विशाल आवाज:नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), दक्षिण कोरियाले विश्वव्यापी आदिवासी खुल्ला कविता प्रतियोगिता आयोजना साथै आदिवासी जर्नल प्रकाशन गर्ने भएको छ।
गत डिसेम्बर १ आइतबार सौलमा नेफिन कोरियाको कार्यसमिति सहित संरक्षक, सल्लाहकार तथा जातीय र सम्बद्ध संस्थाको अध्यक्षहरूको संयुक्त बसेको बैठकबाट “विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता” सहित आदिवासी “जर्नल प्रकाशन” गर्ने निर्णय भएको थियो। सोही अनुरूप डिसेम्बर १३ तारिख एक सूचना निकाल्दै नेफिन कोरियाले विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता गर्ने र प्रतियोगितामा पहिलो ,दोस्रो ,तेस्रो हुने लाइ क्रमश ५ लाख, ३ लाख ,२ लाख कोरियन वन र सान्त्वना हुने तीनजनालाई १/१ लाख कोरियन वन पुरस्कार स्वरूप दिने बताइएको छ। प्रतियोगितामा सहभागी उत्कृष्ट कविताहरूलाई आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले प्रकाशन गर्न लागिरहेको आदिवासी जर्नलमा ...
१ पुष २०८१, सोमबार ०९:३६१ पुष २०८१, सोमबार ०९:३६१ पुष २०८१, सोमबार ०९:३६ by एलिनाNo Comments
विशाल आवाज: गत कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आएको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको ख्यङ्जुमा पनि डिसेम्बर २९ तारिख प्रदर्शन हुने भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ ख्यङ्जु नेपाली एकता समाजले ख्यङ्जु स्थित 경주시 외동읍 입실로2길 21 मा डिसेम्बर २९ तारिख आइतबारका दिन दिउसो १:०० बजे प्रदर्शन गर्ने भएको हो।
आपतकालीन राहतका लागी प्रदर्शन हुने फिल्म हेर्न दर्शकले मात्र २० हजार कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। टिकट बुकिङको लागि आयोजकलाई सम्पर्क गरि मनोरञ्जनका साथै सामाजिक कार्यमा सहभागी हुन ख्यङ्जु वरपर हुने सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ।
‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह्रस्व दीर्घ’ ले नेपालमा १० करोडमाथि कमाइसकेको छ।चन्द्र पन्त निर...
१ पुष २०८१, सोमबार ०९:३५१ पुष २०८१, सोमबार ०९:३५१ पुष २०८१, सोमबार ०९:३५ by विशाल श्रेष्ठNo Comments
एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विजयी सुरुवात गरेको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हारको स्वाद चखाएको हो ।
टस जिती ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
नेपालको जितमा कप्तान पूजा महतोले अविजित ४७ रनको योगदान गरिन् । उत्कृष्ट पाली खेलेकी कप्तान पूजाले ४७ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । सोनी पाख्रिनले पनि टोलीको खातामा १३ रन थपिन् । उनले २० बलमा एक चौका प्रहार गरिन् ।
ओपनर सावित्री धामीले आठ रन बटुलिन् । सिमाना केसीले पनि टोलीका लागि १२ बलमा अविजित १२ रनको योगदान गरिन् । ओपनर साना प्रविनल...
१ पुष २०८१, सोमबार ०२:२४१ पुष २०८१, सोमबार ०२:२४१ पुष २०८१, सोमबार ०२:२४ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व ल्होसार आउँदो जनवरी ५ तारिकमा मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै बुसान सहरको 경남 김해시 서상동 27-31 New Little India Resturent 2nd floor को हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने भएको हो ।
सो ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा अध्यक्ष गितासिंह गुरुङले जानकारी दिए । "प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु" भन्ने तमु समुदायको विश्वब्यापी नारालाई अनुशरण गर्दै समय सापेक्षित विभिन्न कार्यक्रम गर्दै आइरहेको संस्थाले हरेक वर्ष जस्तै यसपटक पनि ल्होसार मनाउने तय...
१ पुष २०८१, सोमबार ०२:०११ पुष २०८१, सोमबार ०२:०११ पुष २०८१, सोमबार ०२:०१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम...