Advertisement
Advertisement

Day: ४ मंसिर २०८२, बुधबार ११:५२

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्दारा साधारण सदस्यता आवेदन खुला,समयसिमा १० दिन मात्रै

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्दारा साधारण सदस्यता आवेदन खुला,समयसिमा १० दिन मात्रै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले कोरियामा पत्रकारिता पेशामा सक्रिय रुपमा पत्रकारिता गरीरहेका नेपाली सञ्चारकर्मीहरूलाई संस्थागत रूपमा समावेश गर्न साधारण सदस्यता आवेदन खुला गरेको घोषणा गरेको छ। महासंघले संगठनलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ २०२५ नोभेम्बर १९ देखि २०२५ नोभेम्बर ३० तारिकसम्म साधारण सदस्यता आवेदन खुला गरेको जानकारी गराएको छ। निर्धारित योग्यता पूरा गर्ने इच्छुक पत्रकारहरूले तोकिएको मिति भित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सक्नेछन्। आवश्यक योग्यता आवेदकले तल उल्लेखित मध्ये कम्तीमा एक योग्यता पूरा गरेको हुनुपर्छ– • स्नातक उत्तीर्ण भई कम्तीमा एक वर्ष पत्रकारितामा संलग्न व्यक्ति, वा • +२/उच्चमाध्यमिक उत्तीर्ण भई कम्तीमा दुई वर्ष पत्रकारितामा संलग्न व्यक्ति। यद्यपि महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुसलिम, अपाङ्गता भएका तथा लैङ्गिक/अन्य पहिचान भएका तथा ...
दक्षिण कोरियामा निधन भएकी नेपाली महिलाको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग संकलन

दक्षिण कोरियामा निधन भएकी नेपाली महिलाको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग संकलन

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको जुङ्बुक (중복 대소) क्षेत्रमा बसोबास गर्दै आएकी माया रोस्याराको असामयिक र अकल्पनीय निधन भएको घटनापछि, उहाँको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग संकलन सुरु गरिएको छ। माया रोस्यारा डडेलधुरा जिल्ला, नवदुर्गा गाउँपालिका–१ देउमाडाकी बुबाघर तथा हाल कोरियामा E-7-4 भिसाधारी पुस्कर राज धिक्त्तकी धर्मपत्नी हुन्। उहाँ ४ महिनाकी नवजात शिशुकी आमा समेत हुनुहुन्थ्यो। आत्महत्याको कारणबारे आधिकारिक पुष्टि नभए पनि, स्थानीय सुरक्षा निकायले आवश्यक अनुसन्धान जारी राखेको बुझिएको छ। दुर्भाग्यवश, माया रोस्यारा F-3 (dependent) भिसामा रहेकाले कुनै प्रकारको बीमा सुविधा उपलब्ध नभएको र पार्थिव शरीर नेपाल पठाउन डरलाग्दो मात्रामा खर्च हुने भएकाले कोरियास्थित सुदूरपश्चिम समाज, दक्षिण कोरियाले आर्थिक सहयोगका लागि अभियान सञ्चालन गरेको जनाएको छ। समाजले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिन...
५औँ NRNA Pool Tournament–2025 नोभेम्बर २३ मा हुँदै

५औँ NRNA Pool Tournament–2025 नोभेम्बर २३ मा हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
NRNA ख्यङसानद्वारा नोभेम्बर २३ किम्हे बुसानमा ५औँ NRNA Pool Tournament–2025 आयोजना हुने भएको छ। कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट सामाजिक सेवा र सहकार्यको भावना विस्तार गर्ने उद्देश्यसाथ आयोजना हुने यस प्रतियोगितामा सहभागी हुन सबै पूल–प्रेमी खेलाडी हरूलाई आयोजकले हार्दिक आह्वान गरेको छ। आपतकालीन राहतकोष स्थापनाका लागि सामाजिक सेवामूलक रूपमा सञ्चालन हुने यो प्रतियोगिता नोभेम्बर २३ (आइतबार) बिहान ९ बजेदेखि 김해시 분성로 355번길 12-1, 3층 मा सुरु हुनेछ। आकर्षक पुरस्कारका कारण पनि यो प्रतियोगिताले समुदायभित्र उल्लेख्य उत्साह सिर्जना गरेको आयोजकहरूको भनाइ छ। प्रतियोगितामा पहिलो हुने खेलाडीले १४ लाख वोन, दोस्रोले ७ लाख वोन, तेस्रोले ३ लाख वोन, र सान्त्वना खेलाडीले १ लाख वोन सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले ७० हजार वोन प्रवेश श...
आजको राशिफल: २०८२ मंसिर ३ गते बुधबार

आजको राशिफल: २०८२ मंसिर ३ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मबल बढ्नेछ । पुराना कामहरू पुरा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । आर्थिकलाभको सम्भावना छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धैर्यपूर्वक अघि बढ्नुहोस् । नयाँ काममा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । अनावश्यक खर्च बढ्ने संकेत छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाइनेछ । पढाइ वा प्रतिस्पर्धामा प्रगति हुनेछ । प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर–परिवारमा खुसी छाउनेछ। सामाजिक काममा संलग्न भइ मान–प्रतिष्ठा बढ्नेछ । खर्च बढ्न सक्छ, सचेत रहनुहोस् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसाय वा पेशागत क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ । शुभ सम...