विशाल आवाज: कोरियन नयाँ वर्ष सलनाल तथा नेपालको राष्ट्रिय चाड तामाङ, गुरुङ र शेर्पा समुदायको मौलिक चाड ल्होछार/ल्होसार र माघीको अवसरमा नोनसानमा जनवरी २५ मा हुने शुभकामना आदानप्रदान साथै डान्स पार्टीको सम्पूर्ण तयारी पुरा भएको छ।
कोरियन नयाँ वर्ष सलनालको अवसरमा नोनसान स्थित नोन्सान नेपाली समाज दक्षिण कोरियाले स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा जनवरी २५ तारिख शनिबार सलनाल, नेपाली चाड ल्होसार/ल्होछार/माघी लगायत विभिन्न सांस्कृतिक चाडहरूको शुभकामना आदानप्रदान साथै डान्स पार्टी कार्यक्रम आयोजना गर्नेभएको हो। कार्यक्रम पहिले छुसक डान्स पार्टी भएको हल 충남도 논산시 중앙로 480번길 5 मा हुने आयोजकले जनाएको छ।
बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजेको साथमा हुने डान्स पार्टी को प्रवेश शुल्क २० हजार कोरियन वन तोकिएको छ । कार्यक्रममा उपस्थित हुनेलाई खाप्से, अचार कोदोको छङ्गुल साथै एउटा ड्रिंक...
९ माघ २०८१, बुधबार १२:३६९ माघ २०८१, बुधबार १२:३६९ माघ २०८१, बुधबार १२:३६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा सलनालको अवसरमा जनवरी २९ तारिख कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा हुने नेपकोर नाइट को सम्पूर्ण तयारी पूरा भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र Minky, DJ RX,DJ BIT साथमा नेपकोर नाइट गर्न लागेको हो। सउल स्थित 서울 서초구 반포동 650 번지 (FLOATING ISLAND) को भव्य भेन्युमा हुने यो सलनाल ग्राण्ड इभेन्टको ओपनिङ एक्ट कोरियामै रहेको र्यापर विक्रम लामा,TJAY,GM-JOON र अनलाइन र्याप कन्टेस्ट विनर र्यापर GEN-G ले गर्नेछन्।
जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म LAURE & BAD KOMPANY को साथमा हुने नेपकोर नाइटको प...
९ माघ २०८१, बुधबार ०६:२२९ माघ २०८१, बुधबार ०६:२२९ माघ २०८१, बुधबार ०६:२२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया । शुभराज भोम्जनको शब्द, संगीत गायक आस्मान लोप्चन र गायिका सुमिना लोको स्वरमा रहेको “मकवानपुरको डाँडैमा” बोलको सेलो गीत सोमबार सार्वजनिक भएको छ ।
आइतबार लाबा मिडिया युट्युब च्यानल मार्फत गीतको अफिसियल अडियो सार्वजनिक गरिएको हो । लाबा ग्रुपको प्रस्तुतीमा तयार भएको गीतको एरेञ्ज जोगलाल लामाले गर्नुका साथै रेकर्ड र मिक्सिङ भने अर्पन थिङले गरेका हुन् ।
प्रतिज्ञा लामा र निर योञ्जनको सयुक्त लगानिमा बनेको उक्त गीतको अफिसियल भिडियो भने आउदो अप्रिलमा खिच्ने योजना रहेको बताएका छन् । गीतको पोस्ट प्रोडक्सन भने लाबा मिडियाले गरेका हुन् ।
https://youtu.be/Y4nbRVXj_Gk?si=AvoFgKxLUZ_afNPa...
८ माघ २०८१, मंगलवार १३:३९८ माघ २०८१, मंगलवार १३:३९८ माघ २०८१, मंगलवार १३:३९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो जनवरी २६ तारिखका दिन प्रदर्शन हुने भएको छ।
शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी २६ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो।
दिउसो १२:३० बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ भने १० ओटा टिकट लिदा १ ओटा सित्तैमा पाउने समेत आयोजकले जनाएको छ।।अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको बताउदै समयमै सिट बुकिङ गर्न आयोजकले अनुरोध समेत गरेको छ।
सउलको पहिलो सो सम्पन्न पश्चात् सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा आइतबार प्रदर्शन हुने चलचित्र हेर...
८ माघ २०८१, मंगलवार १२:४६८ माघ २०८१, मंगलवार १२:४६८ माघ २०८१, मंगलवार १२:४६ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ;कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था नेपाल गोरखा परिवारले यही जनवरी २९ तारिक गोरखाली भेटघाट तथा वार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ ।
संस्थाको बाह्रौं कार्यसमितिले आफ्नो बितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।
"प्रवासी भूमीमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता" भन्ने संस्थाको मूल नारा सहित सन् २००२ मा स्थापना भएको गोरखा परिवार दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको सन्दर्भ उल्लेख गर्दै परिवारका अध्यक्ष दिपक श्रेष्ठले बताए ।
कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका ग...
८ माघ २०८१, मंगलवार ०७:५९८ माघ २०८१, मंगलवार ०७:५९८ माघ २०८१, मंगलवार ०७:५९ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरियाको किम्हेमा जनवरी २८ तारिक कोरियन नयाँ वर्षको अवसरमा "सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५" हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू धीं सेल्टर व्यवस्थापन सहयोगार्थ तथा गुरुङ भाषा अक्षयकोष सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।
कोरियाको DJ को दुनियाँमा अत्यन्त चर्चित डिजे DJ SBD को साथमा नवोदित र्यापरहरु दिनेश गुरुङ, प्रकाश गिरी र सुनिल लगायतको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गिता सिंह जानकारी दिए ।
प्रवेश शुल्क २० हजार कोरियन वोन निर्धारण गरिएको सो "सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५" मा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रमाउन सकिनेछ भने किम्हेको लिटिल इण्डिया रेष्टुरेन्ट अगाडिको चोकबाट कार्यक्रम हलसम्म जान नि:शुल्क बसको...
६ माघ २०८१, आईतवार १०:१५६ माघ २०८१, आईतवार १०:१५६ माघ २०८१, आईतवार १०:१५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसरमा जनवरी २७ तारिखका दिन सउलमा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाले कोरियास्थित नेपाली समुदायको बीचमा खेलेको सकारात्मक भूमिका, पहल र योगदानको कदर स्वरुप जनवरी २७ तारिख दिउँसो ३ बजे दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा एनआरएनए दक्षिण कोरियाले सम्मान कार्यक्रम आयोजना गर्ने भएको हो।
हाल दक्षिण कोरियामा बुद्धि गुरुङको नेतृत्व र विपिन कुमार गुरुङको नेतृत्वमा दुईवटा NRNA छ। NRNA मा हाल देखिएको विवाद र अदालती प्रक्रियाका कारण आफ्नो योजना अनुसार काम गर्न नसकेको बताउदै अब सर्वोच्च अदालतको आदेश, परराष्ट्र मन्त्रालयको निर्देशन, र NRNA-ICC (केन्द्रीय समिति) ले गर्न लागेको एकता अधिवेशनको तयारीलाई...
६ माघ २०८१, आईतवार ०९:३९६ माघ २०८१, आईतवार ०९:३९६ माघ २०८१, आईतवार ०९:३९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व २०८१(थारु सम्बत् २६४८) को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम जनवरी २९ तारिखका दिन सउलमा गर्ने भएको छ।
“हाम्रो कला, संस्कृति, भेषभुषा, पहिचान संरक्षण र सम्बर्धन हाम्रो अभियान”भन्ने मूल नाराका साथ स्थापित थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले स्थानिय कलाकारहरुको साथमा माघी पर्व २०८१ तथा थारु समुदायको नयाँ वर्ष थारु सम्वत २६४८भब्यताका साथ मनाउने भएको हो। जनवरी २९ तारिख बुधबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने कार्यक्रम सउल स्थित ट्रेन लाइन नम्बर २/४ को 신당 स्टेसनको १/१२ गेटबाट बाहिर निस्केर जान मिल्ने 성동처차차 스텐드빠 나이트 मा हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नि:शुल्क रुपमा प्रवेश गरि थारु समुदायको स्थानीय परिकारहरू समेत खान पाइने आयोजकले जनाएको छ।
सन् २०१५ मा स्थापीत थारु कल्याणकारीणी सभा, दक्षिण कोरिया...
६ माघ २०८१, आईतवार ०८:०८६ माघ २०८१, आईतवार ०८:०८६ माघ २०८१, आईतवार ०८:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा जनवरी २८ तारिखका दिन गजेदोमा “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५” हुने भएको छ।
“भाषा, धर्म, कला,र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तरताको लागि एक हौँ” भन्ने मूल नाराका साथ हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा सलनालको पहिलो दिन अर्थात् जनवरी २८ तारिख मङ्गलबारका दिन गजेदो स्थित स्थित नेपाल स्टोरी रेस्टुरेन्टको सभाहल हान्वा ओसन नाम्मुनमा “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५”आयोजना हुने भएको हो। स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६०डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१ ड...
५ माघ २०८१, शनिबार १३:३४५ माघ २०८१, शनिबार १३:३४५ माघ २०८१, शनिबार १३:३४ by विशाल श्रेष्ठNo Comments
प्रवासमा रहेका नेपालीहरु मध्य पहिलो पटक दक्षिण कोरियावाट नेपाली सिरियल "मायाँको संसार" सार्वजनिक भएको छ ।
जनवरी १८ तारिक २०२५ का दिन कोरियन स्थानिय समय समय ९ बजेर १५ मिनेटमा के छ कोरिया युट्युबमार्फत उक्त सिरियल सार्वजनिक भएको हो । तिलक छन्त्यालको लेखन निर्देशनमा तयार भएको सिरियलमा अध्ययन तथा रोजगारीको शीलशिलामा कोरियामा रहेका नेपालीहरुको अभिनय रहेको छ । प्रेम सर्वुजको प्रोडक्सन मेनेजर तथा विकास नेपाली एक्टिंग डिरिेक्सन गरेको सिरियललाई के छ कोरिया प्रोडक्सन युनिटले तयार गरेको हो । सिरियल हरेक महिनाको पहिलो र तेस्रो शनिवार सोहि समयमा प्रशारण हुनेछ ।
सिरियलमा सरस्वती तामांग, धनु तामांग, विकास नेपाली, कुमार गढाईली, शोभा थापा, लगायत कलकारहरुको अभिनय रहेको छ। सिरियलको शीर्षगीतलाई कम्पोज, एरेन्ज तथा भोकल योगेश काजीले दिएका छन् ।
भिडियो हेर्नुहोस् :
https://youtu.be/aw0OkSIj...