कोरियाको ख्यङ्जु एकता समाजमा नयाँ कार्यसमिति
कोरियाको ख्यङ्जु एकता समाजमा नयाँ कार्यसमिति
दक्षिण कोरियाको ख्यङ्जु एकता समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ। भव्य रुपमा आयोजना भएको अधिवेशनले नयाँ कार्यसमिति तय गरेको छ।
अधिवेशनले नारायण बहादुर खड्काको अध्यक्षतमा १२ सदसिय कार्यसमिति चयन गरेको हो। यसअअघि अध्यक्ष रहेका रोषन बोहराले ख्यङ्जु क्षेत्रमा नयाँ कार्यसमितिलाई जिम्मेवारी प्रदान गर्दा खुसी लागेको बताए। उनले त्यस क्षेत्रमा कार्यरत नेपालीहरुबिच एकता, सद्भाव र आपसी सहयोग र भाइचारा आगामी दिनमा झनै बढ्दै जाने विश्वास ब्यक्त गरे। उनले आवश्यक पर्दा जस्तोसुकै सहयोगका लागि आफू संधै तत्पर रहेको बताए।
त्यस्तै नवनिर्वाचित कार्यसमितिका अध्यक्ष खड्काले आफूलाई नयाँ नेतृत्व गर्ने अवसर दिएको धन्यवाद ग्यापन गरेका थिए। उनले यसक्षेत्रका सम्पूर्ण संघसंस्था का प्रतिनिधी हरु ' बुद्धिजीवी तथा व्यवसायीक वर्गलाई धन्यवाद दिंदै कार्यकालमा सहयोग र...



