केशब पोखरेल/दक्षिण कोरिया :नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया ले भव्य तीज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२५ अगस्ट २४, आइतबार (२०८१ भदौ ७ गते) को दिन कोरियाको दोङदेमुन (서울시 중구 퇴계로 417 )सुविधासम्पन्न स्थलमा आयोजना हुने मन्चका अध्यक्ष रुद्र पौडेल ले जानकारि दिनुभयो !!
प्रवासमा रहे पनि नेपाली संस्कार, संस्कृति र चाडपर्वको गौरवलाई सजीव राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमलाई इतिहासमै स्मरणीय बनाउने तयारी मञ्चले अगाडि सारेको छ।
हरितालिका तीजको मौलिक स्वाद
कार्यक्रममा सहभागीहरूले नेपालकै परम्परागत तीजका दर परिकारहरू – सेलरोटी, दूध–चिउरा, अचार, तरकारी, मिठाईलगायतका स्वादिष्ट भोजनहरूको स्वाद लिन पाउनेछन्। खाना तयारीमा पनि...
११ असार २०८२, बुधबार १३:४०११ असार २०८२, बुधबार १३:४०११ असार २०८२, बुधबार १३:४० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी जुलाई २६ र २७ मा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा दक्षिण कोरियालि नेपाली समाजमा चिरपरिचित व्यक्ति विकास बोहराले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिने भएको छ ।
गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व आगामी जुलाई २६ र २७ तारिखमा सउलमा आयोजना हुने दशौ महाधिवेशनमा दक्षिण कोरियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुदूरपश्चिम समाजको निवार्तमान उपाध्यक्ष तथा हालको प्रवक्ता विकास बोहराले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ।
कोरियाको नेपाली समुदायमा अत्यन्त मिलनसार, लोकप्रिय र सामाजिक काममा निरन्तर लागिरहने व्यक्तिको रूपमा परिचित बोहरा विगत देखिनै कोरियाली नेपाली समाजलाइ आफ्नो तर्फबाट सकेको गर्दै ...
१० असार २०८२, मंगलवार १४:०५१० असार २०८२, मंगलवार १४:०५१० असार २०८२, मंगलवार १४:०५ by विशाल श्रेष्ठNo Comments
गत आइतबार जुन २२ तारिख नेपाली राजदूतावास सियोलको पहलमा मोक्पो यङ्आम गुन् साम्होमा घुम्ती सेवा सम्पन्न भएको छ।घुम्ती सेवाको मोक्पो स्थित मोक्पो साम्हो साझा चौतारी , किराँत याक्थुङ्ग चुम्लुङ्ग छाल्लादो शाखा , नेपाल मगर संघ छाल्लादो शाखाले संयुक्त सहआयोजना गरेको थियो l
राहदानी घुम्ती सेवामा १३० भन्दा धेरै सेवाग्राहीले सेवा लिएका थिए l साथै सोहि अवसरमा श्रम काउन्सलर मैया कंडेल , प्रोफेसर डा. श्रीजना थापाले श्रमिक सचेतना तथा मानसिक सचेतना सम्बन्धि परामर्श पनि दिनु भएको थियो l
कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाङफेले नजिकै यङ्गआमगुन साम्होमा अवस्थित छुक्सङआम गुम्बामा स्थानीय नेपाली श्रमिकहरु द्वारा निर्मित आकर्षक ४ वटा मनि खोर्ले (माने) अनावरण गर्नुभएको थियो l कार्यक्रममा बोल्दै डा.शिवमाया तुम्बाहाङफेले यो माने स्थापनाले दुई देश बिचको धार्मिक सम्बन्ध अझै प्रगाढ हुने जानकार...
९ असार २०८२, सोमबार १३:१४९ असार २०८२, सोमबार १३:१४९ असार २०८२, सोमबार १३:१४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कोरियामा सक्रिय संस्था सुर्खेत समाज दक्षिण कोरिया द्वारा कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै ख्यङ्गि फेन्थेकमा सुबिधा सम्पन सुर्खेती आवास गृह नामक सेल्टर औपचारिक रुपमा संचालनमा ल्याएको छ।
आइतबारका दिन दक्षिण कोरियामा सक्रिय विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा 평택 स्टेसन गेट नम्बर १ बाट निस्केर २ मिनेट पर 경기 평택시 평택동 69-14 ( 평택 12로 9번길 27),3 충 मा रहेको सुर्खेती आवास गृहको एक कार्यक्रम गरी उद्घाटन उद्घाटन गर्दै औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो।
विषेशगरि काम छोडि बस्नुभएका र विभिन्न दुःख समस्यामा परी आपत्कालीन रुपमा बस्नु पर्ने अवस्थामा यो सेल्टर आफ्नोपनका साथ प्रयोग गर्न सक्नुहुने सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्ष पुष्कर बुढाथोकीले बताउनुभएको छ। यति मात्रै नभएर कुनै पनि संघसंस्थाहरुले ५०-६० जना को कार्यक्रम गर्नुपर्यो भने हलको समेत व्यवस्था रहेको संस्थ...
९ असार २०८२, सोमबार १२:३०९ असार २०८२, सोमबार १२:३०९ असार २०८२, सोमबार १२:३० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना र नेपाली सम्पर्क समितिको सहआयोजनामा यही जुन २९ तारिखका दिन आइतबारका दिन ह्वासङ छेबुदोमा सुखद घर फिर्ती श्रमिक अभिमुखीकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम साथमा राहदानी नवीकरण सेवा हुने भएको छ।
नेपाली राजदूतावासले कोरियामा रहनुभएका नेपाली सम्पूर्ण नागरिकहरूलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ठाउँहरूमा राहदानी र कन्सुलर घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यक्रमलाई निरन्तरता दिँदै यही आउँदो जुन २९ तारिख का दिन नेपाली राजदूतावासको आयोजना तथा नेपाली सम्पर्क समितिको सहकार्यमा छेबुदोको 경기도 화성시서신면 전곡산단 11길 107 मा घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गरिने भएको हो।
घुम्ती शिविर कार्यक्रममा जानको लागि बस न: सुवन ट्रेन २,३ न गेट बाट 10...
९ असार २०८२, सोमबार ०७:१५९ असार २०८२, सोमबार ०७:१५९ असार २०८२, सोमबार ०७:१५ by विशाल श्रेष्ठNo Comments
ईपीएसमार्फत कोरिया जाने कामदारको रि-रजिस्ट्रेसन अब अनलाइनबाट मात्र
ईपीएसमार्फत कोरिया जाने कामदारको रि-रजिस्ट्रेसन अब अनलाइनबाट मात्र हुने भएको छ। यसअघि श्रमिक आफैं शाखामा उपस्थित भई दर्ता गराउँदै आइरहेकोमा मंगलबारदेखि वेबसाइटबाट दर्ता गर्ने व्यवस्था गरिएको हो।
ईपिएस कोरियन शाखाका अनुसार रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया प्रवेश गर्न चाहने श्रमिकहरूको एक वर्षसम्ममा पनि छनौट नभई पुनः योग्य सूचीमा बस्नका लागि स्वास्थ्य परीक्षण गरी रोजगार आवेदन फाराम भर्ने व्यवस्था छ।
मंगलबारदेखि म्यानुअल फाइल शाखामा दर्ता हुने छैन।...
९ असार २०८२, सोमबार ०६:५७९ असार २०८२, सोमबार ०६:५७९ असार २०८२, सोमबार ०६:५७ by विशाल श्रेष्ठNo Comments
सरकारी तथ्याङ्कले देखाएअनुसार गत वर्षको सोही अवधिको तुलनामा E-9 कार्य भिसा अन्तर्गत कोरिया प्रवेश गर्ने विदेशी नागरिकको संख्या २० प्रतिशतभन्दा बढीले घटेको छ, जुन व्यापक आर्थिक मन्दीको संकेत हो।
रोजगार तथा श्रम मन्त्रालयका अनुसार, जुन १० सम्म, रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कुल २८,५२० विदेशी कामदार देशमा प्रवेश गरेका थिए। यो संख्या २०२४ को सोही अवधिमा ३६,०४८ बाट २०.९ प्रतिशतले कमी आएको छ।
E-9 भिसा कार्यक्रमले वार्षिक रूपमा निश्चित संख्यामा कार्य अनुमति जारी गर्दछ। अहिलेसम्म, यस वर्षको १३०,००० को कुल कोटाको २१.९ प्रतिशत मात्र आइपुगेको छ, र ९८,००० को क्षेत्र-विशिष्ट कोटाको २९.१ प्रतिशत भरिएको छ।
परम्परागत रूपमा E-9 कामदारहरूको सबैभन्दा ठूलो हिस्सा ओगट्ने उत्पादन क्षेत्रमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। भिसा श्रेणी अन्तर्गत केवल २१,४४३ विदेशी कामदारहरू मात्र प्रवेश गरे, जुन एक वर...
९ असार २०८२, सोमबार ०३:५९९ असार २०८२, सोमबार ०३:५९९ असार २०८२, सोमबार ०३:५९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाले तीन जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरिया सरकारले तीन जना नेपालीलाई निष्कासन गरेको हो।
निष्कासन गरिनेमा देवान, सिंह र गौतम थरका एक-एक जना रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं पठाएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार थाइ एयरवेजको जहाजबाट उनीहरूलाई काठमाडौं पठाइएको हो। अध्यागमन कानुन उल्लंघन गरेको बताइए पनि उनीहरू निष्कासन हुनुको पूर्ण विवरण नखुलाइएको स्रोतले जनाएको छ।
दक्षिण कोरिया नेपालीहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्यको रूपमा रहेको छ। दक्षिण कोरिया जानका लागि लाखौं मानिस इपीएस भाषा परीक्षामा सहभागी हुँदै आएका छन्। तर, कतिपय नेपालीहरू प्रलोभनमा परेर दक्षिण कोरियासम्म पुग्ने गरेका छन्।
त्यहाँको कानुन विपरीत गतिविधि गरेको पाइएपछि त्यहाँको अध्यागमनले नेपालीहरूलाई निष्कासन गर्ने गरेको दक्षिण कोरियाका एक नेपालीले बत...
८ असार २०८२, आईतवार ०७:३६८ असार २०८२, आईतवार ०७:३६८ असार २०८२, आईतवार ०७:३६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: सलनालको अवसरमा युवा पुस्तामाझ लोकप्रिय ब्यान्ड 1974 AD कोरियामा ल्याई कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको “माछापुछ्रे सांगीतिक सौगात भाग ४” को आइतबारका दिन सउलमा एक कार्यक्रम गरी आयव्य सार्वजनिक गरिएको छ। सार्वजनिक गरेको आम्दानी तथा खर्च विवरणमा कार्यक्रमबाट ५२ लाख वन घाटा भएको र २६ जना सहित केही संस्था हरूबाट टिकटको पैसा नै उठ्न बाँकी रहेको जनाइएको छ।
कोरियनहरूको नयाँ वर्ष सलनालको अवसरमा जनवरी २८ तारिखका दिन सउलमा आयोजना भएको “माछापुछ्रे सांगीतिक सौगात भाग ४” को दक्षिण कोरियामा सक्रिय विभिन्न सङ्घसंस्थाको प्रतिनिधिहरू लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहलमा एक कार्यक्रम आयव्यय सार्वजनिक गरिएको हो।
आर्थिक संयोजक आरती ह्योल्मोले सार्वजनिक गरेको कुल आम्दानी तथा खर्च विवरण मा विभिन्न शीर्षकमा कुल आम्दानी १० करो...
८ असार २०८२, आईतवार ०५:२६८ असार २०८२, आईतवार ०५:२६८ असार २०८२, आईतवार ०५:२६ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी जुलाई २६ र २७ मा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा हालकी वरिष्ठ उपाध्यक्ष (Senior Vice President) पार्वती मोक्तान (तामाङ) ले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व आगामी जुलाई २६ र २७ तारिखमा सउलमा आयोजना हुने दशौ महाधिवेशनमा हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तानले अध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ।
नेपाली समुदायमा अत्यन्त सम्मानित, लोकप्रिय र सफल व्यवसायीका रूपमा परिचित मोक्तान लामो समयदेखि एनआरएनए को नेतृत्व तहमा सक्रिय रहँदै आउनुभएको छ उहा एनआरएनए दक्षिण कोरियाकी पूर्व महिला संयोजक समेत हुन्। विगत ल...