दक्षिण कोरियामा रहेको न्यु भिजन ग्रुप द्वारा शैक्षिक सामाग्री वितरण
दक्षिण कोरियामा रहेको न्यु भिजन ग्रुप द्वारा शैक्षिक सामाग्री वितरण
विशाल श्रेष्ठ,दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप ले दोलखा मा रहेको विद्यालय मा शैक्षिक सामाग्री वितरण गरेको छ ।
ग्रुपले गत छुसकमा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप दोस्रो चरणको सहयोग कार्यक्रम अनुरुप बैतेश्वर गाँउपालिका ८ क्षेत्रपा स्थित यबो प्राथामिक विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । वडा अध्यक्ष शान्त जिरेल साथै विद्यालयका प्रधानाध्यापक खड्ग बहादुर केसिको रहोबरमा NVG का पुर्व संयोजक दिपेन्द्र अधिकारिको प्रत्यक्ष उपस्थितिमा सम्पन्न शैक्षिक सामाग्री वितरण कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला,जमेट्री बक्स, पेन्सिल सेट, कापी, रंगपेन्सिल, खेलकुद सामग्...

