गुरुदत्त न्यौपाने/सिओल
पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन।
मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन।
रेमिट रेट दैनिक रुपमा बढने/घटने हुँदा यहाँका श्रमिकहरुले रेट सस्तो हुने बेलामा ऋण लिगेर नेपाल पठाई बस्तारै किस्ता किस्तामा तिर्ने गरी यो सेवा लिन पाईने हुँदा यसतर्फ आकर्षण बढदो छ।
कोरिया हरेक कुराले सुरक्षित मुलुक हो भन्ने गरिन्छ तर थोरै होसियारी पुर्याईएन भने यहाँ पाईला पाईलामा ठगि...
२२ माघ २०७९, आईतवार १२:०४२२ माघ २०७९, आईतवार १२:०४२२ माघ २०७९, आईतवार १२:०४ by एलिनाNo Comments
काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे।
उनले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरेर देखिएको समस्या तत्काल हल गर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहा...
२२ माघ २०७९, आईतवार १०:३४२२ माघ २०७९, आईतवार १०:३४२२ माघ २०७९, आईतवार १०:३४ by एलिनाNo Comments
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
उक्त पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
यो निर्णयसँगै उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिँदैछन्।
अदालतको आदेशपछि पद गुमाएमा रास्वपका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री बन्ने चाहना राखेका थिए। तर, त्यसमा प्रधानमन्त्री प्रचण्ड सहमत भएनन्।
प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए, त्यो प्रस्ताव लामिछानेले स्वीकार गरेनन्।
गृह मन्त्रालय दिन रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ शनिबार सकिएको थियो। त्यसपछि बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थि...
२२ माघ २०७९, आईतवार ०९:५९२२ माघ २०७९, आईतवार ०९:५९२२ माघ २०७९, आईतवार ०९:५९ by एलिनाNo Comments
गायिका नपुगेपछि टिकटको पैसा फिर्ता माग्दै दर्शकहरुले गरे नाराबाजी
आफ्नो प्रस्तुतिका कारण आलोचित र विवादित बन्दै आएकी लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुतिमा सहभागी नहुने भन्दै अर्घाखाँचीमा विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
माघ ५ गतेदेखि जारी पाँचौं अर्घाखाँची महोत्सवमा हिजो (शनिवार) मुख्य आकर्षकका रुपमा ज्योति मगरको प्रस्तुति तय थियो ।
उनी आउने तय भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, अर्घाखाँची लगायतका विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै ज्योतिको प्रस्तुतिमा आफूहरू सहभागी नहुने घोषणा गरेका हुन् ।
‘ज्योति मगर मिठो स्वर भएकी लामो समयदेखि कला साधनामा लागेकी हाम्रै नेपाली चेली हुन् । यसमा हामीलाई गौरव छ । उनले कला क्षेत्रमा गरेको संघर्षको उच्च सम्मान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘तरपनि प्रत्ये...
२२ माघ २०७९, आईतवार ०७:५६२२ माघ २०७९, आईतवार ०७:५६२२ माघ २०७९, आईतवार ०७:५६ by एलिनाNo Comments
काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरमा शनिवार साँझ भाडाको फ्ल्याटमा बस्दै आएका बाबु छोरी मृत भेटिएका थिए ।रामेछापका ४२ वर्षीय किशोर भण्डारी शौचालयभित्र झुन्डिएको र ७ वर्षीया छोरी घाँटी रेटिएको अवस्थामा मृत भेटिएका थिए।
ढोका भित्रबाटै बन्द भएका कारण प्रहरीले प्रारम्भिक रूपमा किशोरले छोरीको हत्यापछि आत्महत्या गरेको आशंका गरेको छ। छोरी शारिरिक रुपमा अशक्त थिइन्। प्रारम्भिक अनुसन्धानमा किशोरले बिहान मात्र ६ महिनाको छोरा र श्रीमतीलाई भक्तपुरस्थित माइत पठाएको खुलेको छ। साँझ कोठा फर्किएकी श्रीमतीले भित्रबाटै ढोका बन्द रहेको चाल पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। किशोर फार्मेसी सञ्चालक हुन्। केही समयदेखि उनमा मानसिक समस्या रहेको पनि पाइएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको छ। एक पेजको सुसाइड नोटमा किशोरले घर व्यवहारका कुरा लेखेका छन्।...
२१ माघ २०७९, शनिबार ०७:५८२१ माघ २०७९, शनिबार ०७:५८२१ माघ २०७९, शनिबार ०७:५८ by एलिनाNo Comments
काठमाडौँ — यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ ।
स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् ।
प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।
...