Advertisement
Advertisement

कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो

Advertisement
Advertisement

 

एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विजयी सुरुवात गरेको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हारको स्वाद चखाएको हो । 

टस जिती ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । 

नेपालको जितमा कप्तान पूजा महतोले अविजित ४७ रनको योगदान गरिन् । उत्कृष्ट पाली खेलेकी कप्तान पूजाले ४७ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । सोनी पाख्रिनले पनि टोलीको खातामा १३ रन थपिन् । उनले २० बलमा एक चौका प्रहार गरिन् ।

ओपनर सावित्री धामीले आठ रन बटुलिन् । सिमाना केसीले पनि टोलीका लागि १२ बलमा अविजित १२ रनको योगदान गरिन् । ओपनर साना प्रविनले पनि १५ बलमा एक चौकाको मद्दतले १० रन बनाइन् । नेपालले अतिरिक्त रूपमा पनि १५ रन पायो । 

त्यसअघि, पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाएकी थिइन् । उनले ४४ बलमा दुई चौका पनि प्रहार गरिन् । महाम एनिसले पनि टोलीको खातामा अविजित २९ रन थपिन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् । 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×