कालीगण्डकी समाज कोरियाले आउँदो जून ७ र ८ तारिक रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने
बोम्जन गुरुङ:कोरिया स्थित कालीगण्डकी समाजले आउँदो जून महिनाको ७ र ८ तारिक दुई दिने "रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम २०२५" आयोजना गर्ने भएको छ । संस्थाले मनोरञ्जनात्मक लोक दोहोरी, खेलकूद तथा सांस्कृतिक कार्यक्रम सहित [경기도 용인시 처인구 양지면 죽양대로 2071 번길 31 (용인힐링펜션] मा सो कार्यक्रमको आयोजना गर्ने तय गरेको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कमल अधिकारीले जानकारी दिए ।
संस्थालाई थप चलायमान गराउनुका साथै वर्षेनी नियमित कार्यक्रमको रुपमा आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रमलाई निरन्तरता दिँदै यसपटकको कार्यक्रम पनि मनोरम दृश्य अवलोकनसँगै सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले ब्यापक सहभागिता हुने आयोजक समाजका संरक्षक राजेश पाण्डेय...



