अप्रिल १६ मा हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी पुरा
अप्रिल १६ मा हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी पुरा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "आपसि सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासि मिलनको आधार" मुल नारा लिएर सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको नेपाली हरुको नयाँ वर्ष २०८० को पावन अवसरमा यहि अप्रिल १६ तारिख आइतबार का दिन ठिक १२ बजे 경기도 평택시 평택동 45-6 번지 2 층 मा रहेको THE ROYAL RESTAURANT को हलमा शुभकामना आदानप्रदान र भेटघाट तथा चियापान कार्यक्रमको तयारी पुरा भएको छ।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक जनसमुदाय हरु एकजुट भइ सामाजिक कार्यहरु ,आपतकालीन अवस्था र आफ्नो जिल्लाको कला सस्कृति जगेर्ना र संरक्षण गर्नको लागि सहयोग गर्न भनेर स्थापना भइ विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा व...

