङ, एकपक्षीय निर्णय र विधान विपरीत गतिविधि भएको आरोपसहित असन्तुष्ट पक्षले दिपेन्द्र रोकायाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको घोषणा गरेको छ। असन्तुष्ट पक्षले सार्वजनिक गरेको विज्ञप्तिमा समाजसेवाको नाममा खोलिएका संस्थाहरूले कुनै राजनीतिक पार्टीको भातृ संगठन बनेर होइन, विशुद्ध समाजसेवामा केन्द्रित हुनुपर्ने उल्लेख गरिएको छ। विगतदेखि नै संस्थाभित्र देखिँदै आएका कुटनीति, वादविवाद र एकपक्षीय निर्णयको विरोध गर्दै सहमतिमै छलफल भइरहेको अवस्थामा समानान्तर रूपमा बाहिर निकालिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ। यसै सन्दर्भमा असन्तुष्ट पक्षले आधिकारिक सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ कार्यसमिति गठन भएको जानकारी गराउँदै, समानान्तर रूपमा अलगिएका दाजुभा...