जनसम्पर्क समिति कोरियाको असन्तुष्ट पक्षको भव्य पिकनिक हुँदै
Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सस्थापक गुट वाटअसन्तुष्ट पक्षको आयोजनामा जुलाई २७ र जुलाई २८ मा भव्य पिकनिकको आयोजना हुने भएको छ । कोरियामा रहेका लोकतन्त्रप्रेमी दाजुभाइ, दिदीबहिनीहरु तथा कोरियामा रहेको सामाजिक, जिल्लागत, क्षेत्रगत संघसंस्थाहरुलाई आमन्त्रण गर्दै कार्यक्रमको आयोजना गरिने सह महामन्त्री तथा कार्यक्रम संयोजक विकास मल्लले जनाएका छन् । संगठनभित्र भएका विभिन्न गतिविधिहरु र आगामी कार्ययोजना तर्जुमा गरी संगठनलाई चलायमान बनाउने कार्यक्रमको उदेश्य रहेको कार्यक्रम संयोजक मल्लले बताए । सह महामन्त्री मल्ल संयोजक रहेको आयोजक समितिमा सम्पूर्ण क्षेत्रीय सभापतिहरु सदस्य रहेका छन् ।
कार्यक्रम सफल पार्नको लागि जनसम्पर्क समितिको कार्यसमिति सदस्यहरु, क्रियाशील सदस्यहरु लगायत जनसम्पर्क समितिमा आस्था राख्ने करिब एक सय पचास (१५०) भन्दा बढी व्यक्तिहरु जोडिइसकेको र थप साथीहरु जोडिने क्रम ज...


