Advertisement
Advertisement

भर्खरै

तीस लाख कोरियन वोन सहित प्रथम मगर संसार भलिबलको उपाधि बागलुङ समाज थेगु शाखा कोरियाको पोल्टामा

तीस लाख कोरियन वोन सहित प्रथम मगर संसार भलिबलको उपाधि बागलुङ समाज थेगु शाखा कोरियाको पोल्टामा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
अनलाईन मगर संसार फोटो फोटो ग्यालरी ग्रुप/पेजले आयोजना गरेको प्रथम मगर संसार भलिबल कप २०२४ को उपाधि बागलुङ समाज थेगु शाखा कोरियाले जितेको छ । कोरिया थेगु स्थित खुजी भलिबल खेल मैदानमा २०२४ जून २३ तारिक आइतबारको दिन सम्पन्न भएको फाइनल खेलमा बागलुङ समाज थेगु शाखाले थेसो परिवारलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै प्रतियोगितामा विश्वकर्मा समाज तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ३० लाख वन, १५ लाख वन र ७ लाख कोरियन वोन सहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको मगर संसार फोटो ग्यालरीका संस्थापक अनिल लामिछाने मगरले जानकारी दिए । संस्थापक मगरका अनुसार प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । मगर संसार राहतकोष सहयोगार्थ सामाजिक क्षेत्रमा क्रियाशिल मगर संसार फोटो ग्यालरीले कोरियामा रहेका नेपालीहरुलाई एकता र भाइचाराको विकास गर्न पहिलो पटक प...
सुवन शो  “पुजार सार्की” को आय व्यय सार्वजानिक,७६ लाख वढि बचत

सुवन शो “पुजार सार्की” को आय व्यय सार्वजानिक,७६ लाख वढि बचत

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
राप्ती समाज द्दारा प्रदर्शित नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ सुवन शोको आयब्यय सार्वजनिक गरिएको छ। आपतकालीन राहतकोष सहयोगार्थ जुन ९ तारिक प्रदर्शन गरिएको चलचित्रको आयब्यय सार्वजानिक भएको हो । चलचित्र प्रदर्शनवाट कुल १करोड ५ लाख ३६ हजार २ सय बत्तिस कोरियन वन आम्दानी भएको छ । आम्दानी मध्ये २८ लाख ६० हजार वन खर्च भएको छ भने ७६ लाख ७६ हजार २ सय बत्तिस कोरियन वन बचत भएको राप्ती समाजका अध्यक्ष अमृत के सीले जानकारी दिनुभयो । चलचित्र प्रदर्शनीका लागि टिकट स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा अ‍ोली एजुकेशनका संचालक ओमलाल ओलीले गर्नुभएको थियो भने पोष्टर स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका विशेष सल्लाहकार तथा JB BANK सुवन शाखाका कर्मचारी कमला साउदले गर्नुभएको थियो। साथै रेष्टुरेण्ट पार्टनरमा सुवनको भेटघाट रेष्टुरेण्ट रहेको थियो भने रेमिटमा QS रेमिट रहेको थियो। संस्थ...
आजको राशिफल : २०८१ असार ११ गते (मंगलवार)

आजको राशिफल : २०८१ असार ११ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हु...
कांग्रेसभित्र फोहोर गर्नेहरू भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ: गगन थापा

कांग्रेसभित्र फोहोर गर्नेहरू भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ: गगन थापा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र रहेको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा भएको नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहमा बोल्दै थापाले कांग्रेसभित्र थोरै फोहोर रहे पनि सफा गर्नुपर्ने बताए। ‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ, फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन। कांग्रेसभित्र फोहोर थोरै छ, तर सफाको अंश धेरै छ। फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,’ थापाले भने। उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित रहेको बताए। साथै उनले पार्टीलाई योगदान दिएका पात्रहरुलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए।...
कोरियाको ह्वासङमा आगलागी हुँदा हालसम्म २२ जनाको मृत्‍यु , मृत्यु हुने २२ मध्ये २० विदेशी

कोरियाको ह्वासङमा आगलागी हुँदा हालसम्म २२ जनाको मृत्‍यु , मृत्यु हुने २२ मध्ये २० विदेशी

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियाको ह्वासङ स्थित एक ब्याट्री कम्पनी आगलागिमा परि हाल सम्म २२ जनाको दुखद मृत्यु भएको पुष्टि भएको छ।  मृत्यु हुने २२ मध्ये २० विदेशी  त्यहाँ एक थप बेपत्ता व्यक्ति छन् जो सम्पर्क बाहिर छन्, त्यसैले मानवीय क्षतिको मात्र बढ्न सक्ने सम्भावना छ। मृतक २२ मध्ये २० जना विदेशी जसमा १८ चिनियाँ, १ लाओस  र १ अज्ञात। साथै अन्य दुई जना कोरियाली भएको पुष्टि भएको छ ।मृतकको व्यक्तिगत विवरण भने अहिलेसम्म पुष्टि भएको छैन । शरीर नराम्रो रूपमा क्षतिग्रस्त भएकोले कि लिंग मात्र पहिचान गर्न सकिने र मान्छे नै  सही पहिचान गर्नको लागि चाँही भविष्यमा डीएनए परीक्षण गर्नु पर्ने हुन सक्छ  । आगलागी हुँदा मृत्यु भएका सबै कामदार कारखानाको दोस्रो तल्लामा फेला परेका हुन। दमकल विभागका एक अधिकारीका अनुसार , "सबै शवहरू दोस्रो तल्लामा थिए। ती एकै ठाउँमा थिएनन्, तर धेरै ठाउँमा छरिएका थिए। उद्धारकर्मीहरूल...
आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शनका रूपमा अमेरिकी विमानवाहक पोत दक्षिण कोरियामा

आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शनका रूपमा अमेरिकी विमानवाहक पोत दक्षिण कोरियामा

Breaking News, जानकारी, भर्खरै
  रुससँग सुरक्षा सम्झौता गरेपछि बढेको उत्तर कोरियाली खतरासँग जुध्न अमेरिकाले सैन्य तालिम बढाउँदै जापानलाई समावेश गर्ने तीनतर्फी युद्धाभ्यास गर्न आणविक शक्तियुद्ध अमेरिकी विमानवाहक पोत शनिबार दक्षिण कोरिया पुगेको छ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै साता भएको ठूलो सम्झौताको विरोधमा दक्षिण कोरियाले रुसी राजदूतलाई बोलाएको एक दिनपछि बुसानमा युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक समूहको आगमन भएको हो । उत्तर कोरिया र रुसबीच भएको सम्झौताले युद्धको अवस्थामा आपसी रक्षा सहयोग गर्ने वाचा गरेको छ ।  दक्षिण कोरियाले उक्त सम्झौता उसको सुरक्षाका लागि खतरा भएको बताएको छ । उसले प्रतिक्रियास्वरूप रुसी आक्रमणविरुद्ध लड्न सहयोग गर्नका लागि युक्रेनलाई हतियार पठाउनेबारे विचार गर्नसक्ने चेतावनी दिएको छ । दक्षिण कोरियाको उक्त कदमले निश्चितरूपमा मस्कोसँगको सम्बन्ध ...
आजको राशिफल : २०८१ असार १० गते (सोमवार)

आजको राशिफल : २०८१ असार १० गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।   सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । आज लगानी गर्नु पनि उपयुक्त नहोला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ...
झापाली समाज दक्षिण कोरियाले छुसकमा‌ कार्यक्रम गर्ने

झापाली समाज दक्षिण कोरियाले छुसकमा‌ कार्यक्रम गर्ने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: झापाली समाज दक्षिण कोरियाले कोरियन महान चाड छुसकको अवसर पारेर सेप्टेम्बर १५ तारिखका दिन सुवनमा नाइट डान्स पार्टी कार्यक्रम आयोजना गर्नेभएको छ।  झापा घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली हरु मिली स्थापना गरेको झापाली समाज दक्षिण कोरियाले सधैँ काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ छुसक को अवसर पारेर कोरियाको प्रख्यात सहर सुवनमा आउँदो सेप्टेम्बर १५ तारिख राति नाइट गर्ने भएको हो। कार्यक्रममा नेपालका चर्चित कलाकार लाई आमन्त्रित गरी यसपालीको छुसक धमाका भव्य बनाउने योजनाका साथ कार्यक्रमको प्रारम्भिक तयारी भइरहेको समाजका अध्यक्ष अजय श्रेष्ठले विशाल आवाजलाई जानकारी गराउनुभएको छ। साथै यसपालिको सुवनमा हुने नाइट डान्स पार्टी सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हातेमालो गरिदिनुहुन आयोजकले आह्वान समेत गर...
इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ सम्पन्न याङ्सान विजयि

इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ सम्पन्न याङ्सान विजयि

अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रदेशमा पनि खेल विकास अनि नेपालीहरूबीच आत्मियता बढाउने सोचले याङ्सानमा याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिको आयोजनामा इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ सम्पन्न भएको छ। प्रतियोगितामा विजेता टिम YAANGSAN NFC BLUE र उपविजेता SANGAM FC ले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन प्राप्त गरेका थिए भने सेकेन्ड रनरअप हुने SACHEON NFC ले मेडल र ट्रफि सहित २ लाख वन प्राप्त गरे।साथै र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी YAANGSAN NFC का नितेश नेमवाङ, उत्कृष्ट गोलकिपर YAANGSAN NFC कै समिर थिङ , हाइगोल स्कोरर SACHEON NFC का ब्रजेश मगर ले जनही ५०/५० हजार कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्न सफल भएका थिए। जम्मा १६ टिम सहभागि टुर्नामेन्टमा “A” पोल र “B” पोल गरी हार्नेले पनि एक पटक मौका पाउने गरि ...
सुशील प्याकुरेलद्वारा कोरियाको राजदूत अस्वीकार, प्रधानमन्त्रीलाई बुझाए पत्र (पत्रसहित)

सुशील प्याकुरेलद्वारा कोरियाको राजदूत अस्वीकार, प्रधानमन्त्रीलाई बुझाए पत्र (पत्रसहित)

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको जानकारी गराएका छन् । ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु’, उनको विज्ञप्तिमा उल्लेख छ, ‘यसबिच मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’ असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आफूलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत पाएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ...