Advertisement
Advertisement

Day: ४ श्रावण २०८१, शुक्रबार १४:५०

किरात याक्थुङ चुम्लुङ कोरिया द्वारा किरात सिरिजंगा लिपि युनिकोड निर्माणार्थ २७ लाख रूपैयाँ सहयोग

किरात याक्थुङ चुम्लुङ कोरिया द्वारा किरात सिरिजंगा लिपि युनिकोड निर्माणार्थ २७ लाख रूपैयाँ सहयोग

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज:किरात याक्थुङ चुम्लुङ कोरियाले किरात सिरिजंगा लिपि युनिकोड निर्माणार्थ दक्षिण कोरियामा प्रदर्शन गरेको चलचित्र “मनसरा” बाट बचत गरेको रकम २७ लाख २ हजार ६०० रुपैयाँ छल्लादो शाखा अध्यक्ष गणेश लिम्बू र सचिब भुपेन्द्र लिम्बु मार्फत संयुक्त रुपमा संघीय अध्यक्ष प्रेम येक्तेन लाई चेक हस्तान्तरण गरेको छ। दक्षिण कोरियाका प्रदर्शन अधिकार लिएको उपेन्द्र सुब्बाको लेखन निर्देशनमा बनेको चलचित्र “मनसरा” कियाचु दक्षिण कोरियाले सौल, सुवन्,किम्हे,जेजु,मोक्पो,छन्जु गरी छ ओटा सो आयोजक संस्थाले गरेको थियो भने अन्य ५ सहरहरूमा प्रदर्शनको लागि अन्य संस्थाहरूलाई कियाचुले अधिकार दिएको थियो । १ करोड २ लाख ३५ हजार कोरियन वनमा कोरियाको प्रदर्शन अधिकार लिएको चुम्लुङले ४ करोड ४५ लाख १९ हजार ५५५ कोरियन वन बराबरको कारोबार गरी २ करोड १ लाख ३५ हजार १७० कोरियन वन खर्च भएको मा २ करोड ७३ लाख ८४ हजार ३८५ कोरियन वन म...
२०२४ छुसकमा मिर्‍याङ्ग नेपाली समाजले “छेजुदो भ्रमण” गराउने

२०२४ छुसकमा मिर्‍याङ्ग नेपाली समाजले “छेजुदो भ्रमण” गराउने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
बोम्जन गुरुङ, बिशाल आवाज :दक्षिण कोरिया स्थित मिर्‍याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर "सातौं छेजुदो भ्रमण २०२४" कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको १५ देखि १७ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत सातौं संस्करणको भ्रमणको तयारीमा जुटेको समाजका कार्यवाहक अध्यक्ष अशिम पुन मगरले जानकारी दिए । भ्रमणमा जानको लागी सउलको दोङ्देमुन, मिर्‍याङ्ग, बुसान/किम्हे क्षेत्रबाट समेत मोक्पो बन्दरगाहसम्म जाने बसको व्यवस्था गरिएको समाजका संरक्षक सागर पोख्रेलले बताए । उक्त छेजुदो भ्रमणमा जान ईच्छुकले आफूलाई पायक पर्ने ठाउँबाट...
जुलाई २१ मा प्रदर्शन हुने “गाउँ आएको बाटो” सुवन सो को सम्पूर्ण तयारी पुरा

जुलाई २१ मा प्रदर्शन हुने “गाउँ आएको बाटो” सुवन सो को सम्पूर्ण तयारी पुरा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा जुलाई २१ तारिखको दिन प्रदर्शन हुन लागेको चर्चित नेपाली कथानक चलचित्र “गाउँ आएको बाटो” सुवन सो को सम्पूर्ण तयारी भएको छ अध्यक्ष सुनिल बान्तावा ले बिशाल आवाज लाई जानकारी दिनु भएको छ । दक्षिण कोरियाको सउल र मुगुकमा सफलताका साथ प्रदर्शन भइसकेको बहुप्रतिक्षित चलचित्र गाउँ आएको बाटो सुवन स्थित 경기도 수원시 팔달구 행궁로 88 मा प्रदर्शन हुँदै छ । “भोजपुरको शिक्षा स्वास्थ्य र खेलकुदमा सहयोगार्थ” जुलाई २१ तारिख आइतबारको दिन १२: ०० बजेदेखि प्रदर्शन हुन लागेको चलचित्रका निर्देशक नवीन सुब्बा हुन्। दुर्गम गाउँमा सडक र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथामा बनेको फिल्मलाई पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा खिचिएको हो।फिल्ममा दयाहाङसहित पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ ।...
जुलाई २० र २१ मा हुने ख्याङ्जु नेपाली एकता समाजको बृहत् भेटघाट एवं वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा

जुलाई २० र २१ मा हुने ख्याङ्जु नेपाली एकता समाजको बृहत् भेटघाट एवं वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: ख्याङ्जु नेपाली एकता समाज दक्षिण कोरियाको जुलाई २० र २१ तारिक हुने बृहत् भेटघाट एवं वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । “भेटघाट भाईचारा आपशी सम्बन्धमा बृदि ” भन्ने मूल नाराका साथ सक्रिय ख्याङ्जु नेपाली एकता समाजले जुलाई २० र २१ तारिख शनिबार र आइतबारका दिन 경주시 양남면 수령리 246-4 번지 시인관바다 편선 मा दुई दिने बृहत् भेटघाट एवं वनभोज कार्यक्रम २०२४ आयोजना गर्नेभएको हो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश RAJU POKHREL को 경남 BANK मा रहेको खाता नम्बर 2070156798501 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। कोरियामा रहेर विभिन्न पेशा व...
आजको राशिफल : २०८१ साउन ४ गते (शुक्रवार)

आजको राशिफल : २०८१ साउन ४ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । स...